- अनन्तकुमार लाल दास
“कदम–कदम बढाए जा, खुशी के गीत गाए जा” भारतीय क्रान्तिकारी सुभाषचन्द्र बोसद्वारा गठित “आजाद हिन्द फौज” को यो प्रेरणादायी पहिलो पङ्क्ति आज पनि पाँचजना वा ५,००० जति कर्मचारी भएको संस्थामाथि लागू हुन्छ । व्यवसाय एउटा जटिल मेशीनजस्तै हुन्छ जसलाई राम्ररी चलाउन त्यसका सबै पार्ट–पुर्जाको समान महत्त्व हुन्छ । कुनै पनि एउटा पार्ट कमजोर भएमा मशीनको गति र क्रियाशीलतामा कमी आउनु स्वाभाविक हुन्छ । यस कारण जापानी उद्योगजस्तै एक आपसमा मिलेर वा सहकार्य गर्नका लागि एउटा विजेता टीम तयार गर्नुपर्छ किनभने अरूले गर्ने प्रयासमा आफ्नो प्रयास समावेश गर्नाले लक्ष्य सजिलै प्राप्त हुन्छ । यसका लागि एउटा कुशल व्यवस्थापकले आफ्नो संस्थाको लक्ष्य सबै साथीबीच राखेर छलफल गर्नुपर्छ र उद्देश्य पूर्तिका लागि एउटा टीम तयार गर्नुपर्छ । एउटा संस्था प्रमुखको रूपमा राम्रो कर्मचारीभन्दा पनि एउटा राम्रो टीम कर्मचारी तयार गर्नेतर्फ प्रयास गर्नुपर्छ ।
विख्यात क्राइसलर इआकोका १० लाख डालरको साटो १ लाख डालर तलब लिन्थे । यस कारण उनी आफ्नो कर्मचारीलाई पनि त्याग गर्न भन्न सक्थे । यदि कुनै नेताले भोलिको लागि आज त्याग गर्छ भने उनका समर्थकहरूले पनि स्वेच्छा र स्वाभाविकरूपले त्यसको अनुकरण गर्छन् । यदि यसो गरिंदैन भने कर्मचारीहरूसँग सामूहिक काम गराउन कठिनाई हुन्छ । व्यवसाय मालिकको रूपमा तपाईंलाई एउटा आदर्श प्रस्तुत गर्नुपर्छ । के तपाईं बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म काम गर्नुहुन्छ वा बिहान ५ बजेदेखि राति ९ बजेसम्म काम गर्नुहुन्छ ? यदि तपाईं आफ्नो स·ठनका लागि बढी घण्टा काम गर्नुहुन्छ भने आफ्ना कर्मचारीहरूसँग पनि अबेरसम्म काम गराउन सक्नुहुन्छ । जुन बेला तपाईं बोल्नुहुन्छ कर्मचारी सुन्छन् र जब तपाईं काम गर्नुहुन्छ भने उनीहरू हेर्छन् । यदि व्यवसायमा काम गर्ने समय र परिस्थिति सम्बन्धमा सबै समानरूपले कष्ट भोगिरहेका छन् भने लक्ष्य हासिल गर्न सजिलो हुन्छ ।
चाहे काम होस् वा खेलको मैदान, हरेक टीम एउटा परिवार सरह हुन्छ जसमा लोग्नेस्वास्नी र उनका छोराछोरीहरू हुन्छन् । भनिन्छ, लोग्नेस्वास्नी परिवाररूपी गाडीको दुईवटा पाङ्ग्रा हुन् । एउटा पाङ्ग्रा खराब भएमा गाडी पल्टिन सक्छ, एउटा पाङ्ग्राको गति कम भएमा दिशा परिवर्तन हुन सक्छ र एउटै पाङ्ग्रा भएमा गाडी त्यही ठाउँमा चक्कर लगाउन थाल्छ । यही हो एक आपसमा मिलेर काम गर्नु अर्थात् काम गराउनका लागि समान त्याग गर्नु । यस कारण तपाईं जे गर्नुहुन्छ वा गराउन खोज्नुहुन्छ त्यसप्रति सतर्क हुनुपर्छ ।
मुस्कान एउटा यस्तो विश्वभाषा हो जसलाई समस्त विश्वले बुझ्छ । यस कारण कर्मचारीप्रति सद्भावना, धन्यवाद र प्रशंसा व्यक्त गर्न बिर्सनुहुँदैन । व्यवस्थापन गुरुहरूले के भनेका छन् भने व्यवस्थापकसँग सुनौलो शब्द र सुनौलो कलम हुनुपर्छ । भन्नुको अर्थ के हो भने कर्मचारीहरूको पिठ्युँ पछाडि प्रशंसा गर्नुहोस् र के बुझ्नुहोस् भने यो उनीहरू समक्ष अवश्य नै पुग्छ । के तपाईं आफ्नो संस्था र कर्मचारीप्रति उत्साह, पहल, निष्ठा र समर्थन व्यक्त