वीरगंजस्थित माउन्ट एडमन्ड माविका दुईजना पूर्वविद्यार्थीहरू आशीष र गौरवले मोबाइल पुस्तक तयार गरेर सार्वजनिक गरेका छन् । विद्यालयद्वारा आयोजित एक समारोहमा उनीहरूले उक्त पुस्तक सार्वजनिक गरेका हुन् । ‘विज्ञानलाई खोलौं’ नाम दिइएको उक्त मोबाइल पुस्तकमा कक्षा १० को विज्ञान विषय पूरै समेटिएको छ । लोडसेडिङको समस्याबाट पीडित विद्यार्थीहरू मोबाइलको टर्च बालेर पढ्नु परेको अवस्थाबाट कसरी छुटकारा पाउन सकिन्छ ? भन्ने उद्देश्यले खोज तथा विचारविमर्श गर्ने क्रममा मोबाइल पुस्तकको बारेमा सोच बनेको आशीष र गौरवले बताएका छन् । मनमस्तिष्कमा फुरेको सोचलाई प्रयोगमा उतार्न तीन वर्ष लागेको उनीहरूको भनाइ छ । मोबाइल मेमोरीमा राख्न सक्ने गरी तयार र·ीन चित्रसहितको विज्ञान विषयका विषयवस्तुहरू मोबाइलको स्क्रीनमा सहज तरिकाले पढ्न सकिन्छ । उनीहरू विज्ञान विषयका विद्यार्थी भएकाले सोही विषयको पुस्तक तयार गर्नेतर्फ केन्द्रित भएका हुन् । अन्य विषयहरूलाई पनि मोबाइलमा सहज तरिकाले अध्ययन गर्न मिल्ने गरी राख्न सकिने विद्यार्थीद्वयको दाबी छ ।
समाजको विकासक्रमसँगै शिक्षा आर्जनका तौरतरिकाहरू पनि विकसित भएका छन् । यसमा विभिन्न खोज, अनुसन्धान र नयाँ मान्यताहरू स्थापित भइरहेका छन् । हिजो जे थियो, त्यही मात्र ठीक वा आज जे छ भोलि पनि त्यही नै हुनुपर्छ भन्ने मान्यता अब रहेन । विकल्पहरू क्षणक्षणमा विकसित एवं परिवर्तन भइरहेका छन् । मानौं यो समयको प्रवाह हो । समयसँगै अगाडि बढ्न नसक्नेहरूलाई समयले किनारा लगाइदिन्छ, एउटा निर्जीव वस्तु सरह । यसर्थ समयले दिएको चुनौतीको सामना गर्दै अवसर र नयाँ आयामलाई समाजले समयमा चिन्न सक्नुपर्छ । नेपालका धेरै अनुसन्धानकर्ता, वैज्ञानिक, कलाकर्मी, खेलाडी एवं अन्य प्रतिभाहरूलाई मुलुक र समाजले चिन्न नसक्दा विदेशिएका छन् । आज उनीहरूको योग्यता, क्षमता र प्रतिभा विदेशीलाई काम लागेको छ ।
हाम्रो मुलुकमा सर्वसाधारण नागरिकको हातमा पनि मोबाइल छ । ट्वीटर र फेसबूकलगायतका सामाजिक सञ्जालको लोकप्रियतामा मोबाइलको भूमिका ठूलो छ । सेवाग्राहीलाई सहज सेवा उपलब्धता तथा सर्वसाधारणसम्म सञ्जालको सहज पहुँचमा मोबाइलले अतुलनीय सघाउ पुर्याएको छ । मोबाइलकै कारण आज घरघरमा व्यक्ति–व्यक्तिसम्म एफएम रेडियोको वर्चस्व छ । किनभने मोबाइल प्रयोग गर्न धेरै सहज र सुलभ छ । विद्यार्थीका हरेक पाठ्यक्रमलाई पनि मोबाइलमा कैद गर्न सक्ने प्रविधिको विकास गरियो भने विद्यार्थीलाई शिक्षा आर्जनमा समेत निक्कै सजिलो हुनेछ । विद्यालयबाहेक अन्यत्र रहँदा आवश्यक किताब मोबाइलमा लिएर विद्यार्थीहरू निर्धक्क हुन सक्नेछन् । जति बेला आवश्यकता पर्यो, त्यति बेला अध्ययन गर्न र लाइन नभएको अँध्यारो समयमा पनि मोबाइल किताब पढ्न सक्नेछन् । किनभने मोबाइलको स्क्रीन अन भएपछि मोबाइल किताब पढ्न बाहिरी प्रकाश आवश्यक पर्दैन । मोबाइललाई मनोरञ्जनको साधनको रूपमा पनि लिइने भएकोले यसको माध्यमबाट अध्ययन गर्दा बालबालिकालाई झिझो लाग्दैन । विकसित मुलुकहरूमा यसभन्दा सहज तथा भरपर्दो प्रविधिको विकास भइसकेको होला तर हाम्रोजस्तो देशका विद्यार्थीका लागि यो पनि ठूलो सहयोगी बन्न सक्छ । यसर्थ मोबाइल पुस्तकलाई सर्वसाधारणसम्म ल्याउन आशीष र गौरव जस्ता प्रतिभावान विद्यार्थीहरूलाई सबैतर्फबाट सल्लाह, सुझाव, सहयोग तथा प्रोत्साहनको खाँचो छ ।