अचेल प्राय: समाचारहरूमा आज यति मूल्य बराबरको भंसार चोरीको कपडालत्ता समातियो, सुपारीसहित एकजना पक्राउ, काठसहित साइकल पक्राउ, लागू औषध उताबाट यता आउने र यताबाट उता जाने पक्राउ पर्ने समाचारहरू सुनिन्छ । यी समाचारहरू पढ्दा देशमा सुरक्षा निकाय निकै सक्रिय रहेको भान हुन्छ । गृहमन्त्री आफ्नो मातहतको निकायले राम्रो काम गरिरहेको भ्रम पाल्छन् । प्रहरीबाट आउने समाचारहरूमा कुनै अपराधको विस्तृत रिपोर्ट हुँदैन, प्रहरीले चोर समातेको, डाँका पक्राउ गरेको, तस्करको मुखियाविरुद्ध अभियान चलाएको सुनिंदैन, गहनतम अनुसन्धानका हत्या मामिलाको कथा पढ्न पाइँदैन, बलात्कारका अपराधीहरूलाई खोजेर ल्याएको, बोक्सीको अपराधमा पीडित महिलाविरुद्ध खनिने जमातविरुद्ध काम गरेको कुरा कहिल्यै थाहा पाइँदैन, सामान पक्राउ परेको समाचार चाहिं बडो आग्रहका साथ सम्प्रेषित गरिन्छ । मानौं नेपालमा ठूला अपराध हुँदैहुँदैन, झिनामसिना अपराध मात्र हुन्छ । यसलाई दबाउन सकियो भने देशमा ‘रामराज्य’ स्थापना हुन्छ ।
यो लेख लेख्नुको तात्पर्य प्रहरीको गतिविधिलाई हियाउनु कदापि होइन, देशको नीति निर्माताहरूको कुत्सित मनोवृत्ति प्रस्ट पार्नु हो । एउटा सामान्य उदाहरण नै लिउँ–नेपालबाट सुपारीको गैरकानुनी निकासी कसरी हुन्छ ? के नेपालमा यति धेरै सुपारी उत्पादन हुन्छ कि त्यसको खपतका लागि गैरकानुनी मार्ग अवलम्बन गर्नुपरोस् । होइन, यो सुपारी विदेशबाट आयात हुन्छ । नेपालमा खपत हुनेभन्दा बढी सुपारी आयात गर्ने अनुमति सरकारले दिन्छ, अनि त्यो सुपारी भारत तस्करी भयो भनेर पक्राउ गर्छ । सरकार इमानदार छ भने पोके तस्करलाई समाएर समाचार सम्प्रेषण गर्नुको साटो किन आायतकर्तालाई नै समाउँदैन ? किन चाहिनेभन्दा बढी सुपारी आयात गर्न दिन्छ ? त्यसैगरी लागू पदार्थको कुरा पनि महत्त्वपूर्ण भएर आउँछ । भारतबाट लुकाइछिपाइ ल्याइने लागू औषधबारे सरकारले ठोस नियम बनाउन सक्दैन, ठीक छस तर नेपालबाट तस्करी हुने गाँजा, चरेस र अफिममा किन रोक लगाउन सक्दैन ? यो पाकेटमा फल्ने वस्तु त होइन, खेतबारीमा हुन्छ, यसलाई हावापानी चाहिन्छ । अनि किन छातीमा बेरेको चरस पत्ता लाग्छ तर खेतमा लहलहाइरहेको बेला पत्तो लाग्दैन ?
किनकि यी तमाम कार्य कुत्सित रणनीति अन्तर्गत हुने गर्दछ । यस गोरखधन्दामा निकै पैसा छ । यसमा सबैको साझेदारी छ । परोक्षरूपमा सरकारले सुपारी आयात गर्दा राजस्वको रूपमा ‘कमिशन’ प्राप्त गर्दछ । राष्ट्रिय उत्पादन नगरेर यसरी राजस्व बढाउने नीति लिंदा सार्वभौम जनता जहिले पनि निधों रहिरहन्छ । जनता निर्धो भएपछि एउटा खास तब्काको मानिसले शासन गरिरहन्छ । शासन गर्नका लागि शासित वर्ग चाहिन्छ । शासित त्यो हुन्छ, जससँग हातमुख जोर्ने प्रशस्त सामल हुँदैन । यसकारण देशको एउटा वर्गलाई दीनहीन बनाएर राखिन्छ । राष्ट्रिय उत्पादन भयो भने, अर्थात् देशमा उद्योगधन्दा खुल्यो–चल्यो भने जनता स्वावलम्बी हुन्छ । त्यसैले विभिन्न राजनीतिक दलको मजदुर युनियनको नाममा शासकहरूले उद्योगधन्दामा हस्तक्षेप गरिरहन्छन् । राष्ट्रलाई सक्षम र स्वावलम्बी बन्न दिंदैनन् । जो बढी गरीबको तरफदारी गर्ने स्वाङ गर्दछ, प्रकारान्तरमा उही गरीबीलाई बढाइरहेको हुन्छ । त्यसैले सरकारले जनतालाई चोरी गर्न सिकाउँछ र ठूलो चोरको संरक्षण गरेर, आजीविकाका लागि काम गर्ने सानो चोरलाई समाइरहन्छ ।