- उमाशङ्कर द्विवेदी
माइतीमा एक दिन आराम गरेर दमयन्तीले आफ्नी आमासित भनिन्–“आमा, म तपाईंसित सत्य भनिरहेकी छु । तपाईं मलाई जीवित हेर्न चाहनुहुन्छ भने मेरो पतिलाई खोज्ने उद्योग गराउनुस् ।” दमयन्तीको विकल दशा तथा कातर वाणी सुनेर उनकी आमाले राजा भीमकसित भनिन्– “स्वामी, दमयन्ती आफ्ना पतिको लागि अत्यन्त विकल छिन् । उनले सड्ढोच त्यागेर आफ्ना पतिलाई खोज्ने उद्योग गर्न मलाई भनेकी छिन् ।” राजाले आफ्ना आश्रित ब्राह्मणहरूलाई डाकेर नललाई खोज्नको निम्ति नियुक्त गरिदिए । ब्राह्मणहरूले दमयन्तीको छेउमा गएर भने– “अब हामीहरू राजा नललाई खोज्न जाँदैछौं ।” दमयन्तीले ब्राह्मणहरूसित भनिन्–“तपाईंहरू जुन राज्यमा गएपनि मान्छेहरूको हुलमा भन्नुहोला– मेरो प्यारो पतिदेव, तपाईंले मेरो सारीबाट आधा च्यातेर म दासीलाई वनमा सुतेकै अवस्थामा कता जानुभयो ? तपाईंकी ती दासी त्यसै अवस्थामा आधा सारी लगाएर नै तपाईंको बाटो कुरिरहेकी छिन् तथा तपाईंको वियोगको दु:खले दु:खी छिन् । तपाईंहरूको कुरा सुनेर कसैले कुनै प्रकारको जवाफ फर्कायो भने त्यो को हो, कहाँ बस्छ ?
आदि कुराहरूबारे पत्ता लगाउनुहोला तथा त्यसले के जवाफ दियो सो याद राख्नुहोला ।” दमयन्तीको निर्देशानुसार ब्राह्मणहरू नलको खोजीमा हिंडिहाले ।
धेरै दिनसम्म राजा नललाई खोजेपछि एक दिन पर्णाद नामक ब्राह्मण महलमा आएर दमयन्तीसित भने–“राजकुमारी, म तपाईंको निर्देशानुसार निषध नरेश नललाई खोज्दै अयोध्यासम्म पुगें । त्यहाँ म राजा ऋतुपर्णको राजसभामा गएर तपाईंले भनेको कुरा भने तर त्यहाँ कसैले कुनै पनि जवाफ दिएनन् । अनि म त्यहाँबाट जान भनी हिंड्न लागेको बेला राजाको बाहुक नामक सारथिले मलाई एकान्तमा बोलाएर केही कुरा भन्यो । देवी, त्यो सारथि राजा ऋतुपर्णको घोडाहरूलाइ शिक्षा दिन्छ, स्वादिष्ट खाना पकाउँछ तर उसका हातहरू साना साना र शरीर कुरूप छ । त्यसले लामो सास फेरेर रुँदै भन्यो–कुलीन स्त्रीहरू घोर कष्ट पाउँदा पनि आफ्नो शीलको रक्षा गर्छन् तथा आफ्नो सतीत्वको बलले स्वर्गलाई पनि जित्छन् । कथंकदाचित पतिले उनलाई त्यागे पनि उनीहरूले क्रोध गर्दैनन्, आफ्नो सदाचारको रक्षा गर्छन् । आफ्नी प्राणप्रियालाई त्याग्ने अभागी पतिको कुनै विवशता हुन सक्छ । त्याग्ने पुरुष विपत्तिमा परेको कारणले दु:खी तथा अचेत भएको हुन सक्छ । त्यसैले उसमाथि क्रोध गर्नु उचित छैन । मानौं पतिले आफ्नी पत्नीको योग्य