–कुमार रुपाखेती
पञ्चायतकालमा जोगमेहर श्रेष्ठ, पद्मसुन्दर लावती, प्रजातन्त्रमा खुमबहादुर खड्का र विजय गच्छदारपछि वामदेव गौतम नामुद चल्तापूर्जा गृहमन्त्री मानिन्छन्।
बाप रे बाप, अधिकार दुरुपयोग कसरी गर्नेबारे यिनीहरूसँग थुप्रै नायाब फर्मुलाहरू छन्। गृहका यिनीहरू छक्का होइनन्, एक्का हुन्। ‘चट् मङगनी पट् ब्याह’ अर्थात् यिनको प्रवृत्ति तानाशाही हुने गर्दछ र व्यवहार सनकी।
यिनै वामदेवले ०५२/०५३ सालतिर गृहमन्त्री हुँदा प्रहरी महानिरीक्षक
(प्रमनि) अच्युतकृष्ण खरेलको फुली खोस्ने असफल प्रयास गरी चर्चामा आएका थिए । स्मरणीय छ, तत्कालीन समयमा अच्युत कडक प्रमनि मानिन्थे।
अहिले काङ्ग्रेससँग ठूलै घुर्की लगाएपछि विचरा वामदेवले गृहमन्त्रीको पगरी गुथेको जगजाहेर छ। ठूलै नोकझोंकपछि गृह हासिल भएपनि नेपालको राजनैतिक इतिहासमा स्वयम् प्रधानमन्त्रीले अविश्वास र आनाकानी गरेको पहिलो गृहमन्त्री हुन्, वामदेव।
‘कुनै बखत तेरी आमाले मलाई खोलाको जुठो पानी ख्वाई भनेर अत्तो थापेर एउटा बाघले खोलामा पानी खान आएको एउटा पाठोलाई शिकार बनाएको’ कथा धेरैले सुनेका पढेका होलान् ।
त्यस्तै गृहमन्त्रीको पदवी पाउनासाथ वामदेवहरूको रवैया ‘ओ तेरा क्या कहना’ स्तरको हुने गरेको छ।
संयोगले अहिले अच्युतकृष्ण खरेलका भतिजा रमेश खरेल काठमाडौंका एसएसपी छन् र म बूढो भएको छैन भन्ने देखाउन वामदेव पूरै जोश र जाँगरका साथ रमेश खरेलसँग पौठेजोरी खेल्दै, ‘आ बैल मुझे मार’ भन्दैछन्। रमेश खरेल कुनै सेलिब्रेटी नभई नेपाल सरकारको एउटा राष्ट्रसेवक हुन्, जसलाई सेलिब्रेटीको श्रेणीमा पुर्याउन वामदेवले सहयोग गर्दैछन्। आफू बाघ, रमेश खरेल पाठो भएको भ्रम पालेका छन्।
एउटा प्रहरीले अपराधीलाई हतकडी ठोक्न छोडेर गृहमन्त्रीलाई सलाम ठोक्न नजानु कदाचित विवादको विषय बन्न सक्दैन, तर वामदेव न ठहरे, विवादको विषय बनाइहाले। यो विवादको परिणाम हात लाग्यो शून्य र बर्दीवालभन्दा कुर्सीवाल ठूलो हुन्छ भन्ने हेक्का नभएका वामदेव जताततै ‘मान न मान मैं तेरा मेहमान’ बन्ने सपना देख्छन् र ‘चारो खाना चित्त’ हुन्छन्। करिब डेढ दशकअगाडि काका खरेलसँग पटकनी खाएका वामदेव अहिले भतिजा खरेलसँग चित् भएका छन्। वामदेवको ‘हम नहीं सुधरेंगे’ खालको स्वभावले गर्दा रमेश खरेलहरू नेताको श्रेणीमा पुग्नु स्वाभाविकै हो। खरेललाई निचा देखाउने यो खेलमा खुदा न खास्ता वामदेवको कुर्सी धरापमा नपरोस्। वामदेवको कुर्सी फेबिकोलविहीन छ। ‘चोरी और सिना जोरी’ अनि हवाहवाइ कुरा गरेर गृहमन्त्री त के प्रधानमन्त्री र राष्ट्रपतिसमेतले आफ्नो वर्चस्व गुमाउनुपरेको इतिहासले देखाउँछ। जाबो वामदेव कुन खेतका.... हुन्।
