प्रस, गरुडा, १२ वैशाख/
नेपालीय बज्जिका भाषाका प्रथम आधिकारिक प्रशिक्षक विपिनविहारी सिंहलाई रौतहटको गरुडामा एक कार्यक्रमबीच सम्मानित गरिएको छ । बज्जिका भाषा शिक्षक समिति रौतहटले कार्यक्रमको आयोजना गरी उच्च मावि गरुडामा सम्मान गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि स्रोतव्यक्ति विन्देश्वरप्रसाद साहले सिंहलाई दोसल्ला ओढाएर सम्मानपत्रले सम्मानित गरेका थिए । सिंहलाई सम्मानित गर्न पाएकोमा अत्यन्त खुशी लागेको बताउँदै प्रमुख अतिथि साहले बज्जिकासेवीलाई सम्मानको परम्परा बसाल्नुपर्ने बताएका थिए । कर्तव्यनिष्ठ र अत्यन्त इमानदार मानिसलाई सम्मानित गरेकोमा समितिलाई हार्दिक धन्यवाद दिंदै प्रमुख अतिथि साहले विद्यालयदेखि विश्वविद्यालयसम्म बज्जिका भाषाको पढाइ हुनुपर्ने आवश्यकतामाथि जोड दिएका थिए ।
नेपाल पत्रकार महासङ्घ रौतहट शाखाका पूर्वअध्यक्ष प्रेमचन्द्र झाले जल, जमिन र जिब्रो (बोली) बज्जिका भएर पनि बज्जिकाको पक्षमा काम गर्नुभन्दा अन्य भाषाको पक्षमा काम गर्नेप्रति व्यङ्ग्य गरेका थिए । राजनीतिकर्मीको बोली र व्यवहारमा एकरूपता हुनुपर्ने पत्रकार झाको भनाइ थियो ।
मधेस मसला एफएम गरुडाका अध्यक्ष जयनाथ यादवले कसैको अस्तित्वलाई समाप्त गर्नु छ भने भाषा र संस्कृतिमाथि आक्रमण गरे हुन्छ भन्दै बज्जिकाको विकासको लागि नयाँ क्रान्तिको आवश्यकता रहेको बताएका थिए । बज्जिकार्पण साहित्यिक पत्रिकाका विदेश संयोजक अनिलकुमार निधि, मधेस जनआवाज एफएमका कृष्ण तिवारी, मधेस मसला एफएमका राजेश्वर पाण्डेलगायतले मन्तव्य व्यक्त गर्दै बज्जिकाको विकास हुनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा सम्मानित प्रतिभा विपिनविहारी सिंहले बज्जिका भाषाको विकासको लागि आफ्नोतर्फबाट दिनुपर्ने योगदान दिइरहनेमा प्रतिबद्धता व्यक्त गर्दै जुनसुकै जिम्मेवारी निर्वाह गर्न आफू तयार रहेको बताएका थिए ।
नेपाल सरकारले बज्जिका भाषालाई औपचारिकरूपमा मान्यता दिएपछि पहिलो बज्जिका प्रशिक्षकको रूपमा विपिनविहारी सिंह, विन्देश्वरप्रसाद साह र सञ्जय साह मित्रलाई शैक्षिक जनशक्ति विकास केन्द्र कलैया बाराले तालिम दिएको थियो । पहिलो बज्जिका प्रशिक्षकको रूपमा कार्यरत सिंह गतवर्ष सेवानिवृत्त भएपछि बज्जिका शिक्षक समिति रौतहटले सम्मानित गरेको हो ।
सम्मान कार्यक्रममा सम्मानित प्रतिभाको व्यक्तित्वमाथि सञ्जय साह मित्रले प्रकाश पारेका थिए भने चन्द्रकिशोर झा, मेनका साह, किसुनदयाल यादवलगायतले कार्यक्रमको विभिन्न पक्षबारे प्रकाश पारेका थिए । कार्यक्रमको अध्यक्षता समितिका अध्यक्ष सफिन्द्रप्रसाद यादवले गरेका थिए ।