$type=ticker$count=12$cols=4$cate=0

सीटी बजा रही है

SHARE:

- चन्द्रकिशोर
अङ्ग्रेजहरूले निर्माण गरिदिएको नासोको रूपमा स्वतन्त्र भारतलाई प्राप्त हुन आएको रेलसेवा अहिले त्यहाँको राष्ट्रलाई जोड्ने सबल माध्यम हुन पुगेको छ । भारतीय रेलवेका सञ्जालहरू विशाल भारतीय भूगोलको कुनाकुनामा फैलिएको छ । टाढाटाढाका मानिसहरूलाई जोड्ने र एकअर्का भूगोलको बासिन्दाका माझ अन्तर्निर्भरता खडा गर्नमा यसको महत्त्वपूर्ण भूमिका छ । यो रेलसेवा विश्वकै ठूला रेलवे नेटवर्कभित्र पर्छ । यसको सेवा आज पनि तुलनात्मकरूपमा अरू स्थलमार्गको पारवाहनभन्दा सस्तो र सुविधाजनक मानिन्छ । सामाजिक–आर्थिक विकास, व्यापार, तीर्थयात्रा, पर्यटन, शिक्षा, उद्योग, स्वास्थ्योपचार, कृषि, आपदा व्यवस्थापनजस्ता बहुआयामिक क्षेत्रमा संरचनागत टेवा दिन भारतीय रेलसेवा सफल भएको मानिन्छ । रेललाई भारतमा राष्ट्रिय एकताको आधुनिक सूत्रधारको रूपमा लिइने गरिएको छ । त्यसैले भारतीय जनमानसमा रेल बडो रूमानी तरिकाले जोडिएको छ । रेलसँग जोडिएर लोकोक्त्ति र यात्राका अनुभवजन्य किस्साहरू जनसामान्यमा अनेकन भेटिन्छन् । त्यसैले हिन्दी चलचित्रमा रेलसँग जोडिएर आएका गीतहरू सार्‍है मनपराइएका छन् ।  सीटी बजा रही है, छुक–छुक–छुक–छुक रेलगाडी, मेरे सपनो की रानी कब आएगी तू, चल छैयाँ छैयाँ छैयाँ छैयाँ जस्ता गीतहरू सदाबहार छन् । रेलले सिनेमा र साहित्यमार्फत् माधुर्य पस्केको छ भने लोकगीतहरूमा पनि रेल विम्ब भएर आमजीवनमा छाएको छ ।
    रेलयात्राप्रतिको नेपालीहरूमा रहेको आकर्षणको मनोविज्ञान आफ्नो ठाउँमा त छँदैछ तर बितेका शताब्दीमा सीमावर्ती रेलसेवा कसरी नेपाली जीवनसँग जोडिएको थियो, त्यो पाटो महत्त्वपूर्ण छ । नेपालको सामाजिक इतिहास लेखनमा यसबारे खासै लेखिएको भेटिंदैन । सीमावर्ती भारतीय रेलसेवाले नेपालीहरूको सामाजिक जीवनमा पारेको प्रभावहरूका बारेमा अलिकति खोतल्ने प्रयत्न यो आलेखभित्र गरिएको छ ।
    भारतीय रेलको इतिहास हेर्दा सीमावर्ती क्षेत्रमा रेलसेवाको विस्तार सन् १८८६ देखि सन् १९१४ को अवधिमा भएको पाइन्छ । मध्य तराईको शहर वीरगंज जसलाई नेपाली जीवनमा नेपालको “प्रवेशद्वार शहर”को परिचयले चिनायो, त्यसको प्रमुख आधार १ मार्च १८९९ मा रक्सौलसम्म भारतीय रेलसेवा जोडिन पुग्नु हो । नेपाल बाहिरबाट वा नेपालकै अन्य भूगोलबाट स्थलमार्ग हुँदै आउनेहरूका लागि रक्सौल हुँदै वीरगंज छिर्नुपथ्र्यो, जहाँबाट काठमाडौंतिरको यात्रा शुरू हुन्थ्यो । त्यस समय स्थलमार्गबाहेक अरू विकल्प पनि थिएन । चाहे त्यो पूर्वका बासिन्दा हुन् वा पश्चिमका, सबै नेपालीलाई सीमावर्ती रेल चढेर रक्सौल आउनुपथ्र्यो । करिब आधा शताब्दीदेखि नेपालमा सडक सञ्जाल निर्माणको थालनी हुन थालेपछि रक्सौल–वीरगंज एकद्वार हुँदै राजधानी जाने क्रम रोकिए पनि सीमावर्ती रेलमाथिको निर्भरता घटेन । एउटा जिल्लाबाट छिमेकको अर्को जिल्ला पुग्न, जिल्लाभित्रकै सदरमुकाम पुग्न वा एउटा जिल्लाबाट टाढाको अर्को जिल्ला जान पनि सीमावर्ती रेलयात्रा नगर्नुको विकल्प थिएन । त्यसैले पूर्वदेखि पश्चिमसम्मका मुख्य रेलवे स्टेसनहरू गलगलिया, जोगवनी, कटिहार