गताङकको बाँकी
एकचोटि मायासँग क्षमा माग्ने निर्णय उनले गरे। भोलिपल्ट बिहानै मुरली तीनैजना सन्तानलाई लिएर मायालाई भेट्न गए।
जगु, हरे र लक्ष्मीलाई देखेर माया निकै खुशी भइन् तर मुरलीलाई उनले वास्ता नै गरिनन्।
मुरलीले अस्पतालमा कुरा गर्नु उचित नठानेर केही पनि बोलेनन्। “तिमीलाई घर लान आएको हुँ,” भनेर मायाको सरसामान उठाएर मुरली अगाडि हिंड्न थाले। माया र बच्चाहरू पनि पछि–पछि लागे।
बसन्तपुरमा पुग्दा झमक्क साँझ परिसकेको थियो। माया र बच्चाहरू खुशी–खुशी घरभित्र पसे तर मुरली भने बरण्डामैं बसेर आत्मग्लानीमा डुबिरहेका थिए।
उता आज मुरली घर फर्कनेछन् भन्ने जानकारी भएकोले लीलावती सरासर मुरलीको घर आई। मुरलीलाई बरण्डामा बसेको देखेर नक्कल पार्दै रुन्चे मुख बनाउँदै बहाना गर्न थाली– “हिजैदेखि मलाई ज्वरो आइरहेको छ। एक त ज्वरो, कमजोरी, घरको काम, बच्चाहरू मैले सबै गरेर थाकेपछि भर्खरै केही छिनअघि घर गएको थिएँ। घरमा बुबालाई पनि सञ्चो छैन।”
लीलावतीको यस्तो झूटो सफाइ सुनेर मुरलीलाई साहै्र क्रोध आयो। तर उनले आफ्नै गल्ती र मूर्खताले यस्तो अवसर उसले पाएकी हो भन्ने सोची केही बोलेनन् । त्यही बेला लक्ष्मी बाहिर पुतलीसित खेल्दै आई।
“नानु, मेरो बाबु, पुतलीसित खेलिरा’को। ओहो, कस्ती राम्ररी पुतली ।” लक्ष्मीलाई काँखामा लिंदै “अघिको रोटी, दही र अचार कस्तो मीठो थियो ? बाबु खाने ? जाउ, बुबु खान,” लीलावतीको यस्तो झूटो माया र घूर्तता देखेर मुरलीले घरी आफूलाई दोष लगाउँथे त घरी रिसले विषको घुँट निल्थे। बिचरी लक्ष्मी लीलावतीको डरले केही बोल्न सकिन।
लक्ष्मीको गालामा म्वाइँ खाएर भित्र पस्नै लागेकी लीलावतीलाई मुरलीले भने– “त्यही रोकिहाल्, मेरो घरमा पस्नुपर्दैन। आजसम्म मैले तेरो असली रङग हेर्न र चिन्न सकेको थिइनँ। आज बल्ल मेरा आँखाहरू खुलेछन्। तेरो चक्कर र षड्यन्त्रमा परेर मैले मेरा कलिला बालकहरूमाथि गर्नसम्मको अत्याचार गरेको छु। जुनीभरिसम्म क्षमा नपाउने पापको भागी बनेको छु। अहिले तँ यहाँबाट गइहाल्।”
मुरलीको यस्तो रूप पहिला कहिल्यै पनि लीलावतीले देखेकी थिइन्। कसैले पनि देखेको थिएन। ऊ अलि डराई। आफ्नो झूट मुरलीले समातिसकेको उसले चाल पाइसकेकी थिई। त्यही भएर अब टाउको टेक्नु सिवाए उसले अरू कुनै उपाय देखिन। “मलाई क्षमा गरिदिनोस् । अब म कहिल्यै पनि झूटो बोल्ने छैन। मेरा सानासाना केटाकेटीहरू छन्। ममाथि दया गर्नुहोस् सरकार। हजुरले घरबाट निकाली दिनुभयो भने मकहाँ जानूँ ? मलाई तपाईंकै सहारा छ, मालिक,” भन्दै गोहीको आँसु चुहाउन थाली। उसलाई थाहा थियो मुरली सार्है दयावान छ।
“मलाई तँ अब चाहिएको छैनस्। यहाँबाट छिट्टै गइहाल्,” आँखा रातो पारेर मुरलीले ठूलो स्वरमा भनेपछि लीलावती डराइ र खुरुखुरु त्यहाँबाट हिंडिहाली।
उता मायाले लक्ष्मी कता गई भनी हेर्न आउँदा ढोकाबाट लीलावतीले “हजुरले घरबाट निकाली दिनुभयो भने मकहाँ जानूँ ? मलाई तपाईंकै सहारा छ,” भन्ने कुरा सुनिन्। एकपटक फेरि उनलाई ठूलो आघात पुग्यो। “मलाई अब तँ चाहिएको छैनस्। यहाँबाट छिट्टै गइहाल्।” मुरलीका यी शब्दहरू सुनेर मनमनै आफ्नो जीवनमाथि मुस्कुराइ माया।
तर यसपटक मुरलीको कुनै दोष थिएन। दोष कसको थियो त ?
