- अभिषेक सुवेदी
एकादेशमा एउटा बेलको रूख थियो । त्यस रूखको तल सधैं एउटा बालक भकुन्डो (बल) लिएर खेल्न आउँथ्यो । बालक खुशी भएको देखेर रूख पनि खुशी हुन्थ्यो ।
एक दिन त्यस बालकको बल हराएकोले ऊ त्यसै रूखको तल आएर रुन थाल्यो । यो देखेर तिमी किन रुँदैछौं ? भनी बेलको रूखले सोध्यो । बालकले मेरो बल हराएको भनी सबै वृतान्त सुनायो । रूखले भन्यो– “तिमी मेरो रूखमा चढ बेल टिपेर त्यसैको बल बनाऊ ।” यो सुनेर बालक एकदमै खुशी भयो । उसले बेलको बल बनाएर फेरि त्यसै रूखको वरिपरि खेल्न थाल्यो । त्यतिखेर वैशाखको महिना भएर रूखमा बेल पनि निकै फलेको थियो । केही दिन बालक आएन । ऊ नआएकोले रूख पनि एक्लै भएको थियो । किनभने बालक अब युवावस्थामा पुगिसकेको थियो । उसलाई अब बलको आवश्यकता परेन । तर एक दिन ऊ फेरि रूखको तल आई अँध्यारो मुख लगाएर बसेकोले रूखले फेरि सोध्यो– “अब तिमीलाई के चाहियो ?” उसले भन्यो– “म अब ठूलो भइसकें मलाई अब आफ्नो आवश्यकता पूरा गर्नको लागि केही धन चाहिन्छ तर मसित केही पनि छैन।”
यस्तो कुरा सुनेर रूखले भन्यो–“हत्तेरी किन पीर लिनुपर्यो । यो बेलको पत्ता बेचेर वा यो सबै बेल बेचेर आएको पैसाले तिम्रो बढ्दो आवश्यकता सजिलै पूरा गर्न सक्छौं,” बेलले बालकलाई सान्त्वना दिंदै भन्यो । यस्तो कुरा सुनेर उसको मन प्रसन्न भयो । रूखले भनेजस्तै उसले गर्यो र प्रशस्त धन पनि कमायो । धन कमाएपछि उसले रूखलाई पनि बिर्सियो । समयको अन्तरालमा त्यो बालक जसरी ठूलो हुँदै जान्थ्यो, त्यसरी नै बेलको रूख पनि बूढो हुँदै जान्थ्यो । तर उसले रूखको महत्त्वलाई बुझेको थिएन । उसले खाली आफ्नो खुशी हेथ्र्यो, रूखको पीडा, चाहना र मर्कालाई बुझ्न सकेको थिएन ।
धन सिद्धिएपछि रूखसामु आएर रूखको पात र फल बेची कमाएको पैसा बेफ्वाँकमा उडाउँथ्यो तर उसले व्यापारमा लगानी गरी धन वृद्धि गर्ने उपाय सोचेन । यता रूखलाई उसको गतिविधिले केही असर गरेन । टिपेका पातहरू वातावरणसँगै फेरि पलाइहाल्थ्यो । अनावश्यक पात र फल खसेर जानुभन्दा त्यसबाट कोही खुशी हुन्छ भने ऊ पनि खुशी हुन्थ्यो । तर विधाताको खेल गजबको छ । दुनियाँमा कोही पनि एकनासले खुशी छैनन् ।
आफ्नो सम्पूर्ण चीज जसको लागि समर्पण गरेको छ, उसैले बिर्सिदिंदा रूखको मनमा कहिलेकाहीं धक्का पुग्थ्यो । समयको अन्तराल सँगसँगै उसले विवाह गरेर सबैभन्दा पहिले त्यही बेलको रूखसित भेट्न आयो । किनभने आज उसलाई बस्नको लागि काठ दाउरा चाहियो । त्यो माग्न बेलको रूखसित भेट्न आएको थियो । जुन बालक सधैं हाँसेर, रोएर खेलिरहन्थ्यो, आज युवावस्थामा पुगी विवाह पनि गरेकोले रूखले आफूलाई निकै भाग्यशाली ठान्यो ।
उसको प्रस्तावबमोजिम रूखले घर बनाउनको लागि आवश्यक पर्ने काठ दाउरा स्वीकृति दियो । घर बनाएपछि ऊ आनन्दले रहन थाल्यो । एक दिन उसको पत्नीले डु·ामा चढेर घुम्ने इच्छा बताएपछि ऊ पुन: रूखनिर गएर आग्रह गर्यो । रूखले भन्यो– “मेरो यो शरीर सबै लैजानु, डु·ा बनाउन जति दाउरा चाहिन्छ, त्यति लैजानु तर जरालाई नकाट्नु ।” तर त्यस मूर्खले रूखको जरामाथि अलिकति दाउराको भाग राखेर सबै काठ काटेर डु·ा बनाइ आफ्नी पत्नीलाई घुमाउन लग्यो । घुमाउँदै जाँदै दैव संयोगले नदीमा तुफान आएर डु·ा डुबाइदियो । रूखको प्रभावले उसलाई केही भएन तर उसले पत्नीलाई गुमायो ।
बगाएको काठ दाउरा समात्दै ऊ किनारामा पुग्यो । पत्नी गुमाएपछि ऊ डाँको छोडेर रुन थाल्यो । उसले आफ्नो दु:ख रूखसामु पोख्यो । बेलको रूखको पनि अन्तिम समय आइसकेको थियो । उसले भन्यो– “मलाई माफ गर अब म चाहेर पनि तिम्रो लागि केही पनि गर्न सक्दिनँ । किनभने मसित अब तिमीलाई दिनको लागि केही पनि छैन र केही समयपछि म पनि यो रूखको जुनीबाट मुक्त हुन्छु अर्थात् मर्छु ।”
यस्तो कुरा सुनेर उसले बाल्यावस्थादेखि हालसम्मको सम्पूर्ण कुरा सम्झ्यो । उसलाई धेरै दु:ख लाग्यो । अब ऊ चाहेर पनि केही गर्न सक्दैनथ्यो ।
–बीबीएस दोस्रो वर्ष, सिद्धार्थ इन्टरनेशनल कलेज