प्रस, वीरगंज, १६ वैशाख/
वीरगंजका सबै होटल, रेस्टुरा र मासुजन्य पदार्थ बिक्री हुने पसलहरूमा बाख्राको मासु बिक्री हुने गरेको पाइएको छ । एक बगरेका अनुसार वीरगंजको नाम चलेका होटलदेखि सानाठूला सबै रेस्टुरा, पराठा हाउसहरूलगायत मासु बिक्री हुने पसलहरूमा बाख्रीको मासु बिक्री हुने गरेको बताए । वीरगंजमा बाख्रीको मासु मात्र १५ भन्दा बढी पसलबाट बिक्री हुने गरेको छ ।
वीरगंजमा नाम चलेका होटल भिस्वा, मकालु, कैलाश, दियालो, पूजन, कन्ट्रीन, सगुन, कुमु, हीरा, सम्झना, सुरजलगायतमा बाख्रीको मासु बिक्री हुने गरेको बगरेको भनाइ छ । त्यस्तै वीरगंजका रेस्टुराहरूमा पनि बाख्रीकै मासु बिक्री हुने गरेको छ । माईस्थान, र शहरभरिका रेस्टुरा, मासुजन्य पदार्थ बिक्री हुने पसलहरूमा सस्तोमा पाइने बाख्रीको मासु बिक्री हुने गरेको छ । खसीको मासु गत वर्ष प्रतिकिलो ५४० कायम भए पनि हाल बजारमा ६ सय देखि ६५० सम्म प्रतिकिलो बिक्री भइरहेको छ । त्यस्तै बाख्रीको मासु हाल प्रतिकिलो ४ सय देखि ४५० सम्म बिक्री भइरहेको छ । वीरगंजमा दैनिक ४० वटा पसलबाट खसीको र १५ वटा पसलबाट बाख्रीको मासु बिक्री हुने गरेको बताइएको छ ।
खसीको मासु भनेर बाख्रीको मासु बिक्री गर्नु कानुनत: अपराध हो । यो अपराध गर्नेविरुद्ध पर्सा प्रहरीले केही बगरेलाई पक्राउ गरी कारबाई पनि गरेको थियो । वप्रका बिर्ताले बाख्रीको मासु बिक्री गर्न लैजाने क्रममा केही महिना पहिले स्थानीय होटलका कामदारहरूलाई पक्राउ गरेको थियो । त्यस्तै
बाख्रीको मासुलाई खसीको भनेर बिक्री गर्दा नयाँ वर्ष २०७१ मा पानी ट्याड्ढीको दुईजना बगरेलाई सार्वजनिक अपराध मुद्दा लगाइएको थियो । माछा–मासु व्यवसायी सङ्घले खसी र बाख्राको मासु बिक्री गर्ने बगरेले दुवैको बोर्ड झुन्ड्याएर बिक्री गर्नुपर्ने प्रावधान राखेको बताएको छ । सङ्घले खसी र बाख्रीको दर रेट पनि कायम गरेको बताउँदै सो अनुरूप नगर्नेलाई कारबाई गरिन्छ ।
उपभोक्ता मञ्च पर्साका अध्यक्ष दिनाप्रसाद गुप्ता बाख्रीको मासु खसीको भनी बिक्री भइरहेको स्विकार्छन् । यस विरुद्ध स्थानीय प्रशासन उदासीन रहेको उनको भनाइ छ । मञ्चले गत वर्ष यसविरुद्ध अभियान चालेको भए पनि स्थानीय प्रशासनको सहयोगात्मक भूमिका नहुँदा अभियान तुहिएको बताए । स्थानीय होटल मकालुका सञ्चालक मोहन प्रधान आफ्नो होटलमा खसीको मासु बिक्री हुने गरेको दाबी गर्छन् ।