प्रस, वीरगंज, १५ चैत/
प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले सरकारले विनियोजन गरेको बजेटबाट नेपाल प्रहरी १२५ वर्षमा पनि भौतिक सुविधासम्पन्न हुन नसक्ने बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्सामा नवनिर्मित महिला तथा बालबालिका सेवा केन्द्र भवन, इनर्वा प्रहरी चौकी र घण्टाघर प्रहरी बिटको शनिवार एक समारोहबीच उद्घाटन गर्दै प्रहरी महानिरीक्षक अर्यालले आम जनताको सहयोगमा प्रहरी भवनको निर्माण हुनु सुखद पक्ष भएको बताए । उनले भवन साधन मात्र भएको साधक नभएको चर्चा गर्दै प्रहरीले आम मानिसलाई सेवा प्रवाह गरी कानुनी मर्यादालाई कायम राख्न सक्नुपर्ने सुझाव दिए । नेपालमा प्रहरी आधारभूत आवश्यकताबाट वञ्चित रहेर पनि निरन्तर सेवा प्रवाह गरिरहेकामा प्रशंसा गरे । उनले भौतिक साधनको निर्माणसँगै त्यसको संवद्धर्न गर्न प्रहरीलाई सुझाए ।
पर्साका प्रजिअ कैलाशकुमार बजिमयले प्रहरी र जनताको साझेदारीमा भवनको निर्माण भएको बताए । उनले यस प्रकारको साझेदारी अन्य जिल्लामा पनि हुनुपर्ने बताए ।
भारतीय महावाणिज्यदूत अञ्जु रञ्जनले दुई देशको जनसम्बन्धजस्तै सीमामा रहेका दुवै देशका प्रहरीबीच पनि राम्रो सम्बन्ध हुनुपर्ने बताइन् । भारतीयहरूले नेपालमा प्रवेश गर्दा नेपाल प्रहरीको व्यवहारको प्रशंसा गर्ने गरेका बताउँदै उनले यस्ता सकारात्मक प्रयासहरूलाई निरन्तरता दिनुपर्ने सुझाव पनि दिइन् ।
प्रहरी नायब महानिरीक्षक प्रकाश अर्यालले उत्कृष्ट पूर्वाधार मात्र उत्कृष्ट सेवाको सूचक हुन नसक्ने बताउँदै प्रहरीलाई भौतिक सुविधासरह आमजनता र न्यायको पक्षमा अहोरात्र खटेर छुट्टै पहिचान कायम गर्न निर्देशन दिए ।
नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष श्याम बन्जाराले वीरगंजका उद्योगी–व्यापारीहरू हालका दिनमा सामाजिक क्षेत्रमा क्रियाशील देखिनु सुखद पक्ष भएको बताए ।
कार्यक्रममा वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अशोककुमार बैद्य, भवन निर्माण समितिका विश्वकरण जैन, शम्भुप्रसाद कलवार, विश्वनाथ शाह, प्रहरी वरिष्ठ उपरीक्षक सर्वेन्द्र खनाल, प्रहरी उपरीक्षक धीरजप्रताप सिंहलगायतको सहभागिता थियो ।