गर्नुहुन्छ ? यदि गर्नुहुन्छ भने कर्मचारीहरूले पनि त्यस्तै गर्छन् । यहाँ ध्यान दिनुपर्ने कुरो के हो भने कुनै पनि समस्यालाई सम्बन्धित कर्मचारीहरूको नजरले हेर्नुपर्छ र त्यसको समाधान गर्ने प्रयास गर्नुपर्छ । यसका लागि स्वयंलाई अरूको ठाउँमा राखेर सोच्नुपर्छ । यसरी गर्दा एक आपसमा सहयोगात्मक भावना वृद्धि हुन्छ । टीमका सबै सदस्यलाई दक्ष बनाउन टीम समक्ष चुनौती राख्नुपर्छ र कर्मचारीहरूको ठाउँ परिवर्तित गरिराख्नुपर्छ ।
कुनै पनि संस्था असाधारण काम गर्ने साधारण मानिसहरूको समूह हो । संस्थाको नीतिमा कुनै पनि प्रकारको परिवर्तन गर्नुपूर्व आफ्नो कर्मचारीलाई विश्वासमा लिनुपर्छ र यदि कसैले त्यस नीतिप्रति शड्ढा वा उपशड्ढा व्यक्त गर्छ भने त्यसमाथि पुनर्विचार गर्नुपर्छ । यो यस कारण पनि आवश्यक छ कि मानव मस्तिष्क विचारको कारखाना हो तर शोधले के देखाएको छ भने हामी सबैले मस्तिष्कको दश प्रतिशत मात्र उपयोग गर्छौं । यस कारण यसमा सुधारको धेरै सम्भावना छ । अर्को कुरो के हो भने बुद्धिमान मानिसहरूलाई काममा राख्नु मात्र लाभदायक हुँदैन । उनीहरूलाई श्रेष्ठ कसरी बनाउने भन्ने कुरामा पनि ध्यान दिनुपर्छ । भनिन्छ व्यवस्थापन समस्याहरूको एउटा शृङ्खला पनि हो र कुनै पनि संस्थामा काम गर्ने मानिसहरू त्यस संस्थाका अमूल्य संसाधन हुन् । यस कारण आफ्नो संस्थाको उत्थानका लागि प्राथमिकता निर्धारण गर्नुपर्छ । हामीले यहाँ बुझ्नुपर्ने के हो भने हामीले कर्मचारीहरूको समय किन्छौं । यस कारण तपाईंलाई यो सुनिश्चित गर्ने पूर्ण अधिकार छ कि उनीहरू काम गरेर कुशल बन्नुको साटो सही काम गरेर कुशल बनून् । यहाँ ८०:२० को नियम अर्थात् ८० प्रतिशत कामले २० प्रतिशत मात्र परिणाम दिन्छ भन्ने कुरोलाई ध्यानमा राख्नुपर्छ किनभने निवेश गरिएको समयको परिणाम त्यतिकै महत्त्वपूर्ण हुन्छ जति निवेश गरिएको धनबाट आम्दानी ।
सूचनाको आवश्यकता सबैलाई हुन्छ । सही समयमा सही सूचनाले जो कोहीले पनि सफलता हासिल गर्न सक्छ । ध्यानपूर्वक कसैको कुरा कसरी सुन्ने सिक्नुपर्छ किनभने मेरो दृष्टिमा यो एउटा मुश्किल काम हो । यस कारण एउटा व्यवस्थापकले आफ्ना कर्मचारीहरूको कुरा ध्यानपूर्वक सुन्नुपर्छ र सुन्ने काम तनावमुक्त ठाउँमा गर्नुपर्छ । उनीहरूसँग व्यावहारिक कुरा गर्नु महत्त्वपूर्ण मात्र नभई अनिवार्य हो, किनभने उनीहरूले शुभ समाचार स्वत: दिन्छन् तर अशुभ समाचारको लागि पटकपटक सोध्नुपर्छ । अर्थात् कर्मचारीहरूलाई खुलेर कुरा राख्ने वातावरण संस्था प्रमुखले तयार गरिदिनुपर्छ ।
चुनौतीपूर्ण काम नपाउनाले कर्मचारीहरूको उत्साह मरेर जान्छ । यसबारे एक बुद्धिजीवीले भनेका छन्–“रुचि भएको काम छान्नुहोस्, जीवनमा एक दिन पनि काम गर्नुपर्दैन ।” कुनै पनि संस्था मात्र धन आर्जन गर्ने माध्यम नभई ‘विकास’ गर्ने माध्यम हुनुपर्छ । यसो गर्नका लागि कर्मचारीहरूलाई काम सुम्पँदा उनीहरूको क्षमता के हो, कस्तो काम गर्न सक्छन् र कुन काम दिंदा उनीहरूको आन्तरिक विकास पनि हुन्छ भन्नेबारे ध्यान पुर्याई काम बाँड्नुपर्छ । कर्मचारीहरूलाई काम सुम्पेर कामको प्रगतिबारे समयसमयमा जानकारी लिनुपर्छ र ‘सहयोग चाहिन्छ कि’ भनेर पनि सोध्नुपर्छ तर बढी अपेक्षा पनि गर्नुहुँदैन । कामको समीक्षा, प्रशंसा र प्राप्त परिणाम स्वीकार पनि गर्नुपर्छ र अन्त्यमा परिवारको मुखिया जस्तै कामलाई अझ परिणाममुखी कसरी बनाउन सकिन्छ भन्ने कुरा बताइराख्नुपर्छ ।
