प्रस, वीरगंज, १४ वैशाख/
युएनडिपीको सहयोग तथा गृह मन्त्रालयको आयोजनामा आजदेखि जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र शुरु भएको छ ।
सञ्चालन केन्द्रको स्थानीय विकास अधिकारीले भिएफ रेडियोमार्फत् गृह मन्त्रालयमा सम्पर्क गरी कार्यालयको उद्घाटन गरेका थिए । जिल्ला प्रशासन कार्यालयमा बसेको विपत् व्यवस्थापन समितिको बैठकमा बृहत् विपत् जोखिम व्यवस्थापन कार्यक्रम युएनडिपीका प्रतिनिधि कृष्णा कार्कीले सहायक प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीलाई आवश्यक कागजात हस्तान्तरण गरेकी थिइन् ।
विगतमा विपत् पर्दा जिल्लामा छुट्टाछुट्टै निकायबाट गृह मन्त्रालयमा पुग्ने गरेको रिपोर्ट अब एकल प्रणालीमार्फत् भिएफ रेडियोमार्फत् पुग्ने उद्देश्यले कार्यालयको उद्घाटन गरिएको कृष्णा कार्कीले बताइन् ।
जिल्लामा विपत आएको बेला तत्काल राहत पुग्ने आवश्यक पर्ने केही सामग्रीसमेत सो कार्यालयमा राखिएको छ । नेपाल सरकारले विपत् व्यवस्थापन अन्तर्गत नेपालमा यसअघि ३६ जिल्लामा केन्द्र स्थापना गरिसकेको र यसबाट धेरै सहयोग पुग्ने गरेको फिल्ड कार्यालय भरतपुरका पद्मबहादुर विश्वकर्माले बताए ।
जिल्ला प्रशासनमा खोलिएको कार्यालय गृह मन्त्रालय अन्तर्गत रहने र त्यसको फोकल पर्सन प्रमुख जिल्ला अधिकारीलाई तोकिएको छ । युएनडिपीले कार्यालय सञ्चालनको लागि फर्निचर, सोलार प्यानल, केबल मेटेरियल, मल्टिमिडिया, कम्प्युटर, प्रिन्टर, क्यामेरालगायत १० लाखको सामान उपलब्ध गराएको छ।
कार्यक्रममा नगरप्रमुख ताराबहादुर कार्की, सशस्त्र प्रहरी उपरीक्षक हर्कबहादुर रावल, बरख गणका गणपति सुरेश हमाल, नेपाल रेडक्रस सोसाइटी पर्साका अध्यक्ष फुलमहम्मद अंसारी, एनजिओसिसिका इब्राहिम देवान, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख अरुण महतो, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख जक्की अहमद, जिल्ला वन कार्यालयका वन अधिकृत बिन्दु मिश्रालगायतको उपस्थिति थियो ।