प्रस, वीरगंज, १४ वैशाख/
पर्साका तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी बलबहादुर मल्लको अ·रक्षकको हत्यालगायत आपराधिक घटनाका आरोपी भूमिगत स·ठनका एक फरार अभियुक्तलाई पर्सा प्रहरीले हतियारसहित पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्सामा आज आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक धीरजप्रताप सिंहले अ·रक्षक प्रहरी जवान अनन्तराज खड्कामाथि ०६६/९/२७ गते गोली प्रहार गरेर हत्या गरेका २५ वर्षीय छोटु भन्ने रूपेश गिरीलाई हतियारसहित पक्राउ गरिएको बताए ।
प्रहरी उपरीक्षक सिंहले भारत कोइरियाटोलाबाट वीउमनपा–१ भकुवा हुँदै वीरगंज आउने क्रममा निजलाई पक्राउ गरेको पत्रकारहरूलाई बताए । पक्राउ परेको गिरीबाट रिवल्भर–१, सोमा प्रयोग हुने गोली थान–२ बरामद भएको बताए ।
पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक सिंहले संयुक्त तराई जनतान्त्रिक मुक्ति मोर्चामा गिरी सुटरको रूपमा रहेको र निजले नै ०६५/६/३ गतेका दिन जिल्ला प्रशासन कार्यालय पर्साका शाखा अधिकृत मोहन मैनालीको पनि हत्या गरेको स्विकारेको बताए । यसको अलावा वीरगंज उद्योग वाणिज्य सङ्घका महासचिव गोपाल केडियामाथि ०६७/२/५ गते महावीरस्थान अगाडि गोली प्रहार गरेर घाइते पारेको घटनामा समेत आफ्नो संलग्नता स्वीकार गरेको प्रहरी उपरीक्षक सिंहले पत्रकारहरूलाई जानकारी गराए । उनले स्वीकार गरेका घटनाबाहेक भारतमा बस्दै आएको र भूमिगत स·ठनसँग आबद्ध भएकोले अन्य घटनामा पनि संलग्न भएको हुन सक्नेतर्फ थप अनुसन्धान भइरहेको बताए ।