पर्साको ठोरी गाविसमा लौहपुरुष गणेशमान सिंहको सालिक निर्माणका लागि रकम अपुग भएर कार्य सम्पन्न हुन नसकेको कुरा सार्वजनिक भएको छ । स्व. सिंहको स्मृति पार्क निर्माण गरी सोमा सालिक स्थापना गर्ने लक्ष्यका साथ नेपाली काङ्ग्रेसको ठोरी गाउँ एकाइ अगाडि सरेको चार वर्ष पुगिसकेको छ । सरकारबाट प्राप्त तीन लाख रुपियाँले सालिक निर्माण स्थलको पक्की घेराबार मात्र निर्माण भएको छ । बाँकी कार्य सम्पन्न गर्न रकम छैन । अधूरो योजना अलपत्र परेको छ । अधूरो योजना पूरा गर्न पुन: दाताहरूसँग हात फैलाउने जमर्कोसहित निर्माण समिति हालै पुनर्गठन गरिएको छ । तत्कालीन निर्माण समितिको सक्रियता र ठोरीका काङ्ग्रेसी नेताहरूको अगुवाइमा २०६६ सालमा सरकारबाट ३ लाख रुपियाँ प्रदान गरिएको हो । योजना सम्पन्न गर्नका लागि वार्षिक रकम थप गर्दै जाने सरकारी आश्वासन थियो । तर प्राप्त ३ लाख रुपियाँको कार्य सम्पन्न भइसकेपछि पनि हालसम्म बजेट थप्नेतर्फ कसैले चासो देखाएको छैन ।
हाम्रो मुलुकमा सालिक तथा प्रतिमा बनाउने र भत्काउने लहर चलेको छ । असान्दर्भिक, असम्बन्धित स्थलमा जो पाए उसैको सालिक बनाएर बजेट नाश पार्नेहरू एकातिर छन् भने आन्दोलनको नाममा ऐतिहासिक सालिकहरू तोड्दै स्वघोषित क्रान्तिकारी बन्नेहरू अर्कोतर्फ छन् । लहडमा जसले जे गरे पनि कुनै महान् वा वीर व्यक्तिको सालिक उसको जीवनकालमा भए गरेका महत्त्वपूर्ण घटनासँग जोडेर सम्बन्धित स्थलमा निर्माण गरियो भने त्यो जीवित इतिहासको रूपमा रहन्छ । जसको माध्यमद्वारा भावी पुस्ताले पछिसम्म त्यस स्थान र सालिकसँग सम्बन्ध तथा इतिहासबारे स्मरण गर्न र खोज गर्न सक्छ । वीरवीरा·ना तथा महान् व्यक्तिको इतिहास जीवित रहेमा त्यसले सोही मार्गमा हिंड्न पुस्तौं पुस्तालाई अभिप्रेरित गरिरहन्छ । असम्बन्धित स्थलमा सालिक निर्माण गर्ने ठाउँ विशेषको नामकरण गरिदिने अतिक्रमण हो । त्यसले विद्रोह जन्माउँछ र सालिक तोडफोडसमेत हुने गर्छ । हाम्रो मुलुकमा असम्बन्धित स्थानमा सालिक
बनाउने र बजेट पचाउनेहरूको चलखेल लामो समयदेखि चल्दै आएको छ ।
ठोरी लौहपुरुष वीर गणेशमानको जीवनका महत्त्वपूर्ण घटनासँग जोडिएको स्थल हो । गणेशमान सिंहले धनुर्वाणको प्रशिक्षणदेखि राजनीतिक प्रशिक्षण दिएको स्थलको रूपमा ठोरीको इतिहास छ । राणा शासन विरोधी अभियानको क्रममा पेस्तोलसहित सिंह ठोरीबाटै पक्राउ परेका थिए । राणा र पञ्चायती व्यवस्थाविरुद्ध आन्दोलनमा पटकपटक ठोरी पुगेका सिंहले मुलुकमा प्रजातन्त्र बहाली भएपछि आफैंले इच्छाएर ठोरीमा आमसभा राख्न लगाएका थिए । काठमाडौं मकवानपुर–ठोरी र गोर्खा–तनहुँ–चितवन–ठोरी क्रान्तिकारीहरूको भूमिगत पैदल मार्ग थियो । त्यसैले ठोरीदेखि ४० किमि नजिक नरकटियागंजस्थित लालहरी घिमिरेको घरमा हतियार भण्डार रहेको र ठोरीमा सेल्टर चलाएको गणेशमानकालीन वृद्धहरूको भनाइ छ । केही वर्ष बित्न नपाउँदै आज ती सारा इतिहास ओझेल परेको छ । ठोरीमा गणेशमान सिंहको सालिक स्थापना र स्मृति पार्क निर्माण हुन सके कालन्तरसम्म इतिहास जीवित राख्न सहयोग पुग्नेछ । तर यसतर्फ काङ्ग्रेस नेतृत्वको सरकारले बारम्बार बेवास्ता गरेको छ भने काङ्ग्रेस पार्टीको नाममा सांसद् सभासद् बनेका नेताहरूसमेत गैरजिम्मेवार देखिएका छन् ।