सत्कार गर्न सकेन तर त्यति बेला उसको पति राज्यलक्ष्मीले च्युत, क्षुधातुर, दु:खी तथा दुदर्शाग्रस्त थियो । त्यस्तो अवस्थामा जब उसले आफ्नो प्राणरक्षाको लागि जीविकाको जोहोमा थियो, त्यस बेला चराहरूले उसको आ·का वस्त्रहरूलाई लिएर उडेका थिए । त्यस बेलाको उसको ह्दयको असहय पीडालाई महशुश गरेर पत्नीले पतिलाइ क्षमा गरून् ।” ब्राह्मणले भने– “राजकुमारी, सारथि बाहुकको कुरा सुनेर म तपाईंलाई सुनाउन आएको छु । तपाईंलाइ जे उचित लाग्दछ त्यही गर्नुस् । मन लागे राजालाई पनि यो कुरा विन्ती गरिदिनुहोस् ।” ब्राह्मणको कुरा सुनेर दमयन्तीको आँखामा आँसु टल्पलाउन थाल्यो । उनले आफ्नी आमासित एकान्तमा भनिन्– “आमा, तपाईंले यो कुरा बुबालाई नभन्नुहोला । म सुदेव नामक ब्राह्मणलाई यस काममा नियुक्त गरिरहेकी छु । जुन प्रकारले उनी मलाई यहाँ ल्याइ पुर्याएका थिए, त्यसै प्रकारले उनी अयोध्या गएर मेरो पतिदेवलाई ल्याउनेछन् ।” त्यसपछि दमयन्तीले पर्णाद नामक ब्राह्मणलाई उचित सत्कार गरेर बिदा गरिन् र सुदेवलाई बोलाइन् । दमयन्तीले सुदेवसित भनिन्– “ब्राह्मण देवता, तपाईं शीघ्र अयोध्या नगरीमा गएर राजा ऋतुपर्णसित भन्नुहोला कि भीमकपुत्री दमयन्तीले फेरि स्वयंवर गरेर स्वेच्छानुसार पति वरण गर्न चाहन्छिन् । ठूला ठूला राजाहरू त्यहाँ जाँदैछन् किनकि स्वयंवरको तिथि भोलि नै हो । त्यसैले तपाईं यदि ठीक समयमा त्यहाँ पुग्न सक्नुहुन्छ भने त्यहाँ जानुस् । नल बाँचेको वा मरेको कुरा कसैलाई पनि थाहा छैन । त्यसैले दमयन्तीले भोलि सूर्योदयको बेला अर्को पति वरण गर्नेछिन् ।” दमयन्तीको जम्मै कुरा सुनेर सुदेव अयोध्या गएर राजा ऋतुपर्णलाई दमयन्तीले भनेको जम्मै कुरा सुनाए ।
राजा ऋतुपर्णले सुदेवको कुरा सुनेर बाहुकलाई बोलाएर भने– “बाहुक, भोलि दमयन्तीको स्वयंवर हुने भएको छ । म एक दिनमा नै विदर्भ देश पुग्न चाहन्छु, तर यदि तिमीले मलाई त्यहाँ एक दिनमैं पुर्याउन सक्छौ भने मात्र म जानेछु, सक्दैनौ भने जान्नँ ।” ऋतुपर्णको कुरा सुनेर बाहुकरूपी नलको मुटु छियाछिया भयो । उनले मनमनै सोचे– “दमयन्तीले दु:खबाट विक्षिप्त भएर यस्तो भनेकी होऊन् । सम्भव छ उनी यस्तो गर्न पनि चाहन्छिन् । अथवा उनले मेरो प्राप्तिको लागि यस्तो युक्ति गरेकी होलिन् । उनी पतिव्रता, तपस्विनी तथा दीन छिन् । मैले दुर्बुद्धिवश उनलाई त्यागेर ठूलो क्रूरता गरेको छु । अपराध मेरै हो । सत्य के हो ? असत्य