कर्मफलका सम्बन्धमा मनीषीहरूको विचार के छ भने हामी जुन कर्म गर्दछौं, त्यसको फल त हामीले भोग्नैपर्छ साथै अन्य प्राणीले पनि भोग्नुपर्छ । मानिस सामाजिक पद्धति अनुसार हिंड्ने प्राणी हो र उसले अधिकांश नियमहरूको पालन सामूहिकरूपमा गर्नुपर्छ । त्यसैले हाम्रो कर्महरूको फल समूहलाई प्राप्त हुन्छ र समूहद्वारा गरिएको कर्मको फलभोगमा हाम्रो पनि भाग रहन्छ ।
समाज व्यवस्थाद्वारा उत्पन्न दोष वा श्रेष्ठ कर्मको फल सबै मानिसले मिलेर भोग्नुपर्छ । तर जसद्वारा जुन कर्म गरिन्छ, उसैले आफ्नो कर्मको अधिकांश फल भोग्नुपर्छ । केही अल्प भागमात्र समूहले भोग्छ । यसरी व्यक्तिको हित समष्टिमा र समष्टिको हित व्यक्तिमा निहित हुन्छ ।
यो विश्वास यस कारण पनि आवश्यक छ कि यसबाट परस्पर प्रेम, विश्वास र समत्व–भाव उत्पन्न हुन्छ । त्यसैले हामीले श्रेष्ठ कर्ममा स्वयं त प्रवृत्ति हुनैपर्छ, साथै अन्य व्यक्तिलाई पनि त्यस्तो गर्नका लागि प्रेरित गर्नुपर्छ ।
पृथ्वीको एउटा भागमा अकाल परेको छ र सकालको स्थिति उत्पन्न गराउन यज्ञादि श्रेष्ठ कर्म गरिन्छ भने त्यसको फल, सकालद्वारा अन्नको उत्पत्ति भएर सबैले प्राप्त गर्छन् । कर्तालाई मात्र अन्नलाभ हुँदैन, उसको शुभ कर्मको फल परोक्षरूपले उसलाई अवश्य प्राप्त हुन्छ, जसको प्राप्ति यस जन्म अथवा अन्य जन्ममा पनि सम्भव छ ।
एकजनाले धर्मशाला बनाउँछ भने उसको त्यस श्रेष्ठ कार्यको फल त्यहाँ आएर बस्ने सबैलाई प्राप्त हुन्छ । उसको अप्रत्यक्ष लाभ धर्मशाला बनाउने व्यक्तिलाई हुन्छ । जे होस्, प्रत्यक्ष लाभ त त्यहाँ बस्ने व्यक्तिले प्राप्त गर्छ नै । यस प्रकार त्यस शुभ कार्यको फलमा सामूहिक भाग स्पष्ट छ ।
विद्यालय, औषधालय, कुवा, पोखरी, छात्रावास, वृद्धाश्रम, अनाथाश्रम, धर्म प्रचार आदि शुभ कार्य यद्यपि कर्ताले आफ्नो आत्म–कल्याणका लागि गरेको थियो, तर त्यसको लाभ ती निर्माणको सम्पर्कमा आउने सबैले प्राप्त गर्दछन् । त्यो कर्ता जुन जाति, समाज, देश अथवा सम्प्रदायसँग सम्बन्धित हुन्छ, तिनले पनि प्रशंसा प्राप्त गर्दछन् । संसारमा समय–समयमा अनेक महापुरुषहरू भएका छन्, तिनका कारण त्यो युग, देश र समाजको पनि प्रतिष्ठा बढेको छ जहाँ तिनीहरूले जन्म लिए । रामको जन्मले अयोध्या र कृष्णको जन्मले मथुराको गौरव बढयो । गीता–ज्ञानले संसारमा भारतवर्षको गौरवमा श्रीवृद्धि भयो ।
जुन वैज्ञानिकहरूले रेल, तार, रेडियो, बिजुली, कारखानाका यन्त्र, वायुयान, चिकित्सा आदिको आविष्कार गरे त्यसबाट समस्त मानव जातिलाई लाभ प्राप्त भयो । धर्म, सदाचार, अध्यात्म, सहयोग, सहिष्णुता, संयम, समानता आदिको आदर्श जुन विद्वान्हरूले प्रतिपादन र प्रसार गरे उनले पनि समस्त मानव जातिको उत्कर्षमा महत्त्वपूर्ण योगदान पुर्याएका छन् । स्वतन्त्रता युद्धका संयोजकहरू र शहीदहरूको प्रयत्नको फल समस्त देशवासीले राजनीतिक स्वतन्त्रताको रूपमा उपभोग गरिरहेका हुन्छन् ।