विरासतमा मान्छेले धनसम्पत्ति पाउँछ। विचरा रमेश खरेलले काका अच्युतको विरासतमा वामदेवको दुश्मनी पाए। भनिन्छ, वामदेव र रमेशबीच आकाश–पतालको फरक छ रे। रमेशलाई नाम र वामदेवलाई दाम चाहिन्छ रे। काभ्रे युवा सङ्घको अधिवेशनमा रमेशविरुद्ध वामदेवको हुँकार र गृहमन्त्रीलाई मुख नदेखाउने खरेलको प्रतिबद्धता नाम र दामकै चक्कर हो रे। हिङग बाँधेको टालो बन्न खोज्ने रमेशको प्रवृत्तिले वामदेवको कनचट्टीको रौं तात्तिनु नौलो होइन।
तर एउटा मामुली प्रहरीको हाकिमले सलामी ठोक्न नआउँदा गृहमन्त्रीले यति विघ्न रडाको मच्चाएको र मुलुक नै तरङिगत भएको शायद यो पहिलोपटक हो। ‘सस्ता रोए बार बार’ भनेकै यही हो।
वामदेवको ठाउँमा विचरा प्रचण्ड भएको भए अहिले राजीनामा ठोकिसक्थे । कटुवाल प्रकरणमा ‘आव देखा न ताव’ प्रचण्डले कुर्सी त्यागेकै हो। तर ठूलै मान मनोबलपछि प्राप्त कुर्सी त्याग्ने होइन, रगडारगडी गरेर बस्ने प्रवृत्तिका धनी हुन्, वामदेव।
एमालेकै एउटा प्रभावशाली पङ्क्ति वामदेवलाई गृहमन्त्रीको रूपमा देख्न चाहँदैन, झन् खरेल प्रकरणले त पार्टीभित्रै वामदेवको विपक्षमा आगोमा घ्यू थप्ने काम गरेको छ। यो प्रकरणमा वामदेव होइन, सिङगो एमाले बदनाम भएको उनीहरूको ठहर छ। सङ्क्षेपमा भन्ने हो भने शक्तिशाली भनिने दलका गृहमन्त्रीको बेमौसमी ‘राँडो रुवाइ’ कसैलाई मन परेको छैन र एमालेलाई ‘कागजी बाघ’ भन्न थालेका छन्। वामदेवले सधैं पार्टीलाई मच्चियो–मच्चियो थच्चियोको बेबश अवस्थामा पुर्याउने गरेको एकथरी एमालेको आरोप छ।
त्यसो त रमेश खरेल पनि दूधले धोएको र बत्तीस लक्षणले युक्त महानुभाव होइनन्। उनी आफ्नो पुलिसिया रूप र बरताव देखाउन चुक्दैनन्, तर बाहिरीरूपमा प्रचार पाउन ‘आउट लूक’ काम गर्ने, प्रशंसा खोज्ने उनको आदत रहेछ। बेला–कुबेला उनी नेता र सेलिब्रेटीभैंm टेलिभिजन र पत्रिकाहरूमा आफ्नो हैसियत बिर्सिंदै अन्तर्वार्ता दिइरहेका देखिन्छन्। उनकै हाराहारी र उनकै स्तर र श्रेणीका प्रहरी कर्मचारीभन्दा निकै बढी उनी सञ्चारमाध्यममा झ्ल्याकझुलुक गरिरहेको देखिन्छन्। उनलाई रङगीन दुनियाँसँग लगाव छ शायद। तर उनका कतिपय साहसिक कामहरूले प्रभावित जनता, उनका झिनामसिना हर्कतहरूलाई बिर्सिएर ‘वाह रमेश वाह’ गरेका पाइन्छन् ।
