– कुमार रुपाखेती
असल उपचार पाएपछि अचेल एमालेका केपी ओली रातोपिरो देखिएका छन् । उनी अक्सर किडनीको समस्याले थलिरहेको देखिन्छ, सुनिन्छ । रोगले पटक–पटक च्याप्दा बराबर अस्पतालको शय्यामा देखिन्छन् तर अचेल उनलाई रोगको बेथाभन्दा कसरी पार्टी अध्यक्ष बन्ने बेथाले बढी थलाएको, गलाएको देखिन्छ । डाक्टरले आरामको सख्त जरुरत छ भन्दाभन्दै पनि उनी दिल्लीबाट त्रिभुवन विमानस्थल झर्नासाथ पार्टी अध्यक्ष बन्ने धोको पूरा गर्न सक्रिय देखिएका छन् । सङ्क्षेपमा भन्नुपर्दा पार्टी अध्यक्ष बन्न उनी ज्यानै फालेर लागेका छन् । झन् वामदेवलाई हनुमान बनाएपछि त अहिलेदेखि नै कथित अध्यक्षभैंm व्यवहार देखाउन थालेका छन् । वामदेवजस्तो रामभक्त हनुमान विरलै पाइन्छ रे ।
वर्तमानमा एमाले मुलुककै शक्तिशाली पार्टी बनेको छ र अस्पतालको शय्यामा बसिरहने बिमार ओलीले एमालेजस्तो विशाल पार्टी हाँक्न सक्दैनन् भन्ने उनका विपक्षीहरूको तर्क छ भने आफ्नो बिमारीप्रति रहम खाँदै एकपल्ट अध्यक्ष बनाई टोपलीदिन पार्टी सदस्यहरूलाई अनुनय–विनय गर्दैछन् उनी । ओलीका अनुयायीहरू त उनलाई सर्वसम्मत अध्यक्ष बनाउने फोस्रो चक्करमा लागेका छन् ।
पार्टी अध्यक्ष बन्न माधव नेपालसमेत लालायित देखिएका छन् । विगतमा हरुवाको लेबल लागेका उनी पार्टीको हर्ताकर्ता रहँदा आफूसहित पार्टीलाई समेत रसातलमा पुगाएको इतिहास छ । बदनामीबाट जोगिन उनले पार्टी महासचिव पद त्याग्नुपरेको थियो । यस अघिको आठौं महाधिवेशनबाट झलनाथ खनाल बम्पर मतले ओलीलाई हराउँदै अध्यक्ष बनेका थिए । उनकै नेतृत्वमा दोस्रो संविधानसभा निर्वाचनमा एमाले मुलुककै दोस्रो र शक्तिशाली दल बनेको हो । तर पनि पार्टीभित्र उनको कमान्ड छैन, पकड छैन । नत्र किन उनी संसदीय दलको नेतामा ओलीसित पछारिन्थे ।
सङ्क्षेपमा भन्ने हो भने दोस्रो संविधानसभा निर्वाचनको मुखमा ए माओवादी फुटेपछि काङ्ग्रेस र एमालेको खाँडो जागेकै हो । नयाँ शक्तिको खोजी गर्ने भन्दै बाबुरामले प्रचण्डलाई त्याग्ने हो भने भविष्यमा दशकौसम्म यो मुलुकले काङ्ग्रेस र एमालेको रजाइँ सहनुपर्ने पक्कापक्की छ । नेतृत्वले जतिसुकै थिचोमिचो गरे पनि काङ्ग्रेस र एमाले पार्टीका विद्रोही नेताहरूले विद्रोहको नाममा पार्टी नफोड्ने पक्कापक्की छ । किनकि शेरबहादुर र एमालेका वामदेव गौतमले डामेको साँढे बन्दै अलग पार्टी बनाउँदाको हविगत सबैलाई थाहा छ । वर्तमान प्रचण्डहरूको दुर्दिन सबैको सामु छर्ल· छ ।
मधेसी दलको दुखडा त वर्णन गर्नु नै बेकार छ । मधेसलाई स्वर्ग बनाउँछु भन्ने यिनलाई मधेसी मतदाताहरूले नै नर्कमा धकेलिदिए । अचेल एकताको स्वाङ रचेर यिनीहरू एकआपसमै ‘शकुनी पासा’ खेलेर समय बिताउँदैछन् ।
यस्तो टुटा–बिखरा अवस्थाको फाइदा उठाउन एमाले र काङ्ग्रेस खप्पिस नै मानिन्छन् । यसरी आफ्ना प्रमुख प्रतिद्वन्द्वी दल एमाओवादी र मधेसवादीहरू झन् झन् कमजोर हुँदै गएपछि एमाले र काङ्ग्रेसमा आफ्नै पार्टी कब्जाको होडबाजीमा काङ्ग्रेसमा सुशील, देउवा र रामचन्द्र अनि एमालेमा माधव, झलनाथ र ओलीहरू जीउज्यान त्यागेर लागेको अनुभव हुन थालेको छ । सुशील प्रधानमन्त्री बन्नु र ओली एमाले अध्यक्ष बन्न खोज्नुलाई धेरैले बूढाहरूले पार्टी युवाहरूको जिम्मा नलगाउने पोख्ता प्रमाणको रूपमा लिएका छन् । ऐतिहासिक पहिलो र दोस्रो जनान्दोलन पार्टीका यी बूढाहरूले नभई युवा नेता र कार्यकर्ताहरूले सफल पारेको कुरामा कुनै दुईमत छैन । सफल आन्दोलनको भर्याङ चढेर राजनीतिको शीर्षमा पुगेका बूढाहरूलाई राजनीतिको केन्द्रबिन्दुबाट तल झर्न अझै मन छैन । आफूखुशी राजनीति गर्ने यिनको रहर सितिमिति समाप्त हुने कुनै लक्षण पनि देखिंदैन । किनकि सबै राजनैतिक दलहरूमा दाँत फुक्लेका र दाँत झर्न लागेकाहरूको वर्चस्व कायमै छ । सुशील कोइराला, महन्थ ठाकुर, राजेन्द्र महतो, मोहन वैद्य ‘किरण’, सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द, रामचन्द्र पौडेल, पशुपति राजा यसका नमुना हुन् ।
सुशील कोइरालाको कुरै छाडौं, प्रधानमन्त्री बन्न केपी ओली, महन्थ ठाकुर र सूर्यबहादुर थापासमेत ‘झर्ला र खाउँला’ भन्दै प्रधानमन्त्री पदका आशे... बनेका छन् । राणाकालभैंm यिनको रोलक्रम कहिल्यै समाप्त हुनेवाला छैन ।
अस्ति साहित्यकार, गीतकार, राजनीतिकर्मी क्षेत्रप्रताप अधिकारीको देहावसान भयो । उनको एउटा गीत मलाई खुबै मनपर्छ । गीतको बोल छ–
जिन्दगीमा धेरै कुरा गर्न बाँकी छ,
सबैभन्दा ठूलो कुरा मर्न बाँकी छ ।
हाम्रा बूढाखाडा नेताहरूलाई धेरै पाउने लालसा त छ तर सबैभन्दा गाँठी कुरो मर्न बाँकी छ भन्ने हेक्का छैन । जुन दिन यिनलाई यो कुराको चेत खुल्छ तब मात्र मुलुकले यिनको कैदबाट मुक्ति पाउने छ ।