रामकुमार शर्मा दाहाल
पण्डितजीको पात्रोमा लगन जुरेर मात्र पुग्दैन, जोरीपारीले पनि लगन जुराउन र नजुराउनमा दरो भूमिका खेल्छन् भन्ने कुरा सरल जीवनशैली जिउने जो कोहीलाई थाहा नहुन सक्छ। भाग्यमा भरपर्नेहरू लगन नजुर्दा ‘ललाटमा भावीले जे लेखेको छ, त्यो मात्र पाइन्छ’ भनी चित्त बुझाउँछन्। सामाजिक घुन–पुतलीको चर्तिकलाबाट सरल जीवन जिउनेहरूको जिन्दगीमा कत्तिको कसिङगर थुप्रयाइन्छ, वा मानसिक ऐठन दिइन्छ भन्ने एक दुई छनक प्रस्तुत गर्छु।
छोराको उमेर २६ वर्ष भैसकेपछि वधूको खोजीमा सर्वत्र चहारें, मानौं हराएको वस्तु खोजेझैं। समुदायका पण्डित, नेता, डाक्टर, चित्रकार, शिक्षक, पत्रकार आदि जो कोही पनि वधू–खोजीका सूत्राधार बनाएँ। प्रत्येकलाई आफूभैंm ठानेर मुटुको ढोका खोल्दै अन्तर्मनका कथा–गथेसा सुनाएँ। यसो गरेको पनि ४ वर्ष कटिसकेछ। समय फुत्केको थाहै भएन। अझै लगन नजुरेको हो कि कसो, वधूको अत्तोपत्तो नाईं। तपाईंलाई अब त मनभित्र चिसो पस्यो होला, यो नाथेले बुहारी भित्र्याउन किन सकेन ? पण्डितजीको पात्रोले जुराएको लगन पटक–पटक पल्टो खाँदा म तीन छक परें। लगन नजुर्ने दोष निवारणका लागि शनिवार पिपलको बोटमा पानी चढाउनेदेखि मनकामना माईको भाकल तथा शिवजीको रुद्रिपाठ, केके हो केके १ ग्रहशान्ति, कूलायन पूजा– जान्ने सुन्नेले जसो–जसो भन्छन् त्यसै गरियो–लगन जुर्दैन १ केटीको खोज पूर्णत: असफल ११
अलि अघिको कुरो हो–नीमकान्त बाजेले पुत्रको जन्मकुण्डली हेर्दै भनेका थिए– “नैऋत्य कोणपट्टि जानू, आइमाई मान्छे लमी लगाएर कुरो बढाउनू, फरक पर्दैन। रूपवती–गुणवती–शीलवती वधू फेला पर्छिन्।” मलाई लाग्थ्यो– पण्डितको वाणी ढुङगाको अक्षर। त्यसैले नीमकान्तले भनेझै गर्ने विचार गरें। तर आइमाई मान्छे लमी पाउने कहाँ ? –कसलाई भन्ने ? एकटकले एकान्तमा घोरिंदा–घोरिंदा एक अधबैंसे आइमाईको चित्र टाउकोमा नाच्न थाल्यो जो थिइन् मेरै पत्नीकी बाल्यकालकी दौंतरी। नाम उनको दिलमाई भए पनि अलि खरो मिजास र आलोचनात्मक प्रवृत्तिका कारण सबैले ‘आलोचना–पत्रिका’ भन्ने गर्दथे। सहयोगको याचना गर्न पत्नीलाई दिलमाईकहाँ पठाएँ। साँझतिर ओइलाएको कर्कलोभैंm मुख पारेर फर्केकी पत्नीलाई सोधें– “के भयो ? दिलमाई बहिनीले के प्रतिक्रिया गरिन् हँ”। उनको प्रतिक्रिया थियो–“दिलमाईको दिल त दुर्गन्धी पो रैछ, मित्रताको नाता तोडेर दुश्मनीको नाता जोडिन् उनले”। बिनाकारण दोस्ती त दुश्मनीको रूपमा रूपान्तरित भएकोमा म तीन छक खाएँ र त्यसको कारण कोट्याउन लागें। परार सालको कुरा हो गाउँमा चुनावको चक्कर चलेको थियो। दिलमाई चाहिं त्रिपुरारी शास्त्रीलाई जिताउन घरको ढिकी–जाँतो, चुल्हो–चौको छोडेर लागेकी थिइन् रे– लोकप्रिय दल (नेपाल)बाट। भोटको ढ्वाङग गनेर रित्तिएपछि त्रिपुरारी शास्त्री रूख ढलेभैंm ढलेका थिए रे– शायद चुनाव हारेरै त होला। यो सारा घटना हुनु वा शास्त्रीजी हार्नुको दोष मैले लोकप्रिय दलको प्रचार–प्रसार नगरेकोलाई लिएर पो दिलमाई दुश्मन बनेकी रैछिन्। साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको ‘मान्छे अजात शत्रु हुँदैन’ भन्ने भनाइ आज मेरो दिलमा गड्यो। नैऋत्य कोणपट्टि दिलमाईलाई लमी बनाई अघि सार्ने मेरो मनोयोजना सधैंको निम्ति अस्तायो।
