- नीरज गुप्ता
“दूधले पोलेको मानिस मही पनि फुकी फुकी खान्छ” तर हाम्रो मुलुकका युवाहरू बारम्बार राजनैतिक दलका नेताहरूबाट धोका पाएर र अवसरबाट वञ्चित भएर पनि आफ्नो व्यवहारमा सुधार ल्याउन सकिरहेका छैनन् ।
बिनाप्रतिभाको अवसरको कुनै महत्त्व हुँदैन । नेपाली युवामा अपार प्रतिभा भए तापनि नेपाली युवालाई यी पुराना नेताहरूले नेतृत्व दिनबाट वञ्चित गरिरहेका छन् । भनिन्छ, भूतबाट अनुभव लिई वर्तमानलाई सुधारी भविष्य बनाइन्छ । तर हाम्रा देशका नेताहरू भूतलाई नै प्राथमिकता दिन्छन् किनभने तिनीहरू परिवर्तनसँग डराउँछन् र भन्छन्– जस्तो चलिरहेको छ, त्यस्तै चल्न दिनुपर्छ । किनकि ती वृद्ध नेताहरू बढीभन्दा बढी १०/१५ वर्ष मात्र बाँच्छन् । त्यसैले तिनीहरू परिवर्तन चाहँदैनन् र हामी युवालाई अगाडि बढ्न पनि दिंदैनन् । तर हामी युवालाई १५/२० वर्ष मात्र बाँच्नु छैन, हामीसँग अहिले धेरै समय बाँकी छ । राष्ट्र बनाउने जिम्मेवारी हाम्रो भएकोले हामी युवा किन निस्क्रिय र मौन बसेका छौं ?
साधारणतया मौन बस्नु सहमतिको सड्ढेत दिनु हो । फलस्वरूप आज राष्ट्रमा यी ठालू नेताहरू जे भन्छन् या त हामी मौन बस्छौं या त्यसमा आफ्नो फाइदा हेरी सहमति जनाउँछौं । तर त्यसको प्रतिकार, विरोध वा आलोचना कहिले पनि गर्दैनौं । के हामी युवावर्गसँग ठीक–बेठीक छुट्याउने योग्यता छैन ? कि हामी युवा साँच्चिकै मूर्ख छौं ? गधा एउटा यस्तो जनावर हो, जो ठीक कुरामा पनि टाउको हल्लाउँछ र बेठीक कुरामा पनि टाउको हल्लाउँछ । तर हामी मानव हौं, त्यो पनि नेपाली युवा, जो नेपाल आमाका पुत्र हुनको लागि जन्मेका छौं भने यस्तो प्रवृत्ति किन ?
भर्खर गठित सुशील कोइरालाको मन्त्रिमण्डलमा एकजना पनि युवालाई सम्बोधन गरिएन जबकि निर्वाचनको समयमा अहोरात्र खटेका हजारौं युवाहरू घरघरमा गई मत मागेका थिए । यसबाट पनि काङ्ग्रेस र एमालेलगायत देशका प्रमुख दलहरूले प्रमाणित गरिदिएका छन् कि नेपाली युवा केवल भाडाका भरिया हुन्, जुन बेला मन लाग्यो त्यो बेला तिनीहरूलाई मजदुरी दिई आन्दोलन, बन्द, हडताल, जातीय एवं क्षेत्रीय हिंसा गराउन सकिन्छ । केही रकम उपलब्ध गराए युवाहरूको ऊर्जा सजिलै प्राप्त गर्न सकिन्छ भन्ने नेपाली नेताहरूले बुझेका छन् । साथै हामी युवाहरू पनि रकम पाएर रमाइरहेका छौं । मानौ राष्ट्र हाम्रो घर नभई भाडाको घर हो र नेताहरू जे गर्छन् र जे भन्छन् हामीलाई मान्य छ । के यसले राष्ट्र बन्छ त ? जब नेपाली भएर जन्मेका छौं भने नेपाली बनेर देखाऔं । नेपाली नागरिकता लिंदैमा नेपाली भइँदैन, यसका लागि नेपाल आमाको सम्मान र नेपालीको स्वाभिमान रक्षा गर्न प्राण पनि अपर्ण गर्न तयार रहेर मात्र नेपाली बन्न सकिन्छ । यदि हामी युवाहरूले राष्ट्रमा सकारात्मक परिवर्तनका लागि योगदान गर्न सक्दैनौं भने हामीलाई नेपाल आमाको पुत्र कहलाउने कुनै हकअधिकार छैन । आज हाम्रो देशको अस्मिता विदेशी प्रभुका शिष्यहरूले लुटिरहेका छन् र हामी हेरेर बसेका छौं । अब नजागे कहिले जाग्ने हामी युवाहरू ?
एक महान् दार्शनिकले भनेका छन्– राष्ट्र र आमाभन्दा सम्मानित र पूजनीय कोही पनि हुँदैन । तर हामी नेपाली युवा दुवैको सम्मान र रक्षा गर्न अयोग्य साबित भइसकेका छौं । के यसबाट नेपाल आमा खुशी छिन् ? एक मुठ्ठी राष्ट्रको माटो छातीमा राखेर हामीले आफ्नो हृदयसँग सोधी हेरौं त । नेपाल आमाले हामी युवाहरूलाई धिकार्नेछिन् कि कस्ता पुत्रहरूलाई मैले जन्माए, जो आफ्नो मातृभूमिलाई विदेशी हस्तक्षेपबाट रक्षासमेत गर्न सक्दैनन् । जन्म र मृत्यु निश्चित छ, तर जब जन्मेका छौं भने राष्ट्रको स्वाभिमानको लागि प्राण त्याग्न तयार होऔं, जसले गर्दा आफ्नो मृत्युलाई विशेष बनाउन सकिन्छ । भावी सन्ततिले पनि गर्वले शिर उठाएर भन्न सकून् कि हाम्रा पुर्खाहरू राष्ट्रवादी थिए, जो कसैको सामु कहिले शिर झुकाएनन् र कहिले कसैसँग केही मागेनन् । किनभने माग्ने व्यक्तिको शिर र हात जहिले पनि तल हुन्छ, माथि कहिले पनि उठ्दैन।
अन्तत: हामी युवाहरू उठौं, हामीसँग अपार ऊर्जा छ, योग्यता छ तर आत्मविश्वासको कमी छ । यदि हामी सचेत भयौं भने मुलुकको मुहार फेर्न सक्छौं । बुबाले हलो चलाउनुभयो भने जरुरी छैन कि हामी पनि हलो नै चलाऔं । यदि हामीसँग योग्यता छ र सक्षम छौं भने देश पनि चलाउन सक्छौं ।
युवाहरू सचेत होऔं र मुुलुक बनाउने कार्यमा जुटौं ।