गताङ्कको बाँकी
- रितु गुप्ता
आफूले घर र खेत दुवै ठाउँमा नभ्याएर मुरलीले एकजना गाउँकी गरिब समालाई घरको काम र बच्चाहरूको हेरचाह गर्न राखे । समाले घरको र बच्चाहरूको ख्याल राख्थी तर जे भएपनि ती चारैजना आमाबिनाका टुहुराभैंm थिए । बच्चाहरूको आत्मबल खस्कँदै गयो । उता माया पनि दिनरात आफ्ना बच्चाहरूको बारेमा सोचिरहन्थिन् । बेलाबेलामा मुरली उनलाई भेट्न पनि आउँथे । तर घर फर्कने अनेक बिन्ती गरे पनि मुरलीले मायालाई सान्त्वना मात्र दिएर फर्कन्थे ।
मुरलीले बच्चाहरूलाई खुब माया गर्थे । घरमा मीठो—मीठो खानेकुरा र नयाँ—नयाँ कपडा ल्याइदिन्थे र समालाई पनि त्यसबाट दिन्थे । यो सोचेर कि उसले मेरा बच्चाहरूलाई माया गर्ली ।
समय बित्दै गयो । छ महिनापछि मुरली मायालाई लिन राँची गए । चिकित्सकले थप केही औषधि दुई/चार दिनका लागि लेखिदिए । माया घर फर्कने कुरा सुनेर सार्है खुशी भइन् । खासगरी आफ्ना बच्चाहरूका लागि ।
घर आउनेबित्तिकै मायाले आफ्ना आँखाका नानी, हृदयका टुक्राहरूलाई अँगालोमा लिएर विछोडले सल्काएको विरहको अग्निलाई शीतल पारिन् ।
ती अबोध बालकहरूको अनुहारमा पनि एक अद्भुत किसिमको मुस्कान आयो, जसलाई देखेर मानौंं पाषाणले बनेको हृदय पनि मोमभैंm पग्लिन्छ ।
मायाले घरको र आफ्ना नानीहरूको हेरचाह गर्न थालिन् । साँझपख खाजा खाने बेलामा मुरलीले मायाको अगाडि आँसु झार्दै भने– “माया तिमी घरमा नहुँदा यो घर विरानो थियो । बच्चाहरूको अनुहारमा आज जुन मुस्कान छ, त्यसलाई हेर्न मैले छ महिना प्रतीक्षा गरेको छु । जे गरेर पनि मैले तिनीहरूलाई आमाको स्नेह दिन सकिनँ । मेरा अबोध बालकहरू आमाबुबा दुवै हुँदाहुँदै पनि टुहुराभैंm भएर हिंड्थे । त्यो देखेर बाँच्नुभन्दा मलाई मर्नु सहज लाग्थ्यो तर यिनकै मुख हेरेर, तिम्रै बाटो पर्खेर बाँचेको छु ।”
एउटा पुरुषको आँखाबाट आँसु आउनुको अर्थ हो, उसलाई सहन नसक्ने पीडा छ । उसको दु:खको र निराशाको सीमा नै छैन । मुरलीको आँखामा आँसु, उसको काँपिरहेका ओठहरू देखेर र मनलाई छुने वचन सुनेर माया पग्लिन् । उनलाई उनको मनले कताकता मुरलीलाई क्षमा गरेकोजस्तो लाग्यो । माया पनि घोप्टो परेर रुन थालिन् ।
मुरलीले मायालाई समयमा औषधि दिन्थे, मीठा–मीठा कुरा गर्थे । माया पनि मुरलीसँग राम्ररी बोल्न थालिन्, आफ्नो परिवारमा सुखीसँग बस्न थालिन् ।
दिनदिनै नातेदार–कुटुम्बहरू मायालाई भेट्न आउन थाले । तर मायाको हालखबर बुझ्नुभन्दा पनि मुरलीलाई अर्को विवाह गर्न उक्साउन आएका थिए, मुरलीका फुफू र माइजूहरू । उनीहरूले मुरलीलाई अनेक तरिकाबाट सम्झाउँथे । कहिले घर र बच्चाहरूको भविष्यबारे सम्झाउँथे त कहिले भन्थे– “तिम्रो आफ्नै लामो उमेर बाँकी छ, यस्ती पागल बुहारीले तिम्रो के सेवा गर्ली र ।” माया यी कुराहरूसित अञ्जान थिइन् र सबैसँग राम्ररी कुराकानी गर्थिन्, आदर–सत्कार गर्थिन् । जीवन फेरि रसिलो हुँदै थियो । यी सबमा सबैभन्दा बढी ओम, जय र जगु अनि लक्ष्मी खुशी हुन्थे । राम्रो स्याहारसुसार, समयमा खानपिन नपाएर दुब्लाउँदै गएका बच्चाहरूको शरीर फेरि लाग्न थाल्यो ।
