- विश्वराज अधिकारी
चार वर्षदेखि चलिरहेको सिरियाली गृहयुद्ध र त्यहाँ भएका ठूल्ठूला हिंसाका घटनालाई छाडेर कुरा गर्ने हो भने विश्वमा अहिले द्वन्द्व त्यति विकराल मानवीय समस्या देखिएको छैन । हुनत अफगानिस्तान, इराक, सोमालिया, नाइजेरिया, भेनेजुएला, इजिप्टलगायत अन्य केही मुलुकमा बेलाबेला हुने अशान्तिको क्रम भने रोकिएको छैन । तर यी वा यस्तै अवस्था भएका अन्य केही राष्ट्रहरूमा भने सिरियाको जस्तो गम्भीर मानवीय समस्या देखिएको छैन, हालसम्मका लागि । यस प्रकार विश्वमा अहिले पूर्ण शान्ति नभए तापनि अति नै अशान्तिको अवस्था छैन । तर हालै भएको रूसी राष्ट्रपति भ्लादमिर पुटिनको महत्त्वाकाङ्क्षा विस्तारको नयाँ संस्करणले विश्वलाई ठूलो अशान्तिको दिशातर्फ धकेल्ने हो कि भनी चिन्ता गर्न थालिएको छ । समाप्त भएको शीतयुद्ध पुन: आरम्भ हुने हो कि भन्ने अनुमान गर्न थालिएको छ । केहीले त पुटिनको यो महत्त्वाकाङ्क्षाले विश्वलाई दुई गुटमा बाँड्ने अनि ठूलै युद्ध हुन सक्ने अड्कल काटिरहेका छन् । पुटिनले केही समय पहिले युक्रेनको हिस्सा रहेको क्रिमियालाई रूसमा विलय गराएका थिए । एक सार्वभौमसत्तासम्पन्न राष्ट्रको भूभागलाई राजनीतिक एवं सैन्य बल प्रयोग गरेर उनले आफ्नो मुलुकमा गाभेका थिए ।
पुटिन र उनका वृत्तका व्यक्तिहरूको योजना अनुसार फेब्रुअरी २७–२८, २०१४ मा रूससमर्थित बन्दुकधारीहरूले क्रिमियालाई आफ्नो नियन्त्रणमा लिएर रूसद्वारा रुचाइएका व्यक्ति सर्गेई आक्सिनोभलाई त्यहाँको प्रधानमन्त्री नियुक्त गरेका थिए । मार्च ६ मा क्रिमियाको संसद्ले क्रिमियालाई रूसमा विलय गराउन मतदान गरेको थियो । यतिमात्र होइन, मार्च १६ मा थप बढी स्वायत्ताका साथ युक्रेनको भूभाग रहने वा रूसमा विलय हुने भनी इच्छा जाहेर गर्न क्रिमियाका नागरिकलाई जनमत सङ्ग्रहमा भाग लिन लगाइएको थियो, जुन रूसकै योजनाको एउटा भाग थियो । सो जनमत सङ्ग्रहको परिणामले क्रिमियालाई रूसमा गाभ्न अनुमति दिएको थियो । विवादित उक्त जनमत सङ्ग्रहलाई युरोपेली राष्ट्रलगायत विश्वका अन्य धेरै राष्ट्रले मान्यता भने दिएनन् र सो कार्यको निन्दा एवं चर्को स्वरमा विरोध गरे । तर यी सबै विरोधहरूका बावजुद क्रिमियाको संसद्ले मार्च १७ मा युक्रेनबाट क्रिमिया स्वतन्त्र भएको र रूसमा विलय हुन तयार रहेको घोषणा गर्यो । रूस र क्रिमियाका अधिकारीहरूले क्रिमियालाई रूसमा विलय गर्ने उल्लेख भएको सहमतिपत्रमा मार्च १८ मा मास्कोमा हस्ताक्षर गरे । यसरी एक सार्वभौमसत्तासम्पन्न राष्ट्रका केही नागरिक केही दिनमैं अर्को त्यस्तो राष्ट्रको नागरिक हुने पुगे, जुन राष्ट्रले बल प्रयोग गरेर कुनै मुलुकको नागरिकलाई आफ्नो मुलुकमा विलय हुन बाध्य पारेको थियो । केही व्यक्तिको महत्त्वाकाङ्क्षाको कारण एक मुलुकका नागरिकहरू अर्को मुलुकको नागरिक हुन बाध्य भएका थिए । ती महत्त्वाकाङ्क्षी व्यक्तिहरूको नेतृत्व भने पुटिनले गरेका थिए । राष्ट्रवादी नारा चर्काएर रूसी जनताको मन जित्न प्रयासरत रहेका पुटिन बाहिरीरूपमा अति राष्ट्रवादी र लोकप्रिय नेताका रूपमा देखिए पनि भित्रीरूपमा उनी राष्ट्रवादी नारा चर्काएर रूसी राजनीतिमा आफ्नो पकड दीर्घकालीनरूपमा बलियो बनाउने दाउमा रहेको प्रस्ट हुन आउँछ । तर पुटिनको क्रिमियाप्रति यो व्यवहारले जन्माउने समस्याहरूले रूसी जनतालाई आर्थिकरूपमा निकै प्रतिकूल प्रभाव पार्ने अनुमान गर्न थालिएको छ । संयुक्त राज्य अमेरिका र युरोपियन युनियनले रूसमाथि आर्थिक प्रतिबन्धहरू लगाउने घोषणा गरिसकेका छन् । अर्कोतिर क्रिमियाको जनता अर्को मुलुकको जनतामा रूपान्तरित हुँदा उत्पन्न हुने अनेक राजनैतिक, कानुनी एवं आर्थिक समस्याहरूको लेखाजोखा हुन अहिले बाँकी नै छ । विलय र विभाजन जहिले पनि असहज हुने गर्दछ । इतिहासले यही भन्छ ।
रूसमाथि लगाइने आर्थिक प्रतिबन्धले लघुकालीन र दीर्घकालीन दुवै किसिमले रूसी जनतालाई असर पार्ने देखिन्छ । हुनत रूसमाथि लगाइने आर्थिक प्रतिबन्धले युरोपियन युनियन मात्र होइन, विश्वका अन्य राष्ट्रहरूलाई पनि प्रभाव पार्नेछ । तर विशेषज्ञहरूको विचारमा यो प्रतिबन्धले रूसलाई भने बढी आर्थिक प्रभाव पार्नेछ । केही समय पहिले मात्र रूसको एक ठूलो बैंकका प्रमुखले रूस मन्दीको नजिक पुग्न लागेको उल्लेख गरेका थिए । यसैगरी हालै मात्र जी–७ (न्ठ– न्चयगउ या क्ष्लमगकतचष्बष्शिभम ऋयगलतचष्भक)ले रूसलाई जी–८ बाट निष्कासित गरेको घोषणा गरेको थियो । रूस सो समूहमा हुँदा यसलाई जी–८ भन्ने गरिन्थ्यो । जी–७ का नेताहरूले रूसको सोचीमा हुने भनिएको जी–८ को शिखर सम्मेलन रद्द गरिएको र अब सो शिखर सम्मेलन रूसलाई सम्मिलित नगरी ब्रसेल्समा हुने घोषणा गरेका छन् ।
युरोपका धेरै मुलुकहरूले रूसबाट ठूलो परिमाणमा सामान आयात गर्दछन् । यसैगरी रूसका धेरै नागरिक युरोपका विभिन्न राष्ट्रहरूमा बसोवास गर्नुका साथै धेरै रूसीहरूले युरोपमा लगानी पनि गरेका छन् । रूसमा लगाइने आर्थिक प्रतिबन्धले निश्चयरूपमा रूसी अर्थतन्त्रलाई प्रतिकूल प्रभाव पार्नेछ र सबैभन्दा बढी सामान्य रूसी नागरिक प्रभावित हुनेछन् । ब्रिक्स (द्यच्क्ष्ऋक्– द्यचबशष्,ि च्गककष्ब, क्ष्लमष्ब, ऋजष्लब बलम क्। बचष्अब)को एक सदस्य राष्ट्र रूसमाथि, जो आफ्नो मुलुकलाई विश्व अर्थव्यवस्थामा गाभेर आर्थिक प्रगतिको दिशामा तीव्र गतिमा अग्रसर छ, लगाइने विभिन्न आर्थिक प्रतिबन्धहरूले प्रतिकूल प्रभाव पार्नेछ भन्ने कुरामा दुई मत हुन सक्तैन । विडम्बना त के हुनेछ भने महत्त्वाकाङ्क्षी नेताहरूको व्यवहारबाट सृजित समस्याको सामना गरिब जनताले गर्नुपर्नेछ र त्यस्तै स्थिति रूसमा सिर्जना हुन गइरहेको छ । पुटिनको महत्त्वाकाङ्क्षाको मूल्य सामान्य र गरिब रूसी जनताले चुकाउनुपर्नेछ, यदि साँच्चिकै रूसमा लगाइने आर्थिक प्रतिबन्धहरू कठोर भएर प्रस्तुत भयो भने । जुनसुकै मुलुकमा पनि र जस्तोसुकै धनी राष्ट्रमा पनि अस्थिर आर्थिक अवस्था र त्यसबाट उब्जिने दुष्परिणामहरूले सबभन्दा पहिले त्यहाँको गरिब जनतालाई पिरोल्ने गर्दछ । तर गरिब जनताको चाहना मुलुकको सीमा र शक्ति विस्तारभन्दा पनि दुई छाक ढुक्कसँग खान पाइयोस् भन्ने रहेको हुन्छ । कुनै पनि मुलुकको गरिब जनताको प्राथमिकतामा आर्थिक खुसहाली नै पर्दछ । लडाइँ–झगडा गरिब जनताको माग कहिले हुँदैन । लडाइँ–झगडा नेताहरूको उच्च महत्त्वाकाङ्क्षाको गर्भबाट जन्मिने गर्दछ । यो तथ्य विश्वभरका मुलुकहरूमा देख्न सकिन्छ ।
क्रिमियाको घटनाबाट युक्रेन मात्र होइन, रूसका अन्य छिमेकी राष्ट्रहरू पनि सशड्ढित हुन पुगेका छन् । युरोपेली युनियन र अमेरिकाले पनि रूसको यस कदमको चर्को विरोध र निन्दा गरिसकेका छन् । एक किसिमले भन्ने हो भने विश्व जनमत नै रूसी अधिकारीहरूको यो कारबाईको विपक्षमा छ । तर पनि सुखद कुरा के छ भने, अहिलेसम्मको स्थितिको विश्लेषण गर्दा, यस रूसी कारबाईको विपक्षमा रहेका राष्ट्रहरूमध्ये कुनै पनि एक राष्ट्रले रूसको विरोधमा सैनिक कारबाई गर्नुपर्छ भनी माग गरेका छैनन् । सबै राष्ट्रहरू युद्धको विभीषिकाबाट त्रसित छन् । युद्धले गर्ने जनधनको क्षतिबाट बच्न खोजिरहेका छन् । कुनै अन्य राष्ट्रको हितको रक्षा गर्न आफ्नो मुलुकलाई गरिब पार्न चाहिरहेका छैनन् । मुलुकलाई झमेलामा पस्नदेखि जोगाइरहेका छन् । त्यस कारणले रूसको विरुद्धमा अहिले कुनै किसिमको सैनिक कारबाई हुने सम्भावना रहेको देखिंदैन । कुनै किसिमको युद्ध हुने सम्भावना रहेको देखिंदैन । तर क्रिमिया समस्याले भने अर्को युद्ध निम्त्याउने सड्ढेत दिइरहेको छ । त्यो युद्ध हो, व्यापार युद्ध । रूसले अब आफ्ना विपक्षी राष्ट्रहरूसँग व्यापार युद्ध गर्नुपर्ने छ । व्यापार युद्ध पनि निकै दुष्कर हुने गर्दछ । यसले मन्दविषले झैं बिस्तारै प्रभाव पार्ने गर्दछ । सबैभन्दा बढी यसले गरिब जनतालाई प्रभाव पार्ने गर्दछ ।
क्रिमिया समस्याले रूसको अर्थतन्त्रलाई प्रतिकूल प्रभाव पार्नेछ नै साथै युरोपेली राष्ट्रहरूलाई पनि उत्तिकै प्रभाव पार्नेछ किनभने युरोपका धेरै राष्ट्रहरूसँग रूसको व्यापारिक साझेदारी छ । अर्कोतिर, युरोपका धेरै राष्ट्रहरू पहिलेदेखि नै आर्थिक समस्याको दलदलमा फसेका छन् । अब यो नयाँ सृजिएको समस्याले भने ती राष्ट्रहरूमा झनै बढी आर्थिक कठिनाइहरू थप्नेछ । यसरी, आउने समय विश्व आर्थिकजगत्को लागि सुखद भने देखिंदैन । युरोपलाई पर्ने आर्थिक कुप्रभावबाट एसिया पनि जोगिएर बस्न सक्तैन । युरोपको दूरा आर्थिक अवस्थाको प्रभाव एसियामा पनि अवश्य पर्नेछ । यसैगरी युरोपमा उत्पन्न हुने आर्थिक समस्याहरूले नेपाललाई पनि प्रभाव पार्नेछ । नेपालको पर्यटन क्षेत्रलाई यो समस्याले बढी पिरोल्ने देखिन्छ ।
आशा गरौं पुटिनले आफ्नो उच्च महत्त्वाकाङ्क्षालाई नियन्त्रित गर्नेछन् र अझै विस्तारित हुनबाट रोक्नेछन् । उनको महत्त्वाकाङ्क्षा विस्तारले व्यापार युद्ध शुरू हुने र त्यसबाट रूसका गरिब जनता मात्र होइन, विश्वका अन्य विभिन्न राष्ट्रका गरिब जनतासमेत प्रभावित हुने यथार्थ बुझिदिने छन् । अहिलेको लागि यही कामना गरौं ।
दचद्दण्टघ)बमजष्पबचष्२थबजयय।अयm