प्रस, परवानीपुर, १५ वैशाख/
लिपनीबिर्ता–९ स्थित त्रिवेणी ग्रुपद्वारा सञ्चालित विश्वकर्मा सिमेन्ट प्रालिमा लोडरले किचेर एक मजदुरको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पर्सा, उदयपुरघुर्मी–५ घर भएका ४५ वर्षीय रामअशिस राउत अहिर रहेका छन् ।
आज बिहान ७ बजे उद्योगभित्रै काम गरिरहेका अहिरलाई लोडर मेसिनले किचेपछि घटनास्थलमैं मृत्यु भएको उद्योगका कामदारहरूले बताएका छन् । मेसिनमा फलाइस हाल्ने क्रममा एक्कासि लोडरले च्यापेपछि उनको ज्यान गएको कुरा अनुसन्धानबाट खुलेको घटनास्थलमा पुगेको प्रहरी टोलीले बताएको छ ।
अहिरसँगै काम गर्ने अधिकांश मजदुरनास्ता खान बाहिर निस्केको समयमा घटना भएको बुझिएको अखिल नेपाल ट्रेड युनियन महासङ्घ (क्रान्तिकारी) पर्साका संयोजक तथा केन्द्रीय सदस्य उमेश पटेलले बताए ।
मजदुरको सुरक्षाका लागि कम्पनीले सावधानी नअपनाएको, लोडर चालक बिगु पटेलको सवारीचालक अनुमति पत्रसमेत नरहेकोले दुर्घटना भएको मजदुरहरूको भनाइ छ ।
मृतकका आफन्तजनले घटनाको निष्पक्ष छानबिन, राहत तथा उचित क्षतिपूर्तिको माग गर्दै प्रदर्शन गरेका थिए । मृतक पक्षको विरोधको कारण दिउँसो २ बजे पछि मात्रै प्रहरीले शव पोस्टमार्टमका लागि अस्पताल पठाएको थियो ।
घटनास्थलमा वडा प्रहरी कार्यालय, श्रीपुर र जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले प्रमाण सड्ढलन तथा प्रारम्भिक अनुसन्धान गरेको थियो ।
मृतकका आफन्तजन, युनियनका प्रतिनिधि र व्यवस्थापन पक्षबीच प्रहरी प्रशासनको रोहबरमा भएको वार्ता साँझ पख सहमतिमा पुगेको थियो ।
मृतकका परिवारलाई साढे ८ लाख रुपियाँ राहत तथा क्षतिपूर्ति दिने, परिवारका एकजनालाई रोजगार दिने सहमति भएको वार्तामा सहभागी मधेसी जन अधिकार फोरम नेपाल, पर्साका अध्यक्ष प्रदीप यादवले बताएका छन् ।