जसरी व्यक्तिको सत्कर्महरूको लाभ समस्त समाजलाई प्राप्त हुन्छ त्यसैगरी उसको दुष्कर्महरूको परिणाम पनि अन्यले बेहोर्नुपर्छ । डाँका, चोर, सशस्त्र भूमिगत समूह आफ्ना दुष्कर्मद्वारा अगणित मानिसलाई हानि पुर्याउँछन् र क्षुब्ध तुल्याउँछन् । गुण्डाहरूको उद्दण्डताको फल अगणित शान्तिप्रिय नागरिकले भोग्नुपर्छ । फोहोरी मानिस प्राय: हैजा आदि सङ्क्रामक रोगहरूबाट ग्रस्त हुन्छन्, जसको फल टाढा–टाढाका मानिसले पनि भोग्नुपर्दछ । व्यसनी, व्यभिचारी, नशाबाज, जुआडीहरूले दुर्बल मस्तिष्क भएका अरू मानिसमा ती व्यसन सल्काएर आफ्नै जस्तो बनाइदिन्छन् ।
व्यक्ति सर्वथा एकाकी छैन । ऊ समाजको एउटा अ· हो । त्यसैले उसको राम्रो–नराम्रो कार्यको प्रभाव ऊसम्म मात्र सीमित रहँदैन, अपितु समस्त समाजले भोग्नुपर्छ । पेटमा कुनै विकार भएको छ, दुख्न थालेको छ भने त्यसबाट पेटलाई मात्र दु:ख हुँदैन, समस्त शरीरको व्यवस्था खलबलिन्छ । मस्तिष्क यदि प्रचुर विद्या र ज्ञान प्राप्त गर्दछ भने त्यसको लाभ मस्तिष्कलाई मात्र प्राप्त हुँदैन, त्यस ज्ञानको लाभबाट सबै अ·ले सुख–साधन प्राप्त गर्दछन् । यही कुरा व्यक्तिको सम्बन्धमा पनि लागू हुन्छ ।
त्यसैले अरूको राम्रो–नराम्रो कार्यतर्फ ध्यान दिनु सबैको कर्तव्य हो । आफ्नो कामसँग काम, आफ्नो मतलबसँग मतलब भनेर हुँदैन । यसरी नराम्रो गर्नेको प्रतिकार हुन सक्दैन र उनीहरू मनमानी गरेर आफ्नो दुष्टता बढाउँदै अरूहरूका लागि भयावह बन्दै जान्छन् । त्यसैगरी सज्जनहरूको कार्यलाई प्रोत्साहन अथवा सहयोग नदिने हो भने उनीहरू निराश भएर बस्नेछन् र उनका कामहरूबाट समाजलाई जुन लाभ हुने थियो त्यसबाट सबै वञ्चित हुनेछन् ।
बाढी, भूकम्प, दुर्भिक्ष, अतिवृष्टि, युद्ध आदि दैवी प्रकोपहरूलाई मानवजातिको सामूहिक पापको परिणाम मानिएको छ । निर्दोष व्यक्ति पनि गहुँसँग घुनझैं पिंधिन्छ । वस्तुत: उनीहरू पनि निर्दोष हुँदैनन् । सामूहिक दोषलाई हटाउने वा घटाउने प्रयत्न नगर्नु, त्यसप्रति उपेक्षाभाव राख्नु पनि पाप हो । यस दृष्टिले निर्दोष व्यक्ति पनि सदोष सिद्ध हुन्छ र दण्डको भागी बन्नुपर्दछ ।
समाजमा हुने गरेका दुष्कर्मका लागि पनि भगवान्ले यस्तै सामूहिक जिम्मेवारी प्रत्येक मानिसलाई सुम्पेका छन् । मानिसको कर्तव्य के हो भने जहाँ पनि अनीति भइरहेको छ त्यसलाई रोकोस्, घटाउने प्रयत्न गरोस्, विरोध गरोस् र असहयोग गरोस् । नियन्त्रणका लागि जुन पनि तरिका उपयुक्त लाग्छ, प्रयुक्त गरोस् ।