- रितु गुप्ता
त्यही कुरा सम्झेर उनी आफ्नो र बच्चाहरूको भविष्यप्रति चिन्तित थिइन् । नाता–कुटुम्ब र स्वयम् मायाकी आमाले जति सम्झाए पनि, अनुरोध गरे पनि उनका पिताले मानेनन् । तसर्थ मुरलीसँग यस विषयमा कुरा गर्नु पनि उनलाई व्यर्थ लागेको थियो ।
मायाको कुरा सुनेर शान्ति हड्बडाइन् र मायालाई सान्त्वना दिन थालिन् । “नरोऊ १ किन यसरी पागल भएकी ? केही बिग्रेको छैन । मलाई आफ्नो समस्या प्रस्ट भन । म सकेसम्म तिम्रो सहायता गर्छु । तिम्रो पीर म देख्न सक्दिनँ । यो सुनेर मायालाई केही बल प्राप्त भयो र उनले सबै वृतान्त शान्तिलाई सुनाइन् ।
सबैकुरा सुनेर शान्तिले भनिन्— “केही दिनअघि आउँदा सबै ठीक थियो । एक्कासि कसरी यो पहाड टुट्यो ।” शान्तिले मायालाई धैर्य धारण गर्न भनिन् र आफूले मुरलीलाई सम्झाउने बताइन् । धेरै बेरको कुराकानीपछि मायाको मन पनि केही शान्त देख्न थालेपछि शान्ति आफ्नो घर फर्किन् ।
मायालाई आश्वासन दिएर गएपछि, कुनै बेला मुरलीलाई देखेर र हालखबर सोधा—सोध हुँदा पनि गेनहरियाको बारेमा भने शान्तिको मुखबाट कहिल्यै कुरा फुत्केन । किनभने मुरली त्यस गाउँका एक प्रतिष्ठित व्यक्ति थिए र उनलाई सबैले आदर—सत्कार गर्दथे ।
बसन्तपछि ग्रीष्म... पुन: शिशिरपछि बसन्त आयो । यसरी दुई वर्ष बित्यो ।
माया फेरि गर्भवती भइन् । आज दिनभरि माया बिसेकै थिइन् तर साँझ पर्ने बित्तिकै उनलाई पीडा हुन थाल्यो । मुरली नजिकै खेतमा थिए । ओम, जय, जगु आमालाई घेरेर बसिरहेका थिए । ओमले भन्यो– “आमा, म बुबालाई बोलाएर ल्याउँछु । जय र जगु तिमीहरू यही बस्नू ।”
आमा तड्पिरहेको देखेर जय र जगु पनि रोइरहेका थिए । ओमले बुबालाई खबर दिने बित्तिकै ओमलाई आमाको ख्याल राख्न पठाएर मुरली केसरिया र सावित्री काकी कहाँ गए ।
दुई घण्टापछि सावित्री काकी बाहिर आई र भनिन्– “बधाई छ, मालिक तपाईंको घरमा लक्ष्मी आइछिन् । अधिर भएर मुरली कोठाभित्र गए । ओम, जय र जगु पनि पछिपछि गए ।
ओमले बहिनीतिर हेरेर भन्यो– “आमा लक्ष्मी आइछ ।” जयले आमालाई सोध्यो– “आमा १ ओम दाइले बहिनीलाई लक्ष्मी किन भनेको ? त्यो त मेलो बहिनी हो ।” बिचरो जगुले पनि सकिनसकी लेब्रो तानेर भनिहाल्यो– “ओएन ..., जे दाइ त्...त्तो मेलो बनी ओ । म.... मचित केल्छ ।” सबैजना हाँस्न थाले । वास्तवमा ती भाइहरूमा निकै प्रेम थियो ।
मुरली भने मायाको छेउमा बसे र उनले मायाको हात समाउँदै ओठमा मुस्कानका साथ भने– “माया, म आज अत्यन्त खुशी छु । तीनजना छोराको बुबा भएपछि म छाती तानेर गाउँमा हिंड्थे । आज लक्ष्मीजस्ती छोरी तिमीले मलाई दिएकी छ्यौ । यो तिम्रै छवि हो । म अब टाउको उठाएर र छाती तानेर हिंड्ने योग्य भइसकेको छु । यो सबै श्रेय तिमीलाई नै दिन्छु । प्रिय १ आज मलाई कुनै कमी छैन । कमी थियो एउटी छोरीको, भगवान्ले त्यो पनि पूरा गरिदिए ।”
तर मायाको मुख–मण्डलमा चिन्ता थियो । “बिग्ेरको बुबाको छोरीलाई कसैले पनि राम्रो नजरले हेर्दैनन् । कुनै राम्रो परिवारले स्वीकार गर्दैन ।” माया मनमनै सोच्दै थिइन् ।
