न्याय शाश्वत हुन्छ । न्यायको परिपालन मानिसले गरेन भने प्रकृतिले गर्दछ । यो भाग्यवादको विषय होइन, कर्म अनुसार फलको प्राप्ति मात्र हो । कर्म अनुसारको फल प्राप्त हुनु भनेको भगवान्प्रदत्त होइन । जब न्यायको आग्रह हुन्छ, परिस्थिति त्यसै अनुसार बन्न थाल्दछ र सामान्य दृष्टिमा त्यो भाग्य कहलिन्छ, फरक त्यति मात्र हो । एक समय नेपालमा आतड्ढ मच्याएका विभिन्न भूमिगत गिरोहहरू आज समयचक्रमा परेर नष्ट भइसकेका छन् । त्यस बेला लाग्दथ्यो भूमिगत गिरोहका मानिसहरू नै सबैको भाग्य नियन्ता हुन् । जसलाई पायो मार्यो र त्यसको कुनै भुक्तानी दिनु नपर्ने सोच समाजमा व्याप्त थियो । त्यसै गिरोहको सुटर रूपेश गिरी पक्राउ परेको छ । तिनताक रूपेश भनेपछि कालको समान थियो । उसको आँटको साँधी थिएन । उसले सहायक जिल्ला प्रशासकको हत्या गर्ने प्रयास गरेको थियो । उसले जिल्ला प्रशासन कार्यालयको अधिकृतको हत्या गरेको थियो । ऊ त्यस बेला बलशाली थियो । भनिन्छ जनतालाई सुरक्षा दिने अधिकारीहरूसमेत यिनीहरूसित डराउँथे र उनको माग अनुसार काम गरिदिन्थे । आज के भयो ? त्यस्तो बलशाली व्यक्ति किन पक्राउ पर्यो ? हिजो राज्यले त्यसलाई किन पक्राउ गर्न सकेन ?
उत्तर सामान्य छ । आज उसलाई प्रहरीले पक्राउ गरेको होइन । आजको परिस्थितिले उसलाई हियाएको हो । हिजो उसले हियाएको थियो, आज फेला पर्यो । हिजो राज्य सङ्क्रमणकालबाट गुज्रिरहेको थियो । राम्रो नराम्रो छुटयाउने विवेक राज्यसँग थिएन, राजनीतिक दलहरू शक्तिहीन भएका थिए । शासन गर्ने संस्था नै शक्तिहीन भएपछि राज्यमा अपराधको बिगबिगी थियो । अपराधी नै समाजको नियन्ता बनेका थिए । हिजो राज्य अव्यवस्थित थियो, आज व्यवस्थित भएको छ, फरक यति मात्र हो । रूपेश गिरी हिजो पनि त्यही थियो, जुन आज छ । हिजो उसको गतिविधिलाई भयका साथ ग्रहण गरिन्थ्यो, आज घृणाका साथ हेरिन्छ । उसलाई त्यस बेला पनि राज्यले दण्ड दिनका लागि खोजेको थियो, तर समाउन सकेको थिएन, किनकि राज्यको शक्ति कुण्ठित थियो । आज राज्यशक्ति प्रखर भएको छ । हिजो राज्यशक्ति किन कुण्ठित थियो, आज किन प्रखर भयो ? यसको जवाफ खोज्नु नै राज्यमा सुव्यवस्था ल्याउनु र सुशासन कायम गर्नु हो । किनकि हिजो उत्पन्न परिस्थितिको जिम्मेवार कारक आज पनि समाजमा विद्यमान छ । त्यो पूर्ण निर्मूल भइसकेको छैन ।
न्यायका लागि कार्यान्वयन चाहिन्छ । कार्यान्वयन कहिले सफल हुन्छ भने कहिले असफल पनि हुन्छ । कार्यान्वयन असफल हुनुमा विधिको अवहेलना मुख्य कारक हो । हिजो सबैले विधिको अवहेलना गरेका थिए । राज्यले दायित्व निर्वाह गर्न सकेको थिएन । दायित्व निर्वाह गर्न नसक्नुमा राज्य सञ्चालन गर्ने व्यक्ति वा संस्था अविवेकी बनेको थियो । सार्वजनिनभन्दा सङ्कुचित स्वार्थमा लागेको थियो । त्यो स्वार्थ आज पनि विद्यमान छ, थोरै मात्रामा भए पनि । स्वार्थ अमिलोजस्तै हो, जसले धेरै दूधलाई फटाइदिन्छ । त्यो स्वार्थ हटाउन सकिएन भने भोलि पनि हिजैको परिस्थिति उत्पन्न हुन सक्छ । रूपेश गिरी जसरी पक्राउ परे पनि, उसलाई जसले पक्रे पनि, त्यो न्यायको आग्रह थियो । न्यायको आग्रह बहाल रहँदा स्वार्थ निस्तेज हुन्छ । स्वार्थ निस्तेज हुँदा समाजले गति लिन्छ । आज समाजले गति लिन थालेको छ, यो गति कायम राख्न पहिले राजनीतिक पार्टीहरूले दलीय स्वार्थ त्यागेर सर्वे भवन्तु सुखिन:को मर्यादा पालन गर्नुपर्छ ।