प्रस, वीरगंज, १३ चैत/
नेपाली काङ्ग्रेसका उपसभापति रामचन्द्र पौडेलले एक वर्षभित्र संविधान आउने दाबी गरेका छन् ।
नेपाली काङ्ग्रेस पर्साका सभापति सुरेन्द्रप्रसाद चौधरीका पिता रामदयाल चौधरीको निधन भएको आज तेर्हौं दिनको पुण्यतिथिमा आयोजित श्रद्धाञ्जलिसभालाई सम्बोधन गर्दै उपसभापति पौडेलले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र धार्मिक आधारमा सबैलाई समेटेर एक वर्षभित्रमा संविधान जारी हुने बताए । उनले राष्ट्रिय अखण्डता, सम्पन्नता र सबलता प्रदान गर्न थारू समुदायले आधार स्तम्भका रूपमा भूमिका खेलेको बताए ।
नेता पौडेलले सबै जातजाति, वर्ग, धर्म, समुदाय, संस्कृतिको पहिचान र उत्थानको लागि नेपाली काङ्ग्रेस प्रतिबद्ध रहेकोमा जोड दिएका थिए । श्रद्धाञ्जलिसभामा नेता पौडेलले बन्द रहेको वीचिकालि र कृषि औजार कारखाना सञ्चालन गरी कृषि क्रान्ति ल्याउने आश्वासन दिए ।
औद्योगिकीकरणबिना मुलुकको विकास सम्भव नभएको तर्क दिंदै नेता पौडेलले मानिस मारेर मुलुकको विकास नहुने बताउँदै कृषि र औद्योगिक क्रान्तिबाट मात्र नेपालको विकास सम्भव रहेको बताए ।
श्रद्धाञ्जलिसभामा युवा नेता गगन थापाले स्व. रामदयाल चौधरी प्रजातान्त्रिक योद्धा भएका र उनी सबैको प्रेरणाको स्रोत रहेका बताए ।
नेका पर्साका अध्यक्ष सुरेन्द्रप्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न श्रद्धाञ्जलिसभामा सभासद् राजेन्द्रबहादुर अमात्य, पूर्वसभासद् अजय द्विवेदी, क्षेत्र नंं. १ का अध्यक्ष विजय सर्राफलगायतले मन्तव्य व्यक्त गरेका थिए ।