गताङ्कको बाँकी
- रितु गुप्ता
रातिको आठ बजिसक्यो । ओम र जय जगुलाई झुलुवामा झुलाएर खेलाउँदै थिए । माया भन्सामा खाना पकाउँदै थिइन् । “हैन १ यो गेनहरिया जहाँ गए पनि बेलुकी समयमा घर फर्कनुपर्दैन ? हेर त तिमीलाई खाना पकाउनुपरिरहेको छ । अब ऊ आए त्यसको खबर लिन्छु म ।”
मायाले एकपटक मुरलीतिर हेरेर भनिन्—“मैले उसलाई घर फर्काइदिएको छु । मलाई चाहिन्नँ सुसारे–फुसारे...।”
यो सुनेर मुरलीले केही बोलेनन् । त्यसै पनि मायाको हालत ठीक थिएन, यस्तोमा उनीसँग बहस गर्नु मुरलीले ठीक ठानेनन् । त्यसै पनि उनलाई माया प्राणभन्दा बढी प्यारी थिइन् । मायाको दु:खित अवस्था देखेर मुरली पनि कम विचलित थिएनन् ।
पुरुष जातिको स्वभाव र जमिनदारहरूमा मानिएको फेसन र मनोरञ्जनको कारण मात्रै उनी गेनहरिया वा अन्य कुनै परस्त्रीसँग जिस्कन्थे । अन्यथा उनको प्राण त मायामा नै बसेको थियो ।
खानपिन गरेपछि सबैजना सुत्न गए । तर आज मायाको आँखामा निद्रा छैन । संसार शान्त भइसक्यो तर मायाको मनमा उथलपुथल मच्चिरहेको छ ।
मायालाई आफ्नो पतिप्रति अपार विश्वास, श्रद्धा र माया थियो तर अहिले त्यो विश्वास टुट्ने अवस्थामा थियो । माया र प्रेमले सदैव मुरलीलाई हेर्ने मायाको आँखामा अब घृणा, शङ्का र गुनासो मात्र बाँकी थियो । रात धेरै परिसकेको थियो, धेरै बेर सोच्दासोच्दै मायाले आफ्नो लागि नभए पनि आफ्ना आँखाका नानीहरूका निम्ति नै भएपनि मुरलीसँग पुन: राम्ररी व्यवहार गर्ने अठोट गरिन् ।
“आफ्नो लामो जिन्दगी बाँकी छ, तीनजना छोरा छन्, मैले आफ्नो जिद्दीले आफ्नै घर बिगारें भने मेरा छोराहरूको भविष्यको कल्पनासम्म पनि म गर्न सक्दिनँ ।”
यसरी जीवनको यस चरणमा मायाले आफ्नो आत्मा र वैवाहिक नातासँग सम्झौता गरिन् । आफ्नो स्वाभिमानलाई ठेस पुर्याएर पनि छोराहरूको सुरक्षित भविष्यलाई उनले रोजिन् । एक स्त्री र एक आमाको सङ्ग्राममा मातृत्वले जित्यो ।
भोलिपल्ट माया नित्यझैं घरको कामकाजमा लागिन् । ओम र जय जगुसँग खेल्दै थिए । मायाले मुरलीलाई बिहान मुख धुन पानी दिइन्, नुहाउन कपडा र खाना पनि दिइन् । तर मायाको मुखारबिन्दमा एक घोर उदासी छाएको थियो । कुराकानी गरिरहेको बेला उनको आँखा सङ्कोचवश मुरलीका नेत्रसँग जुध्दैनथे । हाँसे पनि अनुहारमा केही डर, केही उदासी र केही सङ्््कोचको मिश्रित भाव देखापथ्र्यो ।
मुरलीले मायाका यी क्रियाकलापहरूको अध्ययन गरिरहेका थिए । “मायाको प्रेम र हर्षले आफूतिर उठ्ने ती नेत्र आज पराइ लाग्न थालेको छ । मेरी माया पनि केही चिन्तित छे ।” मुरली मन–मनै सोच्दै थिए ।
“माया तिमीलाई अहिले कस्तो छ ? एकदम ठीक त छ्यौ नि ? तिम्रो मनमा कुनै पीडा छ जस्तो मलाई लागिरहेको छ,” मुरलीले बडो मायालु स्वरमा मायालाई सोधे ।
मायाले सरल भावमा आँखा झुकाएरै जवाफ दिइन्– “तपाईंको माया र तपाईंप्रतिको विश्वास नै म दासीको जीवनको आधार हो । यसलाई कहिल्यै नतोड्नु होला,” मायाको आँखाबाट आँसु झर्न थाल्यो ।
यो देखेर मुरलीले भने– “माया एकपटक मतिर हेर ।” मायाले आँखा उठाएर हेरिन् । सधैं ती आँखामा आफ्नो छवि नाँचिरहेको हुन्थ्यो तर आज धमिलिएको देखेर मुरली झन् चिन्तित भए ।
“तिमीलाई के कष्ट छ प्रिय ? तिमी निस्फिक्री मलाई भन । चिकित्सकलाई जचाउनु जाऔं कि ?”
