- ई. गोपाल श्रेष्ठ
उपभोक्ताले खाद्यान्न, पानी, पलफूल, सागसब्जी, माछा–मासु अन्डा, दूधदही तथा दूधबाट बनेका अनेक परिकार उपभोग गर्छन् । बिरामी भएको बेला दवाई उपभोग गर्नु पनि स्वाभाविक नै हो । त्यस्तै कुनै निर्माण कार्य गर्दा सिमेन्ट, डण्डीजस्ता निर्माण सामग्री उपभोग गर्नु पनि स्वाभाविक नै हो । यस्ता खाद्य तथा अखाद्य सामग्री गुणस्तरीय हुनुपर्छ ( यसमा शड्ढा छैन । तर वास्तविकतामा गुणस्तरको समस्या एकदम नै व्याप्त देखिन्छ । खाद्यान्न, मसला आदिमा मिसावटको समस्या छ भने सागसब्जी, फलफूलमा विषादिको रेसिड्यूको समस्या छ । दूध तथा पानीको गुणस्तर परीक्षण गर्दा मुश्किलले गुणस्तरयुक्त पाइएको छ । माछामासुको त झन् के कुरा गर्नु–तराईको थारो भैंसी मासुको लागि काठमाडौं पठाइने गरेको दृश्यबाट पनि वास्तविकता स्वत: उजागर भएर आउँछ । माछा पनि हिले पानीमा, रसायनयुक्त पानीमा हुर्काउँदा स्वत: उपभोगको लागि उपयुक्त देखिंदैन ।
बजारमा म्याद नाघेका दवाईहरू पनि पाइन्छन् । कहिलेकाहीं त दवाईले पटक्कै काम नगरी पुन: गुणस्तर परीक्षण गर्दा/गराउँदा, नक्कली दवाईहरू पनि पाइएका छन् । जुन मानव जीवनको एक महत्त्वपूर्ण पाटो (स्वास्थ्य) सँग सम्बन्धित छ र जानाजान खेलवाड भइरहेको पाइन्छ । शिक्षा र जनचेतनाको अभावमा उपभोक्ताहरू यस्ता विषयमा अनभिज्ञ हुन्छन् । सिमेन्ट, डण्डी जस्ता निर्माण सामग्रीहरूको अवस्था पनि त्यस्तै छ । निर्माण कार्यको क्रममा कहिले सिमेन्टले नसमात्ने अनि कहिले डण्डी भाँचिने समस्या पनि हामीले अनुभव गर्दै आएका छौं । हामीले अझै दैनिकरूपमा प्रयोग गर्दै आएका अन्य कैयौं सामग्रीहरूबारे सोच्यौं भने यस्ता समस्याहरू बजारमा छ्याप्छ्याप्ती पाइन्छ । बिजुलीको सामान, धारा तथा सेनिटरीका सामानहरू, कम्प्युटर तथा इलेक्ट्रोनिकका सामानहरू पनि यस्ता समस्याहरूबाट अछुतो छैन ।
अचम्मको कुरा त के छ भने उद्योगधन्दाहरू प्राय: काठमाडौं उपत्यका बाहिर छन् । तर गुणस्तर नापजाँच तथा परीक्षण गर्ने सरकारी निकाय काठमाडौंमा छन् । जिल्लाको नापतौल तथा गुणस्तर कार्यालयले केवल नापतौलको काम मात्र गरिरहेको छ । गुणस्तरको नापजाँच तथा परीक्षणको काम गरिरहेको छैन । उद्योगधन्दाहरूमा उत्पादन हुँदाहुँदै अथवा उत्पादन गरी सक्ने बित्तिकै गुणस्तर नापजाँच तथा निरीक्षण गर्ने सरकारी निकायले उद्योगधन्दाको उत्पादनको गुणस्तर नापजाँच तथा परीक्षण गरे, स्वत: गुणस्तरीय उत्पादनमा अप्रत्याशित सुधार आउनेछ । बजार अनुगमन गर्दा पनि समस्या भनेको परिमाणभन्दा पनि गुणस्तरमा नै आउने हो । गुणस्तर परीक्षण गर्ने निकाय नै भएन, प्रयोगशाला नै भएन अनि दक्ष प्राविधिकहरू नै भएनन् भने बजार अनुगमनले पनि सोचेजस्तो परिणाम ल्याउन सक्तैन । अहिलेको बजार अनुगमनले साधारतया फोहर–मैला, व्यवस्थित–अव्यवस्थित, उपभोग गर्ने म्याद नाघेको–ननाघेको आदि मात्र हेरिरहेको छ । यसमा बृहत्तर सुधार हुनु जरुरी छ ।
सुन–चाँदी, हीरा–मोती आदि बहुमूल्य धातु तथा पत्थरको सम्बन्धमा त झन् सामानको गुणस्तर मात्र होइन, सही तौलमा पनि त्यत्तिकै ध्यान दिन जरुरी छ । चाँदी तौलिने उपकरणभन्दा सुन तौलिने उपकरण अझै स्तरीय हुनुपर्छ । र तौलमा अलिकता (सूक्ष्म) फरक पर्दा पनि फरक देखाउन सक्नुपर्छ । हामी उपभोक्ताहरू सचेत छैनौं । हाम्रो अज्ञानताको फाइदा व्यवसायीहरूले उठाइरहेका छन् । यस्तो मुद्दामा सरकारले पजि उपभोक्ताभन्दा व्यवसायीको हित नै हेरेको देखिन्छ । उपभोक्ताको तुलनामा व्यवसायी कम छन् । तर उनीहरूको आवाज सशक्त छ । उपभोक्ता हितको लागि जागरुक हुनुपर्छ । र उपभोक्ता शिक्षाको जग बलियो गर्दै लानुपर्छ । सरकारले पनि उपभोक्ता हितको लागि गुणस्तर अनुगमनलाई भरपर्दो गर्दै लानुपर्छ ।