हामी सुनेर धेरै कुरा सिक्छौं तर सत्य के हो भने कसैको कुरा हामी गम्भीरतापूर्वक सुन्न चाहँदैनौंं । वास्तविक जीवनमा जुन बेला कसैले बोलिरहेको हुन्छ, हाम्रो मस्तिष्क यताउता घुमिरहेको हुन्छ । ध्यानपूर्वक सुन्नु कठिन कार्य हो र कठिन कार्य हामीले त्यस बेलासम्म गर्दैनौं जबसम्म त्यसमा कुनै ठोस लाभ देख्दैनौं । कसैको कुरा ध्यान दिएर सुन्नाले कार्यको सड्ढेत प्राप्त हुन्छ र यसबाट सफलता हासिल गर्न सकिन्छ । यहाँनिर ध्यान दिनुपर्ने कुरो के हो भने क्यारियरको शुरुआतमा धन कमाउनुभन्दा बढी महत्त्व काम सिक्नु हो । कसरी, कति, कुन बेला र कहाँ सिक्न सकिन्छ ? यस प्रश्नको जवाफमा मात्र के भन्न सकिन्छ भने जसैजसै तपाईं आफ्नो संस्थाको व्यवस्थापन गर्दै जानुहुन्छ यस्ता अनेकौं प्रश्नहरूको हल आपैंm दिंदै र सिक्दै जानुहुन्छ । यस कारण आफ्ना कर्मचारीहरूलाई प्रशिक्षण दिनुपर्छ । अमेरिकाको श्रेष्ठ फोर्ड डिलरले प्रत्येक शुक्रवार साँझ ४ बजेदेखि ५:३० बजे आफ्ना कर्मचारीहरूलाई प्रशिक्षित गर्ने काम गर्दछ । यस कारण सुन्न, सिक्न र प्रशिक्षण कहिल्यै छोड्नुहुन्न ।
कर्मचारी व्यवस्थापनको सबैभन्दा रमाइलो कुरो के हो भने यदि तपाईं आफ्ना कर्मचारी कुशल छन् भन्ने सोच्नुहुन्छ भने निश्चितरूपले तपाईंका कर्मचारी एक दिन कुशल बनेर देखाउने छन् । यस कारण एउटा व्यवस्थापकले के बिर्सनुहुँदैन भने कर्मचारीहरूको प्रशंसा सबैको अगाडि गर्नुपर्छ र हप्काउने काम एक्लै भएको बेला गर्नुपर्छ । नौमेन विन्सेट पियलेले आफ्नो पुस्तक ‘पोजिटिभ फर द डे’मा लेखेका छन्–“एउटा व्यापारीले एउटा सुस्त र अल्छी कर्मचारीलाई कामबाट बर्खास्त गर्ने सोच्यो । मैलै उसलाई कामबाट निकाल्नुको साटो उसलाई काम गर्न देऊ भनेर सल्लाह दिएँ । यो सुनेर व्यापारीले भन्यो– तिमी किन उसलाई काममा राख्ने कुरो गर्दछौ ? मैले भने–उसलाई जगाऊ र प्रोत्साहित गर । व्यापारीले पनि त्यस्तै गर्यो । आज त्यही व्यापारी त्यस कर्मचारीबारे के भन्छ भने ‘ऊ त कमालको मानिस रहेछ’ ।”
सबै कर्मचारी एकनासका हुँदैनन् । न पहिले थिए न भविष्यमा हुनेछन् । संस्थामा केही यस्ता कर्मचारीहरू पनि हुन्छन् जो सुध्रने प्रयास गर्दैनन् । यस्ता कर्मचारीहरूलाई ‘हयान्डल विथ केयर‘ जस्तै स्थानमा राख्नुपर्छ । यस्ता कर्मचारीका साथ सावधानीपूर्वक व्यवहार गर्नुपर्छ । यस्ता कर्मचारी काम सकेर गइराखेको बेला उनीहरूसँग संस्थाको ताकत र कमजोरीबारे सोध्नुपर्छ र उनीहरूलाई के विश्वास दिलाउनुपर्छ भने उनीहरूले दिएको सल्लाह महत्त्वपूर्ण र संस्थाको हितमा हुनेछ । धैर्यतापूर्वक यस्तो गरेर हेर्नुहोस्, तपाईंलाई आश्चर्यजनक परिणाम प्राप्त हुन्छ । हरेक कर्मचारी संस्थाका अमूल्य निधि हुन् । उनीहरूमा आफ्नो विश्वास निवेश गर्नुहोस्, तपाईंको सोच र लक्ष्यलाई उनीहरूले नै सुपरिणाममा परिवर्तन गर्नेछन् ।