लगन त गर्नैपर्छ। एक घटनाबाट हारेर निराश हुनु हुतिहारापन हो। सत्र–सत्र पटक कान्लो उक्लन नसकेर अठारौं पटकमा बल्ल भ्यागुताले कान्लो उक्लन सफल भएको देखेर बडामहाराज पृथ्वीनारायण शाहले कीर्तिपुर अन्तिम पटकको आक्रमणमा जितेका थिए रे। यो त मेरो पहिलो पटकको हार त हो नि। यस्तै–यस्तै सोच्दै थिएँ। आँगनमा अकस्मात देखा परिन्, हरिबोधनी मरासिनी। मैले नमस्कार टक्र्याएँ र आसन दिएँ। उनैले पुत्रको बिहेको चर्चा चलाइन्। मङगलटारे पं. सोमनाथ शर्माकी पुत्री शोभा शर्मा सार्है नै शील स्वभाव भएकी, पढाइमा पनि तीक्ष्ण.. आदि अनेकौं पुत्रवधूका गुणहरूको बयान गर्दै गइन्। म सुन्दै थिएँ। मन भित्र–भित्रै आशाको त्यान्द्रो पनि पलाउँदै गयो। अब त लगन जुर्ला कि ? भोलिपल्ट बिहानै कुखुराको डाँकोमा मरासिनी दिदीलाई लिएर पं. सोमनाथको निवास मङगलटार हान्निएँ। पाहुनाको राम्रै सत्कार गरे पण्डितले र उनकी सुपुत्री पनि प्रत्यक्ष देखियो। उनीसँग आत्मवर्णन गर्दै गएँ। सानो परिवार– माछामासु नखाने– जाँड भाङ्को लत छैन– पुत्रको पढाइ स्नातकोत्तर र ऊ पनि शाकाहारी– कुनै धार्मिक सम्प्रदाय न अँगालेको– दुई छाकको बन्दोबस्त आदि आदि ...। ठीक यस्तै यस्तै ढङगढाँचा रहेछ पं. सोमनाथ शर्माको पनि। दुवैतर्फ र्याङ्को ठ्याङ् मिल्न गएको अनुभूतिले म दङग थिएँ। यसको सात दिनपछि पं. सोमनाथ छोरी दिने घर हेर्न आए। दुवैतर्फ मञ्जुर भएपछि पण्डित नीमकान्तले पात्रो पल्टाएर ङिच्च हाँस्दै लगन जुरेको घोषणा गरे। हामी छुट्टियौं– केवल शुभविवाह साइतको प्रतीक्षामा। पर्सिपल्टको कुरो हो– गहना गुरियाको सूची, निम्तालुहरूको नामावली, बाजागाजा र सवारी साधन आदिको व्यवस्थापनमा मन व्यस्त पार्दै कोठा बाहिर निस्कँदै थिएँ– पं. सोमनाथ शर्मा पो टुप्लुक्क आँगनमा आइपुगेको देखें। अचम्म १ केही फरक परेछ कि क्या हो ? कि योपटक पनि कसैले लगनमा छिर्के हान्यो ? आदि तर्कना मनमा उठ्यो । मेरो अन्तस्करणले भन्यो, “पक्कै बिहे भाँडियो।” नमस्कार गर्दै पं. सोमनाथले बस्ने ठाउँतिर आँखा कुदाए। मैले पनि नमस्कार फर्काएँ र आसनमा बस्ने इशारा गरें। म बोल्नै सकिन। पं. सोमनाथले नै उच्चारण गरे, “कुरो मिलेन हजुर, छोरीले अझै दुई वर्ष बिहे नगर्ने निर्णय गरिन्। यति सुनाउन आएको।” म छागोबाट खसें, खास कुरा अर्कै हुनुपर्छ भन्ने अनुमान लगाएँ। लामो समयको मन्थनपछि पं. सोमनाथले रहस्योद्घाटन गरिहाल्नु भो। गिरधर बाजे मेरा दौंतरी । बेलाबखत राजनैतिक दर्शनका पक्ष–विपक्षमा हामीबीच ठाकठुक पथ्र्यो। यिनको एकोहोरो सोच भनेर म खासै ईख लिन्नथें। उनी त बढी ईखालु रहेछन् । बल्ल थाहा भो। पं. सोमनाथ शर्माको मथिङगलमा उनैले विष भरिदिएछन्। “यिनीहरू शाकाहारी होइनन्, सर्वाहारी हुन्। प्रत्येक साँझ मासु, सेकुवा र रक्सीको बोतलमा रमाउँछन् टोलै थर्कने गरी। छोरा चाहिंले खासै पढेको पनि छैन...आदि आदि।” बहाना मात्र छोरीको, औषधि त गिरधर बाजेको परेछ। लाख सम्झाउँदा पनि पं. सोमनाथले नबुझेपछि मरासिनी दिदीको प्रस्ताव पनि खेर गयो । जुरी सकेको लगन उल्टियो।
४ वर्षको अन्तरालमा कैयौं आशाका त्यान्द्रा पलाए र सुके। लगन जुर्नु र भत्कनुले दर्जनौंपटक लुकामारी खेलिरहे । ‘लगन जुर्ला त ?’ भन्ने जिज्ञासा मेरो मथिङगलमा अझै जीवितै छ किनकि जोरीपारी पनि जीवितै छन्। ज्ञअस्तु १