केसरिया र सावित्री बक्सीस लिएर आआफ्ना घर गए । जानुअघि मायाले सावित्रीलाई घरको काम र बच्चाहरूको हेरचाह केही दिनसम्म गरिदिन अनुरोध गरिन् ।
दिन बित्दै गयो । ६ दिनको दिनमा धूमधामका साथ छठियार गरियो । बाह्र दिनसम्म जूठो बारियो । पुरोहित बाजेले मुरली र मायाको छोरीको नाम लक्ष्मी नै राखिदिए ।
सावित्री काकी आफ्नो घरमा काम गर्न आइरहेको अवधिमा मुरली बेलाबखतमा सावित्रीको घरमा गइरहन्थे । त्यहाँ उनी सावित्रीकी नयाँ बुहारी चन्दासँग कुराकानी गर्न जान्थ्ये । उनी काकी घरमा नभएको मौका छोपेर चन्दाकहाँ पुग्थे । दिनभरि ससुरा र पति खेतमा काम गर्न जान्थे र सासू मुरलीकहाँ हुन्थिन् । त्यसैले घरमा आएका जमिनदार–साहुलाई सत्कार गर्न चन्दालाई करै लाग्थ्यो ।
“‘नआउनू” भन्न नमिल्ने । अनि थाहा पाएपछि पतिले पिट्ला, सासूले कपाल लुच्छलिन् र सबैले आफ्नै चरित्रमाथि प्रश्न उठाउने छन् भनी सोचेर चन्दाले मुरलीलाई कोही नभएको बेलामा आउन भन्थिन् ।
चन्दा र मुरली स्कुले साथी थिए । पल्लो गाउँमा माइती भएकी चन्दा भर्खरै केही दिनअघि त्यस गाउँकी बुहारी भएकी हुन् । गरिब भएपनि चन्दा साह्रै समझदार थिइन् र मुरली पनि सोझा र नैतिकवान् भएको कुरा राम्ररी बुझेकी थिइन् । स्कूले बेलादेखि नै मुरलीले चन्दासित आफ्ना समस्याहरू भन्थे र राम्रो सुझाव तथा उपायहरू पनि पाउँथे । पल्लो गाउँमा गएको बेला उनी चन्दालाई भेट्न अवश्य जान्थे र चन्दाका आमाबुबालाई पनि सम्मान गर्थे । चन्दाको माइतमा उनी परिचित थिए र भलाद्मी मानिएका थिए ।
अहिले भने मुरली चन्दाकहाँ मायाकै विषय लिएर पुग्थे । मायाको ओठमा मुस्कान देख्न उनी जेसुकै गर्न तयार थिए । चन्दाले मुरलीलाई मायाको मनको कुरा बुझ्न भनिन् । तर मुरलीले केही खास पत्तो लगाउन सकेनन् । अनि चन्दाले भनिन्– “हुन सक्छ भूतप्रेतको बाधा होला । कसैले आँखा त लगाएको छैन, तिम्रो कुशल र खुशहाल परिवारमाथि ।”
मुरली गाउँका भलाद्मी भनाउँदा थिए, त्यसैले कसैले पनि उनीमाथि शङ्का गर्दैनथे । तर शान्तिलाई मुरलीको यो स्वभाव मन परेको थिएन । उनी चुप लागेर बस्न सकिनन् ।
शान्ति मायाकहाँ गइन् र उनले मायालाई चन्दाकहाँ दिनहँु मुरली गइरहेको कुरा बताइन् । यो सुनेर माया अझ निराश भइन् ।
दिनरातको चिन्ताले माया दुब्लाउँदै गइन् र बिरामी पर्न थालिन् । खाना पनि समयमा खान्दिन थिइन् । मुरलीसँग कठोर वचन बोल्न थालिन् । उनको मानसिक अवस्था बिग्रिंदै गयो । हुँदाहुँदै उनी पागल भएकीजस्तै मुरलीलाई लाग्न थाल्यो ।
अब मुरलीलाई पनि चन्दाको कुरो ठीकै हो जस्तो लाग्न थालेको थियो । उनले गाउँका नामी धामीझाँक्रीलाई देखाए र अन्त्यमा केही नलागेर चिकित्सकको सल्लाह लिएर मायालाई राँची उपचार गराउन लगे । त्यहाँ लग्दा मायालाई ६ महिनाको लागि भर्ना गर्नुपर्ने भयो । माया रोइरहिन्, बस्दिनँ भनिरहिन् तर मायाकै भलाइको लागि मुरलीले मन दर्हो पारे ।
मुरलीले तीनजना छोरा र ६ महिनाकी लक्ष्मीको हेरचाह गर्न थाले ।