प्रस, वीरगंज, १३ चैत/
जिल्ला कृषक हकहित संरक्षण समिति पर्साले बाराको मनहर्वामा रहेको रिलायन्स चिनी मिलले उखु खरिद नगरेको भन्दै पर्साका प्रमुख जिल्ला अधिकारी कैलाशकुमार बजिमयमार्फत् प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको छ ।
समितिका अध्यक्ष सहरूम राउत गद्दीको नेतृत्वमा किसानहरूको टोलीले प्रजिअमार्फत् प्रधानमन्त्रीलाई २५ सूत्रीय माग सम्बन्धमा ध्यानाकर्षण गराउनुका साथै घण्टाघरमा विरोधस्वरूप उखु जलाएको थियो । अध्यक्ष गद्दीले पर्सा जिल्लामा यसवर्ष ३ हजार बिघामा उखुखेती गरिएको र त्यसमध्ये २० प्रतिशत उखु मात्र चिनीमिलले खरिद गरेको भन्दै किसानहरूको उखु खेतमै सुक्ने अवस्थामा आएको बताए । उनले बारा जिल्लामा रहेको रिलायन्स चिनीमिलसँग पूर्वसम्झौता गरी पर्साका किसानहरूले उखुखेती गरेकोमा अहिले आएर मिलले उखु खरिदमा आनाकानी गरिरहेको आरोप लगाए । समयमा उखु खरिद नगर्दा सयौं किसानहरू मर्कामा परेका छन्, उनले भने ।
पर्साका प्रजिअले तीन दिनभित्र बाराका प्रजिअमार्फत् रिलायन्स चिनीमिलसँग वार्ताको लागि पहल गर्ने भनेकोमा सो प्रक्रिया अगाडि नबढेको पत्रकारहरूलाई अध्यक्ष गद्दीले बताए । प्रजिअमार्फत् प्रधानमन्त्रीलाई बुझाइएको २५ सूत्रीय मागमा जिल्लाको कृषि समस्या, अनुदान सहयोग, वीरगंज चिनी कारखानाको सञ्चालनलगायतका मागहरू रहेका छन् । मागहरू चैत मसान्तभित्र पूरा नगरिए सशक्त आन्दोलन गरिने अध्यक्ष गद्दीले विज्ञप्तिमार्फत् जनाएका छन् ।