आज घरमा पाहुना कोही छैनन् । मुरली भात खाँदै थिए । मायाले बडो मायालु भाकामा सोधिन्– “म नहँुदा खाना कसले ख्वाउँथ्यो, कसले पकाउँथ्यो, मेरा बच्चाहरूलाई कसले हेरिदिन्थ्यो ? आपैंmले भ्याउनुहुन्थ्यो र ।”
मुरलीले पनि त्यसै मायालु स्वरमा जवाफ दिए– “कहाँ एक्लै भ्याउनु । एउटी नोकर्नी राखेको थिएँ । त्यसैले सब गरिदिन्थी । समा, आफ्नो शङ्कर काकाकी छोरी । महिनाको रु.१००० दिन्थे । तैपनि तिम्रो कमी एक प्रतिशत पनि पूरा गर्न सक्दिनथी ।”
नोकर्नी, त्यो पनि तरुनी केटी, सुन्नेबित्तिकै मायालाई अलि बेमज्जा लाग्यो तर उनले सोचिन् कि अब त मुरली पक्कै सुध्रिसकेका छन् ।
बेलुकी मायाले चारैजना बच्चाहरूलाई भात ख्वाउँदै थिइन् ।
“भो आमा, अब म खान सक्दिनँ,” ओमले भन्यो । “अँ त, पुट्ला नि ।” जगुले पेट समातेर चिन्तित हुँदै मायालु भाकामा भन्यो । “अँ, पेट फुट्छ १ धेरै नाटक नगर तिमीहरू । हेर त कति दुब्लाइसकेका छौं, तिमीहरू । आमा नभएको बेलामा आपैंm समयसमयमा खानुपर्दैन ।”
“आमा, तपाईं नभएको बेलामा समा दिदीले हामीलाई खाना ख्वाउँथी । ‘पुग्यो’ भनेपछि जिद्दी पनि गर्दैनथी । हजुर त कति धेरै ख्वाउनुहुन्छ,” जयले गुनासो पोख्यो ।
“अनि के त ? बुबाले पनि वीरगंजबाट र गाउँबाट मीठा–मीठा खानेकुरा ल्याउनुहुन्थ्यो । जलेबी, भाजा, पेडा अनि धेरै मिठाइ । मुखैमा पानी आयो । हामी सबै खान्थ्यौं तर सबैभन्दा बढी समा दिदीले खान्थी । बुबाले नयाँ–नयाँ लुगा पनि ल्याइ दिनुहुन्थ्यो । समा दिदीलाई त झन् लुगा पनि अनि चुरा पनि र अझै चप्पल पनि ल्याइ दिनुहुन्थ्यो । तपार्इंआएदेखि त खाली दाल, भात, तरकारी र रोटी मात्र खान पाइन्छ,” ओमले पनि भनिहाल्यो ।
यो सुनेर अघि नै मायाको मनमा उब्जेको शङ्काको बीउ अब रूख बन्न गयो । फेरि माया दोधारमा परिन् । मुरलीमाथिको उनको पुनर्निर्मित विश्वासको पुल फेरि टुट्ला–टुट्ला जस्तो भयो ।
दिनदिनैको सोच, चिन्ता र व्याकुलताले मायाको हालत फेरि बिग्रिंदै गयो । त्यसै बेला मायाले आफू गर्भवती भएको थाहा पाइन् ।
दिन, हप्ता, महिना बित्दै गए । मायाले फेरि एउटा छोरालाई जन्म दिइन् । उसको नाम हरे राखियो । हरेको जन्मपश्चात् माया शारीरिक र मानसिक दुवैरूपले कमजोर परिसकेकी थिइन् । उनको मानसिक हालत ठीक नभएको देखेर मुरलीले उनलाई फेरि राँची जचाउन जाने निर्णय गरे । तर यसपालि राँचीको नाम मात्रले माया निकै क्रोधित भइन् । नजाने ढिपी गरिन् । मुरलीले लाख सम्झाउन, मनाउन खोजे पनि मायाले केही वास्ता गरिनन् । झन् रुन, कराउन, विलाप गर्न थालिन् ।
माया यसरी विचलित भएको देखेर मुरलीको मनमा पनि शान्ति थिएन । मुरलीले जानै पर्छ भनेपछि मायाले आफूमाथिको नियन्त्रण गुमाइन् । “कुकर्मी, राक्षस, अधर्मी, हत्यारा । तैंले त जे गरिस्, त्यो गर्नसम्म गरिस् । तैंले जे गरेको छस्, त्यो त तैंले नै गरिस् ।” आदि भनेर गाली मुरलीलाई गर्न थालिन् ।
कहिल्यै आँखा मात्र उठाएर पनि कुरा नगर्ने आफ्नी पतिव्रता पत्नीका मुखबाट यस्ता शब्दहरू सुनेर साँच्चै उनी पागल भइसकेकी छिन् जस्तो मुरलीलाई लाग्यो । मुरली पनि घोर विपत्तिमा परे ।