गताङ्कको बाँकी
- रितु गुप्ता
मुरलीले गाउँको चिकित्सकसँग सल्लाह गरे । चिकित्सकले नशाको सुई दिएर राँची लैजानु भनेर सल्लाह दिए । सोही अनुसार मुरलीले गरे पनि । उता चेतनामा आएपछि आफू राँचीमा रहेको थाहा पाएर माया कराउन थालिन्, रुन थालिन्, मुरलीको कपाल लुछ्न थालिन् र मुरलीको शरीरमा थुक्न थालिन् ।
मायालाई अस्पतालमा भर्ना गरेर, आफ्नो हृदयमाथि पत्थर राखेर मायालाई त्यस हालतमा छोडेर मुरली त्यही दिन बसन्तपुर फर्के । मुरलीले हप्ता दिनसम्म आफ्ना पाँचैजना बच्चाहरूको स्याहारसुसार आपैंmले गरे । खेतमा पनि जाँदैनथे । वीरगंज पनि जाँदैनथे । तर लोग्नेमान्छेलाई कति दिन घरमा बस्न सम्भव हुन्छ ? उनले गाउँका एकजना अर्को गरिब, गरिबनारायणकी बुहारी लीलावतीलाई बच्चाहरू र घरको हेरचाह गर्ने काममा लगाए ।
उता रक्षाबन्धनको मौका पारेर मायासित भेट्न उनका दाइ राँची पुगेछन् । हुनत मायाको परिवारमा रक्षाबन्धन होस् कि दीपावली कुनै पनि पर्वको उमङ्ग थिएन । औंसी होस् कि पूर्णिमा दुवै बराबर थियो । गाउँका अन्य बच्चाहरू र परिवारले खुशी–खुशी चाडपर्व मनाएका मुरलीका छोराछोरीहरू लालायित आँखाले टाढाबाट हेरेर आमालाई सम्झी–सम्झी रुन्थे ।
मायाको हालखबर बुझ्न उनका दाजु राँची गएका थिए । मायाले आफ्नो पीडा दाइलाई भन्न त सकिनन् । तर यतिमात्र भनिन्– “दाइ, मेरा छोराछोरीहरू त्यहाँ टुहुराभैंm होलान् । ओम र जयको त अब पढ्ने जाने बेला पनि भइसकेको छ । उनीहरू घरमा पढ्न सक्दैनन् । म अभागिनीमाथि एउटा उपकार गर्नोस्, मेरो ओम र जयलाई मावलीमैं राखेर राम्रो शिक्षादीक्षा दिनुहोला ।”
यस्तो करुणाजनक वाणी सुनेर दाजुको मन पग्ल्यो, आँखा रसाए । “हुन्छ” भनेर दाजु सीधैं बसन्तपुर गए।
मामा आएको देखेर बच्चाहरू सार्है खुशी भए साथै मुरलीको पनि अलि हिम्मत बढ्यो ।
दाजुले निकै सम्झाए–बुझाएपछि मुरलीले पनि ओम र जयलाई मावली पठाउने अठोट गरे । मावली गाउँमा दुई/चार वटा माध्यमिक विद्यालयहरू थिए । ओम र जयको नाम गाउँको सबैभन्दा नाम चलेको विद्यालयमा लेखाइयो ।
उता राँचीमा माया दिनरात आफ्ना बच्चाहरूका बारेमा सोची रहन्थिन् । कहिलेकाहीँ मुरली उनलाई भेट्न पनि जान्थे र जहिले पनि चिकित्सकहरूले मायाको हालतमा सुधार भएको सुनाउँथे तर मुरलीलाई देख्नेबित्तिकै माया आकुल–व्याकुल हुन्थिन् ।
मुरलीलाई गाली गर्न थाल्थिन्, कुशब्द बोल्थिन् । मुरली निराश भएर फर्कन्थे ।
तर मुरली गइसकेपछि माया चिकित्सकहरू र परिचारिकाहरूसित पुन: राम्रो व्यवहार गर्थिन् । यो देखेर चिकित्सकहरू पनि छक्क पर्थे । चिकित्सकहरू र अरूहरूले पनि अनेक तरिकाबाट मायाको मनको कुरा जान्न खोजे तर हरेकपटक प्रत्येकले “तिम्रा देउताजस्ता पति छन्” भन्ने वाक्य सबको मुखबाट सुनेर माया कहिल्यै केही बोल्न सक्दिन थिइन् ।
मायाको दु:खको सीमा थिएन । मुरलीको पीडा पनि असहनीय थियो । तर सबैभन्दा हृदयविदारक कष्ट थियो ती अबोध निर्दोष र आमाबुबा हुँदाहुँदै टुहुराजस्तै बनेका जगु, लक्ष्मी र हरेको । लीलावतीलाई मुरलीले दिइरहेको तलब महिनाको रु. २००० मात्र थियो । मुरलीको घरमा दिनहुँ मीठा–मीठा खानेकुरा पकाउँथी र मुरलीलाई ख्वाएर खेतमा पठाएपछि आफ्ना छोराछोरीहरूलाई बोलाएर ख्वाउँथी । उसका पनि चारजना साना–साना बर्सेनि छोराछोरीहरू थिए । निमुखा जगु, लक्ष्मी र भर्खर दुई वर्ष पुगेको हरेले कसैलाई केही भन्दैनथे, लीलावतीको डरले ।
दिनरातको चिन्ता मेटाउन मुरलीले रक्सीको सहारा लिन थाले । लीलावती मायाका तीनैजना सन्तानलाई सौतेनी आमाभैंm व्यवहार गर्थी । उनीहरूलाई सुक्खा खाना मात्र खान दिन्थी । आफ्ना छोराछोरीले खाई बाँकी रहेको जुठो पनि तिनीहरूलाई ख्वाइदिन्थी । लीलावती निकै चलाख थिइन् । मुरलीको अगाडि बच्चाहरूसित स्नेहपूर्ण वचन बोल्थी, एक छिनको लागि भएपनि, झूटो नै भएपनि, ती आशुतोष अदनाहरू रिझिन्थे । मुरलीलाई पनि लीलावतीले खुब फकाएर राख्थी । तर मुरली घरबाहिर जानैबित्तिकै पुतनाको रूप धारण गर्थी ।
यस्तो समयमा सबैभन्दा बढी निस्सहाय र एक्लो ती बच्चाहरू हुन्थ्ये । आफ्नी बुहारीको स्वभावसित अवगत रहेका गरिबनारायणले बच्चाहरू दिनदिनै दुब्लाउँदै जाँदा, उनीहरूको आत्मबल टुट्दै गइरहेको देखेर र साहेबजस्ता देखिने ती बच्चाहरू कुपोषणको शिकार जस्ता देखिन थालेपछि उनले मुरलीलाई घरमा गाई पाल्ने सल्लाह दिए । मुरलीले घरमा गाई पालेपछि गरिबनारायणलाई गाईको हेरचाह गर्न राखे ।
गरिबनारायण बच्चाहरूलाई अरू केही नभए पनि दुई छाक दूध–भात आफूनिर बसाएर ख्वाउँथे । बच्चाहरूलाई खेलाउँथे । अनि बच्चाहरूले गरिबनारायणको सहारा पाए ।
आज बिहानैदेखि मुसलधारे पानी परिरहेको छ । मुरली जमीनको कामले हिजै वीरगंज गएका थिए तर पानीको कारण फर्कन सकेनन् । उनलाई लीलावतीमाथि विश्वास थियो । आज लीलावती मुरलीको घरमा गइन । बिचरा जगु, लक्ष्मी र हरे असहाय भएर भोकले तड्पिरहेका थिए । हिजो राति पनि राम्ररी खाना पाएका थिएनन् । बूढा गरिबनारायणलाई पनि ज्वरो आएर ४ दिनदेखि मुरलीको घरमा आएका थिएनन् ।
बल्ल छ वर्ष पुगेको जगदीशले रोइरहेकी लक्ष्मी र हरेलाई चुप लगाउँदै थियो । घाँस नपाएर भोकले गाई पनि बाँ...बाँ... गर्न थाल्यो । समय परे सबैले साथ छोड्छन्, ती अदना बालकहरूलाई कुनै छिमेकीले पनि हेर्न आएनन् । वर्षात् भने थाम्ने नाम नै लिइरहेको थिएन । बिचरो दुई वर्षको अबुझ हरे भोकले रोइरहेको थियो, सिङ्गान खाइरहेको थियो । जगुले हरेलाई सकी–नसकी काखमा लिएर भन्यो— “चुप... चुप... बाबु... मेरो भाइ... कसैले तिमीलाई काँखमा लिन्दैन, म लिन्छु । म तिमीलाई कतैबाट पनि केही ख्वाउँछु ।” सकी–नसकी हरेलाई आफ्नो पेटमाथि बोकेर डुलाउन थाल्यो जगुले । अर्कोतिर बहिनी रोइरहेकी थिई, उसलाई पनि हौसला दियो जगदीशले ।
“दाइ, हामी मल्छम, दाइ... मलाई त कुब बोक लागिचको । पेत पनि दुकिलाच...। बाइलाई नि बोक लागिचको... तलाई नि दाइ... बुबा... कति बेला आउनुन्छ । आज त लोटी पनि पाएन.... चानेको जुतो बात पनि पाएन....,” धुरुधुरू रुँदै चार वर्षकी लक्ष्मीले भनिन् ।