निर्मली, कुनौली, जयनगर, बैरगनिया, घोडासहन, रक्सौल, ठुटिबारी, नौतनवा, बढनी, गोरखपुर, सुनौली, गोण्डा, बहराइच, पलिया, मूर्तिया, टिकुनिया, गौरीफन्टा र टनकपुर (ब्रह्मदेव) जस्ता रेलवे स्टेसनहरू नेपालीहरूको दैनिकीसँग जोडिएका थिए । आज नेपालभित्र तुलनात्मकरूपमा सडक सञ्जाल प्रशस्त थपिंदा पनि सीमावर्ती रेलसेवामाथिको थोरबहुत निर्भरता छँदैछ । पर्सा जिल्लाकै सुदूर पश्चिमी सीमान्त गाउँहरू ठोरी–निर्मलबस्ती क्षेत्रका बासिन्दाहरूलाई वर्षात्को मौसममा पारिबाट रेल चढेर नै सदरमुकाम वीरगंज आउनुपर्छ ।
    भारतीय रेलले सीमावर्ती नेपाली क्षेत्रलाई जोड्न पनि कतिपय ठाउँमा सानो दूरीको कनेक्सन रेल सञ्चालन गरेको छ । पर्साको पश्चिमी क्षेत्रसँग जोडिएर भिखना ठोरी (सन् १९०६), कैलालीको धनगढीको सीमान्त नाका गौरीफन्टा (सन् १९१४) र कञ्चनपुरको छेऊ टनकपुर (सन् १९१२) मा यस्तै कनेक्सनका रेलसेवाहरू छन् । यीमध्ये करिब तीन दशक पहिले गौरीफन्टाको रेलसेवा त्यहाँ रहेको दुधवा राष्ट्रिय निकुञ्जका कारणले बन्द गरिएको छ । सीमावर्ती क्षेत्रका रेलवे लाइन प्राय: मेट्रोगेजमा थिए, कतैकतै नेरोगेज पनि थियो । खासगरी कनेक्सनका रेलवे लाइन नेरोगेजमा थियो । अहिले प्राय: सबै रेलवे लाइनलाई ब्रोडगेजमा बदलिने काम तीव्र गतिमा भइरहेको छ । यसरी नेपालको पूर्वदेखि पश्चिमसम्म ब्रोडगेज रेलवेको एउटा सीमावर्ती सञ्जाल बन्दैछ, सँगै समानान्तरमा फोरलेनको राष्ट्रिय राजमार्ग पनि । नेपाली क्षेत्रमा पूर्व–पश्चिम राजमार्गबाहेक त्यसरी समानान्तरको अर्को कुनै बाटो छैन । हुलाकी राजमार्ग निर्माणको सपना हेरेको पनि निकै भइसकेको छ ।
    नेपालगंजको पारिपट्टि रूपैडिहा छ, तर त्यहाँको रेलवे स्टेसनको नाम “नेपालगंज रोड” छ । त्यसैगरी समस्तीपुर–नरकटियागंज रेलवे लाइनमा “जनकपुर रोड स्टेसन” छ, जबकि त्यो ठाउँको नाम “पुपरी” हो । पारम्परिकरूपमा तीर्थयात्रीहरू त्यही भएर नेपालको जनकपुरधाम जाने भएको हुनाले चिनारीको लागि स्टेसनको नाम जनकपुर रोड राखिएको बताइन्छ । यसरी सीमावर्ती भूभागमा नेपाली शहर विशेषसँग जोडिएर स्टेसनको नाम राखिएको छ ।
    कतिपयले नेपालको भौगोलिक एकीकरणपछि नेपालीबीचको आवतजावतमार्फत् जोड्ने र बाहिरी दुनियाँ पुर्‍याउने आधार सीमावर्ती क्षेत्रका रेलसेवाले नै गरेको मान्छन् । नेपालभित्रको प्रशासनिक कामकाजका लागि पनि यही माध्यमको छनोट गर्नुपर्ने बाध्यता थियो । नेपालभित्र लामो समयसम्म आवागमनको आन्तरिक आधार नहुँदा त्यही भएर गुज्रिनुपथ्र्यो । बरु वि.सं. २०४६ सालपछि बिस्तारै यो निर्भरतामा र्‍हास आउँदै गएको छ । सीमावर्ती रेलसेवामाथिको निर्भरताले नेपाली जीवनलाई दक्षिणमुखी बनाएको थियो, जो बिस्तारै आफ्नै “केन्द्र” तिर फर्किन थालेको छ । यसले नेपाली राज्यको विकासक्रमको यात्रालाई पनि झल्काउँछ । अर्थात् शिक्षा, स्वास्थ्य, व्यापारका लागि आफ्नैतिर मोडिएको छ ।