“होइन, मलाई केही भएको छैन । म बिलकुलै ठीक छु । तपाईंलाई ढिलो हुन्छ, खेतको काममा जानुस् ।”
मुरलीलाई लाग्यो, हुन सक्छ कमजोरीले गर्दा यस्तो हालत भएको होला । सरासर मुख चुठेर मुरली खेतको काम हेर्न गए ।
यता दिनभरि माया घरको काम र बच्चाहरूको हेरचाहमा लागिरहिन् र साथै आफ्नो मनलाई सम्झाइरहिन् । उता मुरलीलाई पनि खेतमा मन लागिरहेको थिएन ।
साँझ घर फर्कने बेलामा मुरलीले आफ्नो साथमा गाउँमा नाम चलेका चिकित्सकलाई लिएर आए । चिकित्सकले मायाको चेकजाँच गरे तर कुनै खास रोगको लक्षण पत्ता लगाउन सकेनन् । अनि उनले कमजोरी मात्र भएको बताए । केही औषधि पनि लेखिदिए । मुरलीले त्यसै बेला नजिक बजार लाग्ने ठाउँ पोखरिया गएर औषधि ल्याए ।
भोलिपल्ट फेरि सबैजना नित्य कर्ममा जुटे । ओम, जय र जगदीश नै मायाको जीवनको आधार भएकाले माया दिनभरि उनीहरूकै स्याहारमा लागिरहन्थिन् ।
बेलुकीको बेला थियो । ढोकामा एउटी महिला आवाज दिंदै थिइन्— “ओ माया १ माया ११ ढोका खोल न ।”
यो सुनेर माया ओम, जय र जगदीश सुतिरहेको ठाउँबाट उठेर ढोका खोल्न गइन् ।
“ओहो १ शान्ति, कस्ती छ्यौ ? के छ हालखबर ? आऊ भित्र आऊ ।” चार/पाँच घर टाढा पर्ने आफ्नी मिल्ने साथी आएकी देखेर मायाले भनिन् ।
“होइन, म त ठीकै छु । तिम्रो घरमा कोही बिरामी परेको छ कि क्या हो ? हिजो मुरलीजीले डाक्टरलाई लिंदै आउनुभएको देखेथें ।”
मुरलीको नाम आउने बित्तिकै केही क्षणका लागि भएपनि आफ्नो वेदना बिर्सेकी मायाको अनुहारमा फेरि उदासी छायो ।
“होइन, मुख किन अँध्यारो पारेकी ? के भो ?” शान्तिले मायालाई चिन्तित हँुदै सोधिन् । यो सुनेर माया रुन थालिन् । शान्ति भने त्यस्तो के भएको होला सोच्दै डराइन् ।
“शान्ति १ अब मलाई बाँच्न मन छैन । तर आफ्ना छोराहरूको निर्दोष अनुहार हेरेर मर्न पनि सकेकी छुइनँ । मेरो जीवन बर्बाद भयो । मैले जसलाई देउता ठानेथें ती ढुङ्गो रहेछन् । मेरो विश्वासको काँचो धागो त्यस ढुङ्गोलाई बाँध्न खोज्दा टुट्यो । मेरो कलिलो मनले ती ढुङ्गोसँग माया गाँस्न खोज्दा त्यसैमा पिसियो । आफ्नो माया, विश्वास र विवाहको पवित्र भनिने नाताप्रति र आफूप्रति घृणा तथा अफसोचबाहेक केही बाँकी छैन । म जिउँदो लास भएकी छु,” हृदय खोलेर रुँदै आफ्नी साथीको काँधमा मनको बह आँसुमार्फत् पोख्तै मायाले भनिन् ।
माया यति विचलित र शङ्कालु हुनुको पछाडि पनि विशेष कारण थियो । वास्तवमा माया पनि जमिनदारकी छोरी थिइन् । उनका पिताले उनकी आमा छँदै दोस्रो विवाह गरेका थिए । यसैले माया र उनकी आमाको जीवन सार्है कष्टपूर्ण बनेको थियो ।