अहिले वामदेवको उठापटकमा समेत आम जनताको राय रमेशको पक्षमा र वामदेवको विपक्षमा देखिएको छ। कतिपयले त वामदेव यो मामिलामा ‘अधिका’ भएका बताउँछन्। त्यसैले कुम्लो बोकी ठिमीतिर भन्दा वामदेवहरूले गृहमन्त्रीको हैसियतमा बसेर काम गर्नु श्रेयकर देखिन्छ।
शान्ति सुरक्षाको नाममा गृहमन्त्रीले सिन्को भाँच्न नसकेकोबारे सबै जानकार छन्। सरकारले नै यतिका दिन बितिसक्दासमेत जनता र मुलुकको हितमा क्यै लछारपाटो लगाउन सकेको छैन। अनि काम नपाएकी बुहारीले पाडोको कण्डो कन्याएभैंm वामदेव गौतम राष्ट्रसेवकसँग भिड्न पुगे। आफ्नै मातहतको विपक्षमा एउटा गृहमन्त्रीले यत्रो ‘इस्यू’ सृजना गर्नुलाई धेरैले वामदेवको आन्तरिक मामिला ठानेका छन्। उनको आन्तरिक मामिलामा खरेल तगारो हुन सक्ने सम्भावना टड्कारो भएकाले उनले आफ्नो सेनामेनाको रणनीति अनुसार रमेशलाई खेद्न खोज्दै धम्काएका अनुमानसमेत गरिएको छ। यसअघि गृहमन्त्री हुँदा पनि वामदेवको छवि यस्तै थियो, यो भन्दा फरक थिएन रे। तर जेसुकै भएपनि वामदेवको यो रवैया धेरैलाई हजम भएको छैन र दिनहुँ पत्रपत्रिकामा यसबारे क्रिया–प्रतिक्रियाको ओइरो लागेको छ।
जति लेखे पनि कुरा त्यही हो। त्यसैले वामदेवलाई मेरो सुझाव छ– “नायक नहीं खलनायक है तू” भन्न नपरोस् हामीले बाबा वामदेवलाई। के गर्नु आजकल राजनीतिमा बाबाहरूकै तुती बोल्न थालेको छ। भारतजस्तो विशाल प्रजातान्त्रिक मुलुकमा त योगगुरु बाबा रामदेव, एउटा राजनैतिक दलको प्रवक्ताभैंm बनेका छन्।
हाम्रा बाबा वामदेव त एमालेका साक्षात् देउता हुन्। देउताले जे गरे नि जे बोले नि भैगो। अस्ति एउटा सभामा उनले हाकाहाकी ओली पार्टी अध्यक्ष म (वामदेव) भावी प्रधानमन्त्री भनी उद्घोष गर्दा म झन्डै मूर्छा परेको। किनकि गृहमन्त्री हुँदा त उनको यस्तो चाला छ, झन् उनी प्रधानमन्त्री बनेपछि त मुलुकको अवस्था ‘जहाँ हर डाल में उल्लू बैठा हो’ भन्दा बद्तर हुने त्रासले म झन्डै मूर्छा परेको।
खरेललाई सलाम ठोक्दै जय नेपाल सा’प नभने पनि बाबा वामदेवलाई मेरो लाल सलाम टक्रयाएको छु। सुनिबक्स्यो महाराज।
भन्नेहरू त भन्छन् बाबा वामदेवलाई प्रधानमन्त्री बन्ने चटारो छ। रमेश खरेललाई प्रहरी प्रमुख (प्रमनि) बन्न भ्याइनभ्याइ छ रे। कति साँचो हो, कति झूटो हो, पाठक आपैंmले मनन गर्नुहोस्। अस्तु।