    फ्रेडरिक एच.गेजले आफ्नो पुस्तक “नेपालमा क्षेत्रीयता र राष्ट्रिय एकता”मा लेखेका छन्– “भारतमा शुरूमा रेल र पछि आएर सडक यातायातको सुविधा उपलब्ध हुनु नै तराईमा उद्योगको विकासको कडी हो ।” तराईका सीमावर्ती क्षेत्रमा रहेका सदरमुकामहरू गुलजार हुने एउटा आधार निकटको रेलसेवासँग जोडिनु पनि थियो । झापादेखि कञ्चनपुरसम्मका सदरमुकामहरू प्राय: सीमानजिकै छन् । गेजकै शब्दमा, “उन्नाइसौं शताब्दीको अन्त्यतिर नेपाल–भारत सीमासम्म भारतीय रेलमार्गको विस्तार हुनु भारतीय अर्थतन्त्र उत्तरतिर विस्तार भएको कुराको ज्वलन्त उदाहरण हो । रेलको विस्तार भएपछि रेल स्टेसनका वरपर उत्तर भारतीयशैलीका बजार बसे । नेपालतिर यस्ता बजार बस्नुभन्दा पहिले तराईमा बचत भएको कृषिउपज सोझै भारतीय रेल स्टेसननिरका बजारमा पुग्थे ।” सीमावर्ती क्षेत्रमा रेलको विकाससँगै केही मुख्य स्टेसनहरू त्यस क्षेत्रका लागि प्रमुख बजारको रूपमा पनि विकसित भयो । त्यसैले नेपाली क्षेत्रका बासिन्दाहरू पनि आफ्नो कारोबारहरू उतै गर्थे । यहाँसम्म कि आफ्नैतिरका बजारहरूमा अचल सम्पत्ति आर्जन गर्नुभन्दा उतैतिरका लागि प्राथमिकता दिन्थे । सीमावर्ती बजारहरूमा नेपालीले कारोबार गर्नु वा घर बनाउनु तत्कालीन समयमा खासगरी मधेसी समुदायका लागि ठूलो हैसियतको विषय मानिन्थ्यो ।
    रेलले गर्दा २००७ सालको क्रान्तिताका नेपाली जागरण हुनमा बल पुग्यो । सीमावर्ती क्षेत्रमा समानान्तर रेलसेवा नभएको भए भारतीय पुनर्जागरणको देशव्यापी प्रभाव नेपालमा पर्ने थिएन । न त आन्दोलन नेपालको विभिन्न भागमा एकैपटक सञ्चालन गर्न सम्भव हुन्थ्यो । रौतहटको सिमाना जोडिएको “बैरगनिया”मा नेपाली काङ्ग्रेसले मातृकाप्रसाद कोइरालाको नेतृत्वमा सङ्घर्ष गर्ने उद्घोष नै गर्‍यो । जनमत सङ्ग्रहको बेलासम्म पञ्चायतविरोधी आन्दोलनमा लागेकाहरूको आश्रयस्थल सीमावर्ती स्टेसन भएका बजारहरू नै थिए । रेलसेवा भारतमा सञ्चालित भए तापनि त्यसले नेपालको सामाजिक रूपान्तरणमा पनि टेवा दियो । नेपालीमाझको सम्बन्ध विस्तारको सेतु बन्यो । टाढाटाढाका मानिसहरूबीच पनि बिहावारी शुरू भयो । शिक्षा, स्वास्थ्य, व्यापारलगायत आधुनिक दुनियाँलाई चियाउने आँखीझ्यालको रूपमा सीमावर्ती रेल देखापर्‍यो । कोलकाता होस् वा काशी, लखनऊ होस् वा लाहोरसम्म नेपाली शासकमात्र होइन, आम नेपालीहरू पनि पुग्न सहज भयो । रेलसँगै जोडिएर यात्रा गर्दाका अप्ठ्याराहरू पनि प्रशस्त सुनिन्छन्, अनेक पीडाहरू पोखिन्छन् तर पनि हिन्दी गीत “चल छैयाँ छैयाँ छैयाँ छैयाँ” को तर्जमा सीमावर्ती जीवनको एउटा पाटो अहिले पनि त्यसैमाथि गुञ्जिदैछ ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : सीटी बजा रही है
सीटी बजा रही है
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiK6lZ3NUSGxWPrcYfL4w2BTSaOdlX0HEqNaUiKtqJBhx7G2u_0VA571kdqxV8PwaCPY4uaPtnkTiWvZV9dOry1wNEeddwXEviVovRvlLAlPRhafPj-V6dzTSzLUzTNhvUN6LE04__lYqih/s1600/chandkishore+jha.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiK6lZ3NUSGxWPrcYfL4w2BTSaOdlX0HEqNaUiKtqJBhx7G2u_0VA571kdqxV8PwaCPY4uaPtnkTiWvZV9dOry1wNEeddwXEviVovRvlLAlPRhafPj-V6dzTSzLUzTNhvUN6LE04__lYqih/s72-c/chandkishore+jha.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2014/03/blog-post_1173.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2014/03/blog-post_1173.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy