२८ गते बुधवार प्रतीकमा गोपाल ठाकुरको लेख ‘स्वादिलो भोजन हेर्दै मीठो’ पढें । यसपालि ठाकुरजीको धार र व्यङ्ग्य कुनै गाण्डीवको वाणजस्तो लाग्यो । भोजपुरीको उखान ‘देखनी में ना से चिखनी में’ नेपालीको उखान ‘राजाको काम कहिले जाला घाम’ र संस्कृतको उखान ‘त्रिया चरित्रम् पुरुषस्य भाग्यम्, देवो न जानाति कुतो मनुष्य:’ वा “क्षणे रुष्टा क्षणे तुष्टा, रुष्टातुष्टा क्षणेक्षणे” को हास्य पुट लिएको व्यङ्ग्यवाणको सटीक प्रयोग देखियो । एउटा अर्को भोजपुरी उखान छ ‘मिलुवा लडाई कथि ना देखाई’ । काङ्ग्रेस र एमाले जति लडेका छन् त्यो मिलुवा लडाई वा क्रिकेटको मैच फिक्सिंगबाहेक केही होइन । एउटा अर्को कुरा ध्यान दिनुपर्नेछ । यस मिलुवा लडाईमा न काङ्ग्रेस हारेको छ न एमाले । बिचरा रामवरण यादवको हार दयालाग्दो भएको छ । पहिले उहाँ आफैं पछि हट्नुभयो । दोस्रो लडाईमा एउटा पुस्तकको विमोचन गर्नेछन् । नेपालीमा एउटा उखान छ ‘तिमी कुटेजस्तो गर, म रोएजस्तो गर्छु’ । एमाले कुटेजस्तो र काङ्ग्रेस रोएजस्तो गरेपछि मिलुवा लडाईको अन्त हुँदै जान्छ । संविधान यिनीहरूले बनाइसकेका छन् २०४७ मा ।
सुन्छु एमाओवादीले पनि उहिल्यै आफ्नो संविधान बनाइसकेको थियो । अफसोच एमाओवादी सभामुख त्यस बेला पनि थिएन र यस बेला पनि छैन । कमल थापाको सिनोमा झम्टाझम्टी गर्न एमाओवादी पनि तम्सन्छ । त्यसपछि नाटक समाप्त । नाटकको बखान र पात्र परिचय शुरु हुनेछ । जातीयता र सङ्घीयतावादीको अन्त हुनेछ र संविधान संस्थागत गर्ने बल प्रयोग शुरु हुनेछ । बाह्यशक्तिको बधाई प्राप्त गर्ने सिलसिलामा केही छिटपुट विरोधको घटना र साना दलको विज्ञापन समाप्त हुनेछ । त्यसपछि ‘तमसो मा ज्योतिर्गमय’ होइन ‘ज्योतिर्मा तमसो गमय’ मा देश जानेछ । लेखकको तीन उखानको प्रत्युत्तर आफ्नो तीन उखानबाट अब टुङ्ग्याउँदै छु ।
शिवशङ्कर यादव
छपकैया, वीरगंज
कजष्खकजबलपबच।थबमबखद्धघज्ञ२नmबष्।िअयm