मायाभित्र खाना पकाउँदै थिइन्। हरेले भन्छ– “आमा आची आयो... ,” मुछिसकेको पीठो र काटेर धोइसकेको तरकारी छोडी माया हरेको समस्या समाधान गर्न गइन्। यी सबै मुरलीले झ्यालबाट हेर्दै थिए।
मुरलीले सोचे– “मायालाई फकाउन आज खाना पकाउँछु।” मुरली भन्सामा पसे र नेपाल, भारत, चीन आदिको नक्साको आकारमा रोटी बनाए। अनि तरकारी पनि मीठो पकाउने चक्करमा ज्यादै नुनिलो र पिरो बनाए। माया भान्सामा आउँदा मुरली त्यहाँबाट हिंडिसकेका थिए। खाना तयार भएको देखेर माया एकछिन त अचम्ममा परिन् । डढेको टेढोमेढो रोटी हेरेर उनले बुझिन् पक्कै पनि मुरलीले पकाएका हुन् भनी लख काटिन्। यसअघि पनि कहिलेकाहीं माया रिसाउँदा उनलाई फकाउन मुरलीले यस्तै गर्ने गरेका थिए । मायालाई यो कुराको सम्झना भयो।
“स्स्सु...स्स्सु कतो पिलो। लोटी ज्यादै पोलिसको। आमा, तपाईंलाई सञ्चो नभएर खानालाई पनि सञ्चो भएन,” बच्चाहरूले भने।
मायाले केही बोलिनन्। अनि वातावरण रमाइलो पार्न हास्दै मुरलीले भने– “आमालाई त सञ्चै छ नि। आज बाबाले पो खाना पकाएकोले यस्तो भयो ।”
जगु अझ पनि अलि रुष्ट नै थियो, केही जवाफ दिएन। मुरलीले मौका छोपेर भने– “माया, खाना कस्तो छ ?” मुरलीको मुखबाट प्रेमभावमा निस्केका यी शब्दहरू सुनेर मायालाई घाउमा नुनचुक राखेजस्तै भयो र उनी त्यहाँबाट खाना नखाई हिंडिन्। माहोल राम्रो छैन भन्ने ठानी मुरली पनि मुख चुठेर सुत्न गए।
केही दिनसम्म मुरलीले मायासँग कुरा गर्न, क्षमा माग्न धेरै कोशिश गरे । तर मायाले वास्ता नै गरिनन्। जगु, हरे र लक्ष्मी पनि आमा भएको ठाउँमा मात्र बस्न चाहन्थे। उनीहरू बुबासित सार्है दुु:खी र रिसाएका थिए। सबैको आँखामा गुनासो थियो।
यसरी मुरलीले आफूलाई नितान्त एक्लो र तुच्छ पाउन थाले। आफ्नो चिन्ता मेटाउन र एक्लोपन टाढा गर्न उनले रक्सीको सहारा लिन थाले। दिनरात रक्सी खाएर जताततै हिंडिरहन्थे। प्रशस्तै खेतबारी र सम्पत्ति थियो। घरमा पनि कसैले केही पर्वाह गरेन, खासगरी मायाले। खाना, लाउन पुगेकै थियो। अब मुरली भने माया र बच्चाहरूका नजरमा झन्–झन् खस्दै गइरहेका थिए।
केही दिनपश्चात् मायाका दाजुले माया घर फर्किसकेको कुरा थाहा पाएर ओम र जयसहित मायालाई भेट्न आए । अब ओम र जय पनि केही बुझ्ने भइसकेका थिए। ओम र जयलाई देख्ने बित्तिकै माया सार्है खुशी भइन् र दुवैलाई अँगालोमा लिइन्। जगुले खुशी भएर भन्यो– “दादा, तपाईं आउनु’भो, अब यहीं बस्नु, हामीसँगै खेल्नु है। अब त आमा पनि अस्पताल जानुहुन्न नि। हो... नपत्याए आमालाई सोध्नोस् न। अब हामीसँगै बस्ने ल।” क्रमश: