$type=ticker$count=12$cols=4$cate=0

तराईमा बोलिने भाषाहरू : एक नजरमा

SHARE:

- उमाशङ्कर द्विवेदी
    भाषाशास्त्रीहरूको भनाइको समन्वय गरेर हेर्दा आर्य–युरोपेली वा भारोपेली भाषा परिवारको आर्य–इरानेली शाखाको एउटा भेदलाई आर्य भाषा मानिएको छ । यसलाई पनि तीन भागमा बाँडिएको छ– प्राचीन आर्य भाषा, मध्यकालीन आर्य भाषा तथा आधुनिक आर्य भाषा । यही आधुनिक आर्य भाषा, मागधी प्राकृतको मागध अपभ्रंश रूपबाट असमी, मैथिली, अवधी तथा मगहीको साथमा भोजपुरी भाषाको उत्पत्ति भएको हो भन्ने मान्न सकिन्छ । नेपालको पूर्वी तराईमा मैथिली, मध्य तराईमा भोजपुरी तथा पश्चिमी तराईमा अवधी भाषा लोकव्यवहारमा प्रचलित रहेको अवस्था विद्यमान छ भने चारकोसे झाडीको दक्षिण तथा भित्री तराईमा थारू भाषा प्रचलनमा रहेको पाइन्छ । डा. हाजसनले ‘थारू’ नेपालको तराईमा निवास गर्ने थारू जातिको बोली हो भनेका छन् । उनले थारूहरू भारतको बहराइचदेखि चम्पारणसम्म बसोवास गरेका छन् तथा यिनीहरूको बोली वस्तुत: विकृत भोजपुरी हो भन्ने निष्कर्ष निकालेका छन् । थारू भाषामा एउटा आश्चर्यजनक विशेषता के देखिन्छ भने थारूभाषी मानिसहरूको तराईको प्राय: प्रत्येक जिल्लामा उपस्थिति देख्न सकिन्छ तर उनीहरूले बोल्ने भाषाको रूप जिल्लैपिच्छे फरकफरक छ ।  आफ्नो घरव्यवहारमा थारूहरू भोजपुरीभाषी जिल्लामा भोजपुरीमा, मैथिलीभाषी जिल्लामा मैथिलीमा तथा अवधीभाषी जिल्लामा अवधी भाषामा नै बोल्दछन् । हुनत थारू भाषा नेपालको मेचीदेखि महाकालीसम्ममा बोलिन्छ तर ती बोलीहरूमा एकरूपता भने छैन । झापा जिल्लामा बोलिने थारू भाषा कैलाली जिल्लामा बस्ने थारू जातिले बुझ्दैनन् भने मध्य तराईका थारूहरूद्वारा बोलिने थारू भाषा झापा वा कञ्चनपुरका थारूहरूले बुझ्न सक्दैनन् । भाषाको अध्ययनको क्षेत्रमा महत्त्वपूर्ण काम गरेका प्रसिद्ध भाषाशास्त्रीहरू डा. ग्रियर्सन, डा. आर्चर, डा. होर्न, डा. सुनीतिकुमार चाटुज्र्या प्रभृति विद्वानहरूले आफ्नो कुनै पनि अध्ययनपत्रमा बज्जिका भाषाको कतै पनि उल्लेख नगरेका छैनन् । बज्जिका भाषा वस्तुत: पूर्वमा बोलिने मैथिली तथा पश्चिममा बोलिने भोजपुरी भाषाको सीमान्तकृत सन्धिस्थलको भाषा हो । अत: यस भाषामा मैथिली र भोजपुरीको छाया स्पष्ट देख्न सकिन्छ । उदाहरणको रूपमा जानुको अर्थमा मैथिलीमा ‘गेलाह’ र भोजपुरीमा ‘गइल’ शब्दको प्रयोग हुन्छ भने बज्जिका भाषामा त्यसै अर्थको लागि ‘गेल’ शब्द प्रयोग हुन्छ ।
    नेपालको तराईमा पूर्वमा मैथिली, मध्यमा भोजपुरी तथा सुदूरपश्चिममा अवधी भाषा लोकव्यवहारमा रहेको छ । नेपालको चारकोसे झाडीको दक्षिणमा बसोवास गरेका थारू जातिले बोल्ने भाषालाई उनीहरूले थारू भाषा भन्छन् । पूर्वी रौतहट तथा पश्चिमी सर्लाहीको सानो क्षेत्रमा बसोवास गरेका मानिसहरूले बोल्ने भाषालाइ उनीहरूले बज्जिका भाषा भन्ने गर्छन् ।
    राष्ट्रिय जनगणना अनुसार नेपालमा नेपाली बोल्ने मानिसहरूको जनसङ्ख्या एक करोड अठार लाख छब्बीस हजार नौ सय त्रिपन्न (कुल जनसङ्ख्याको ४४ दशमलवछव ४ प्रतिशत) रहेको छ । यस हिसाबले नेपाली भाषा नेपालको पहिलो भाषा, तीस लाख बयानब्बे हजार पाँच सय तीसजनाले बोल्ने (कुल जनसङ्ख्याको ११ दशमलव ६७ प्रतिशत) मैथिली भाषा दोस्रो स्थान, पन्ध्र लाख चौरासी हजार नौ सय अन्ठाउन्नजनाले बोल्ने (कुल जनसङ्ख्याको ५ दशमलव ९८ प्रतिशत) भोजपुरी तेस्रो भाषा, पन्ध्र लाख उनान्तीस हजार आठ सय पचहत्तरजनाले बोल्ने (कुल जनसङ्ख्याको ५ दशमलव ७७ प्रतिशत) थारू भाषा चौथो स्थान, सात लाख त्रियान्नब्बे हजार चार सय सोरहजनाले बोल्ने बज्जिका भाषा (कुल जनसङ्ख्याको २ दशमलव ९९ प्रतिशत) आठौं स्थान, पाँच लाख एक हजार सात सय बाउन्नजनाले बोल्ने (कुल जनसङ्ख्याको १ दशमलव ८९ प्रतिशत) अवधी भाषा बार्‍हौं स्थानमा स्थापित रहेको छ । 
    राष्ट्रिय जनगणना २०६८ अनुसार विभिन्न भाषा परिवारहरूमध्ये नेपालमा जम्मा १२५ वटा भाषाहरू बोलचालमा प्रयोग हुन्छन् र ती जम्मै भाषाहरूलाई राष्ट्रिय भाषाको रूपमा मान्यता प्राप्त रहेको अवस्था छ । राष्ट्रिय जनगणना २०४८ अनुसार नेपालमा बोलिने भाषाहरूको सङ्ख्या जम्मा ९१ वटा, राष्ट्रिय जनगणना २०५८ अनुसार नेपालमा बोलिने भाषाहरूको सङ्ख्या जम्मा ९२ वटा रहेको थियो भने राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालमा बोलिने भाषाहरूको सङ्ख्या दश वर्षमा एक्कासि बढेर १२५ वटा हुन पुग्यो । भाषाशास्त्रीहरूका विचारमा यो एउटा चमत्कार हो किनकि कुनै पनि नयाँ भाषाको जन्म हुनलाई शताब्दीयौं लाग्ने गरेको तथ्य विद्वानहरूले प्रस्ट पारेका छन् ।
    कुन भाषा परिवारमा कुन नयाँ भाषाको कसरी जन्म भयो यस बारेमा जनगणनाको प्रतिवेदन मौन छ । करोडौं सरकारी रकम खर्च गरेर तयार पारिएको सो प्रतिवेदनमा नयाँ भाषाको एक्कासि जन्मको बारेमा देखिएको मौनताले ठूलो रहस्यमय आशड्ढा उत्पन्न गर्दछ । सो प्रतिवेदनमा देखाइएका भाषाहरूको तथ्याड्ढमा अरू पनि थुप्रै चमत्कारहरू विद्यमान रहेका देखिन्छन् । उदाहरणको रूपमा नेपालमा बोलिने भोजपुरीभाषीहरूको जनसङ्ख्याको तथ्याड्ढलाई लिन सकिन्छ । राष्ट्रिय जनगणना २०४८ अनुसार नेपालमा भोजपुरी भाषा बोल्ने मानिसहरूको जनसङ्ख्या कुल जनसङ्ख्याको ७ दशमलव ५ प्रतिशत, राष्ट्रिय जनगणना २०५८ अनुसार नेपालमा भोजपुरी भाषा बोल्ने मानिसहरूको जनसङ्ख्या राष्ट्रिय कुल जनसङ्ख्याको ७ दशमलव ५३३ प्रतिशत रहेको तथा राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालमा भोजपुरी भाषा बोल्ने मानिसहरूको जनसङ्ख्या कुल जनसङ्ख्याको ५ दशमलव ९८२२ प्रतिशत रहन गएको छ ।
    अर्थात् राष्ट्रिय जनगणना २०५८ अनुसार देशको वार्षिक जनसङ्ख्या वृद्धिदर २ दशमलव २५ प्रतिशत रहे पनि २०६८ को जनगणनामा पूर्वको ७ दशमलव ५३३ प्रतिशतबाट घटेर ५ दशमलव ९८२२ प्रतिशतमा झर्नुलाई  केन्द्रीय तथ्याड्ढ विभागको चमत्कार रहेको तथ्य मान्नुपर्ने बाध्यता रहेको छ ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : तराईमा बोलिने भाषाहरू : एक नजरमा
तराईमा बोलिने भाषाहरू : एक नजरमा
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjcwNZccK7ZPUsVB_fndTdt5TAHF-caGmeWfmQNIHw7ntcNk_N9VDBYkEiaVCh3RpdeYDuNxk57DdfKpQwiuBpiJ5d1ilSQeh2AMz57eFQVimBPwZ0pge7nqzCYUoIyrA_inXz7ESMgRATt/s1600/umashankar+duwedi.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjcwNZccK7ZPUsVB_fndTdt5TAHF-caGmeWfmQNIHw7ntcNk_N9VDBYkEiaVCh3RpdeYDuNxk57DdfKpQwiuBpiJ5d1ilSQeh2AMz57eFQVimBPwZ0pge7nqzCYUoIyrA_inXz7ESMgRATt/s72-c/umashankar+duwedi.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2014/03/blog-post_4748.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2014/03/blog-post_4748.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy