प्रस, पथलैया, १५ चैत/
युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले स्थानीय विकास निर्माण, अव्यवस्थित बसोवासको समाधान र सामाजिक न्यायको पक्षमा काम गर्न प्रतिबद्ध रहेको बताएका छन् ।
मनहर्वा गाविसको जैतापुरमा शनिवार आयोजित सम्मान तथा पार्टी प्रवेश कार्यक्रममा मन्त्री पौडेलले जिल्लामा सबैखाले विकास निर्माणका काम गर्न आफू प्रतिबद्ध रहेको बताए । उनले भूमिहीन, युवा र खेलकुदको समस्या सम्बोधनका लागि पनि आफू लागिपरेको बताए ।
कार्यक्रममा एमाले मनहर्वा गाउँ कमिटीले मन्त्री पौडेललाई सम्मान गरेको थियो । विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गरेका पाँचजनालाई मन्त्री पौडेलले टीका लगाएर स्वागत गरेका थिए ।
कार्यक्रममा एमाले राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य सुन्दर विश्वकर्मा, प्रशिक्षण विभाग प्रमुख मनोज पौडेल, प्रचार विभाग प्रमुख कृष्ण पौडेललगायतको उपस्थिति थियो । कार्यक्रम अर्जुन दहालको अध्यक्षतामा सम्पन्न भएको थियो ।
यसैगरी मन्त्री पौडेलले ब्रह्माकुमारी राजयोग सेवा केन्द्रहरू शान्ति र एकताको वाहक रहेका बताएका छन् ।
ब्रह्माकुमारी राजयोग सेवा केन्द्र सिमराले डुमरवानामा आयोजना गरेको आन्तरिक शान्ति एवं विश्व सद्भावको लागि परमात्मा ज्ञान विषयक प्रवचन कार्यक्रममा मन्त्री पौडेलले विश्व शान्तिका लागि समतामूलक र समृद्ध समाजको परिकल्पनालाई पूरा गर्नुपर्ने बताए ।
सिमरा केन्द्रकी प्रमुख मधु बहिनीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घका सञ्चालक कृष्ण पौडेल, डुमरवाना बहुमुखी क्याम्पसका प्रमुख राधेश्याम शिवाकोटी, हलखोरिया साझेदारी वनका अध्यक्ष राजकुमार अर्याललगायतको उपस्थिति थियो ।
यस्तै मन्त्री पौडेलले डुमरवाना गाविस वडा नं. ७ को वडा अधिवेशनको शनिवार उद्घाटन गरेका छन् । अधिवेशनको उद्घाटन गर्दै मन्त्री पौडेलले जनताका आवश्यकता पूरा गर्नका लागि पार्टीको तल्लो तहबाट पनि पहलको आवश्यकता रहने बताए । जिल्लाका समस्याका बारेमा जानकारी गराउन सके त्यस्ता समस्यालाई सम्बोधन गर्न सकिने उनको भनाइ थियो ।
मन्त्री पौडेललाई डुमरवाना गाविसको सुन्दरबस्तीमा रहेको गुम्बाले सम्मान गरेको छ । कार्यक्रममा स्थानीयवासीको तर्फबाट शेरबहादुर घलेले गुम्बा भवन, लालपुर्जा, खानेपानी, खेलकुद मैदान, विकास निर्माणका समस्यासहितको ज्ञापनपत्र मन्त्री पौडेललाई बुझाएका थिए । स्थानीय
गुम्बा समितिका अध्यक्ष कञ्चनबहादुर गुरुङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।