के हो ? यो त त्यहाँ गएपछि मात्र थाहा हुनेछ । ऋतुपर्णको इच्छा पूर्ण गर्नमा मेरो पनि स्वार्थ छ ।” बाहुकले हात जोरेर भने– “म तपाईंको आज्ञानुसारको काम गर्ने प्रतिज्ञा गर्दैछु ।” बाहुक अश्वशालामा गएर श्रेष्ठ घोडाहरूको जाँच गर्न थाले । नलले राम्रा जातका चारवटा शीघ्रगामी घोडाहरूलाई रथमा जोडे । राजा ऋतुपर्ण रथमाथि सवार भए ।
जसरी आकाशमा चराहरू उड्छन्, त्यस्तै बाहुकको रथ हावामा उडेझैं केहीबेरमैं नदी, पर्वत र वनलाई नाघ्न थाल्यो । वनमा पुगेपछि राजा ऋतुपर्णले भने– “बाहुक, तिमी मेरो गणित विद्याको चमत्कार हेर । सामुनेको रूखमा जति पात र फलहरू देखिएका छन्, त्यसको अपेक्षा भुइँमा खसेका फल र पातहरू एक सय गुणा बढी छन् । यस रूखको हा·ाहरूमा पाँच करोड पात र दुई हजार पन्चानब्बेवटा फलहरू लागेका छन् । तिम्रो इच्छा भए गन्ती गरिलेऊ ।” बाहुकले रथ रोकेर त्यस बर्रोको रूखलाई ढाली त्यसको पात र फलको गन्ती गरे । राजा ऋतुपर्णले भनेको सङ्ख्या दुरुस्त मिल्यो । बाहुकले भने– “तपाईंको विद्या अद्भुत रहेछ, कृपया यो विद्या मलाई पनि सिकाइ दिनुस् । ऋतुपर्णले भने–“यस गणित विद्याझैं म पासाको विद्यामा पनि निपुण छु ।” बाहुकले भने– “तपाईं मलाई यी दुइटै विद्या सिकाइदिएमा म तपाईंलाइ अश्वविद्या सिकाइ दिनेछु ।” ऋतुपर्णलाई विदर्भ देशमा पुग्ने हतार थियो तथा अश्वविद्या सिक्ने लोभ पनि थियो । त्यसैले उनले नललाई पासाको विद्या सिकाइ दिए र भने– “अश्वविद्या मलाई पछि सिकाइ दिनू । मैले त्यसलाई तिमीलाई नासोको रूपमा राख्दैछु ।”
जुन बेला नलले पासाको विद्या सिके त्यसै बेला कलियुग कर्कोटक नागको तीखो विषको बान्ता गर्दै नलको शरीरबाट बाहिर निस्कियो । कलियुग शरीरबाट बाहिर निस्केपछि नल क्रोधित भएर कलियुगलाई श्राप दिन तम्सिए । यो देखेर कलियुगले हात जोडेर थुरथुर काम्दै भन्यो– “तपाईं ममाथि क्रोध नगर्नुस्, म तपाईंलाई यशस्वी बनाउनेछु । तपाईंले जुन बेला दमयन्तीको परित्याग गर्नुभएको थियो, त्यसै बेला उनले मलाई श्राप दिएकी थिइन् । म ठूलो दु:खका साथ कर्कोटक नागको विषको तापले डढ्दै तपाईंको शरीरमा बसिरहेको थिएँ । म तपाईंको शरणमा छु, मलाई श्राप नदिनुस् ।” राजा नलले क्रोधलाई शान्त पारे । कलियुग भयभीत भएर त्यहीँ बर्रोको रूखभित्र छिर्यो । यो संवाद कलियुग र राजा नलबाहेक अन्य कसैले पनि थाहा पाउन सकेन । त्यो रूख डढेलोमा डढेझैं हुन पुग्यो । क्रमश:...