अङ्ग्रेजीमा एउटा उखान छ–जुन आँधी जति बढी वेगले आउँछ, त्यो त्यति छिटै थामिन्छ । नेपालको राजनीतिक परिदृश्यमा नेकपा माओवादी एउटा आँधीजस्तै आयो, फोहर–कसि·र बढार्यो, गतिको तीव्रतामा उपयोगी रूखबिरुवाहरू उखेल्यो र अब लाग्दैछ प्रचण्ड आँधीझैं हराउने सुरसार गर्दैछ । सुरसार त भइसकेको छ । पहिले मातृका यादवको बहिर्गमन, त्यसपछि मोहन वैद्यहरूद्वारा विभाजन र अब आन्तरिक विभाजन छरपस्ट देखिन थालेको छ । पर्सा र रौतहटमा जिल्ला अधिवेशनहरू गर्दा दुई चिरा भएर गर्ने, दुवैलाई माथिल्ला नेताहरूले आशीर्वाद दिने, त्यसका लागि पक्षधर नेताहरू आउने कुरालाई जिल्लास्तरीय कार्यकर्ताबीचको अन्तर्विरोध मात्र हो भन्न सकिंदैन । अर्थात् सानो समयमा सबै नेपालीको मन जितेर एउटा अज· आकार लिएको माओवादी पार्टी अब त्यति नै सानो समयमा विशृङ्लताको किनारमा पुग्न लागेको छ । यो आश्चर्यको कुरो पनि होइन किनकि नेपालको वामपन्थी इतिहासमा फुट र गुट सदाकालदेखि चलिआएको हो । बरु माओवादी त्यसको विपरीत स·ठित रहिरहेको भए आश्चर्य हुने थियो ।
नेपालमा माओवादीको अभ्युदयसँगै सर्वहारा तबकामा एउटा आश जागेको थियो । यद्यपि त्यो आश यस पार्टीका शीर्ष नेताहरूको सामन्ती जीवनशैली देखेर मुतको न्यानोमा परिणत भएको थियो, तर पनि आफ्नै स्वार्थका लागि भए पनि नेताहरूले गरीबका लागि केही गर्नेछन्, देशका लागि केही गर्नेछन् भन्ने आश थियो । त्यो आशलाई सम्बल दिने यसको नाउँ पनि थियो । अहिले साम्यवादी विचारधाराकै नाउँमा चीनले गरेको उदाहरणीय कार्यले नेपाली जनतालाई पनि लोभ्याएको थियो, नेकपा माओवादीले पनि त्यही बाटो अनुसरण गरी नेपाललाई ह्वात्तै विकासशील देशको पङ्क्तिमा उभ्याइदिन्छ भनेर । तर माओवादी पार्टीले चिनियाँ साम्यवादलाई गन्तव्य तय गर्ने ल्याम्पपोस्टको रूपमा प्रयोग नगरेर आफ्नो विफलतामाथि सही थाप्ने सिद्धान्तको रूपमा अ·ीकार गर्यो । त्यसले गर्दा चिनियाँ नाममा अस्तित्वमा आएको पार्टीले पनि, चीनको साम्यवादीझैं समय अनुसार परिष्कृत हुँदै, नेपाललाई चीनको दाँजोमा ल्याउँछ भन्ने नेपाली धोको जलप लगाएको सुनमा परिणत हुने सड्ढेत देखिन थालेको छ ।
ए नेकपा माओवादीमा देखिन थालेको यो विचलनले उसका प्रतिद्वन्द्वी राजनीतिक दलहरूलाई खुशी होला तर समग्र नेपाली जनता यसबाट विक्ष्ुाब्ध मात्र हुनेछ । किनकि बहुदलीय राजनीतिक व्यवस्था अँगालिसकेपछि, कमजोर र धेरै राजनीतिक दलहरूभन्दा स्थापित राजनीतिक सिद्धान्त बोकेका थोरै, तर बलिष्ठ राजनीतिक पार्टीहरू अस्तित्वमा रहे मात्र नेपालले दिशा पाउन सक्नेछ । प्रजातन्त्रवादीले वामपन्थी पार्टी नाशियोस् भन्नु र वामपन्थीहरूले प्रजातान्त्रिक पार्टी नाशियोस् भन्नु विवेकयुक्त सोच हुन सक्दैन, किनकि यसबाट सबभन्दा बढी हानि प्रजातन्त्रको हुन्छ । प्रजातन्त्र तब मात्र सम्भव हुन्छ जब सशक्त विरोधीको उपस्थितिलाई उसले भोगिरहन्छ । सुम्सुम्याएर प्रजातन्त्र बलिष्ठ र चिरजीवी हुन सक्दैन । माओवादी पार्टीमा पनि नेपाली वामपन्थी इतिहास दोहोरिनु यस अर्थमा उचित होइन कि यसले नेपालको प्रजातान्त्रिक अग्रसरतालाई हानि पुर्याउँछ । वन–ज·लमा विभिन्न हण्डर खाएर हुर्केका रूखबिरुवा र अति स्याहार गरेर गमलामा रोपिएको वनस्पतिबीच देखिने अन्तरझैं विरोधीबिनाको प्रजातन्त्रको हुनेछ ।