- अनन्तकुमार लाल दास
हामीले के सोच्नुपर्छ भने हामी आफ्नो सुविधाका लागि केटाकेटीहरूको चौतर्फी विकाससँग सम्झौता गर्दैनौं । प्राथमिक कक्षा उत्तीर्ण गर्दा उनीहरूमा आफ्नो रोजाइको भाषा र आफ्नो रुचिको शिक्षा चयन गर्ने योग्यता भएकै हुनुपर्छ ।
जुन केटाकेटीहरूले आआफ्नो मातृभाषामा प्राथमिक शिक्षा ग्रहण गरेका छन् ती केटाकेटीहरूको मस्तिष्क अन्य भाषामा शिक्षा प्राप्त गरेका केटाकेटीहरू भन्दा धेरै विकसित भएको कुरा वैज्ञानिकहरूले प्रमाणित गरिसकेका छन् । हाम्रो अनुभवले पनि के देखाएको छ भने सिक्ने गति आफ्नो परिवेशको भाषामा सबैभन्दा बढी हुन्छ, किनभने यस्तो शैक्षिक परिवेशमा विद्यार्थीहरूको पूर्ण ध्यान विषयवस्तुमाथि हुन्छ । यस्तो परिवेश किताबी ज्ञानलाई वास्तविक जीवनसँग जोड्न पनि सहायक सिद्ध हुन्छ । किताबी भाषा र केटाकेटीहरूको छरछिमेकको भाषा यदि फरक छ भने विद्यालयको जीवन र बाह्य जीवनबीच एउटा रिक्तता उत्पन्न हुन्छ, जसले विद्यार्थीहरूलाई छरछिमेकको अनुभव कक्षा कोठामा र कक्षाकोठाको अनुभव छरछिमेकमा प्रकट गर्न अप्ठ्यारो महसुस हुन्छ । यस कारण शिक्षालाई जीवनसँग जोड्न र त्यसलाई रुचिकर बनाउन यो अन्तर हटाउनु धेरै आवश्यक छ ।
शिक्षणको माध्यम यस कारणले मातृभाषा हुनुपर्छ किनभने कुनै पनि मानिस जति सहजतापूर्वक आफ्नो मातृभाषामा सुनेर सिक्न सक्छ र त्यसलाई अभिव्यक्त गर्न सक्छ त्यति अन्य भाषामा सम्भव छैन । मेरो विचारमा यहाँ मातृभाषाको अर्थ उसका आमाबुवाले घरमा बोल्ने भाषा नभई जुन भाषालाई सुन्दै–बोल्दै ऊ ठूलो भएको छ, त्यो भाषा हो र उसले त्यही भाषामा कुनै पनि विषयलाई राम्ररी बुझ्न सक्दछ । वर्तमानका धेरै शोधहरूले विद्यार्थीहरूको रचनात्मकतामा कमी आइरहेको र पाठ्यपुस्तकबाहेक किताबहरूसँग उनीहरूको दूरी बढिरहेको सन्दर्भलाई औंल्याएको परिप्रेक्ष्यमा के भन्न सकिन्छ भने यसो हुनु पछाडिको कारण शिक्षणको भाषा मातृभाषा नहुनु पनि हो । यस बेला अङ्ग्ेरजीको साटो अन्य भाषामा बोल्दा विद्यालयहरूमा दिइने शारीरिक, मानसिक र आर्थिक दण्डले के स्पष्ट गर्दछ भने आखिर किन विद्यार्थीहरू किताबदेखि टाढा हुँदै गइरहेका छन् र किन उनीहरूमा कल्पना गर्ने र विचार प्रकट गर्ने क्षमतामा कमी आइरहेको छ । यस कारण कोही आफ्नो मातृभाषामा यदि शिक्षा प्राप्त गर्न चाहन्छ भने उसलाई यो अधिकार सहजतासँग प्राप्त हुनुपर्छ । यदि कसैको भाषा अङ्ग्रेजी छ भने उसलाई पनि अङ्ग्रेजीमा पढ्ने अधिकार प्राप्त हुनुपर्छ तर बलजफ्ती कसैमाथि अङ्ग्रजी वा नेपाली लाद्नु उचित हुँदैन ।
हुनत यदि कसैको भाषा नेपाली छ भने उसलाई त्यो भाषा सजिलो लाग्छ र जसको भाषा भोजपुरी छ उसलाई अलि गार्हो हुन्छ तर अभ्यासले भाषा सिक्न सकिन्छ । हाम्रो देशमा सङ्घीय शासन प्रणाली लागू हुने क्रम छ । यस अर्थमा यदि हरेक राज्यमा त्यहाँ बसोवास गर्ने मानिसको मातृभाषालाई माध्यम बनाइयो भने त्यहाँ बसोवास गर्ने अन्य भाषाका मानिसलाई गार्हो हुन सक्छ र यदि त्यस राज्यका मानिसहरू बसाइँ सरेर अन्य राज्यमा जान्छन् भने त्यहाँ उनीहरूले कसरी त्यस राज्यको भाषामा शिक्षा ग्रहण गर्न सक्छन् । अङ्गेजी यसै बाध्यताको उपचार हो । यस कारण कसैले भोजपुरी, कसैले मैथिली, कसैले नेवारी, कसैले तामाङ आदि भन्छन् भने के जनकपुरका मानिसहरू नेवारी रुचाउँछन् वा वीरगंजका मानिसहरू मैथिलीमा पढ्न रुचाउँछन् वा जुन पनि प्रदेशमा सबै भाषामा शिक्षा दिने विद्यालय खोल्नु के सम्भव हुन्छ ? यस कारण भाषा विवादको सबैभन्दा राम्रो इलाज मेरो विचारमा अङ्ग्रेजी हो । यसलाई विश्वले पनि स्वीकार गरेको छ । हामी नेपालमा मात्र होइन, विश्वको कुनै पनि ठाउँमा शिक्षा प्राप्त गर्न जान्छौं, अङ्ग्रेजी जानेको छ भने सहजता हुन्छ । यसको अर्थ नेपालको राष्टूभाषा अङ्ग्रेजी बनाउने मेरो तर्क होइन, वा प्रान्तीय भाषाको अवहेलना गर्नु पनि होइन ।
माथि मैले के उल्लेख गरेको छु भने मातृभाषामा शिक्षा ग्रहण गर्ने केटाकेटीहरूको मस्तिष्क अन्य भाषामा शिक्षा प्राप्त गरेका केटाकेटीहरूभन्दा धेरै विकसित भएको कुरा वैज्ञानिकहरूले प्रमाणित गरेका छन् तर यहाँ के कुरा स्पष्ट गर्न चाहन्छु भने म नेपाली भए तापनि हिन्दी माध्यममा शिक्षा ग्रहण गरेको छु र अङ्ग्रेजी माध्यमको विद्यालयमा पढाउने गर्छु । यसको अर्थ म नेपाली बोल्न जान्दिनँ वा नेपालीमा लेख्न सक्दिनँ वा अङ्ग्रेजीमा पढाउन सक्दिनँ भन्ने कुरा होइन । जुनसुकै भाषा सिक्न, बोल्न र लेख्न सकिन्छ । मेरो छोरी बाल्यकालदेखि अङ्ग्रजी माध्यमको विद्यालयमा पढेकी छिन् तर यदि तपाईं मेरी छोरी र मसँग भेट्नुहुन्छ भने तपाईंले मलाई बुद्धु र मेरी छोरीलाई ब्रिलिएन्ट ठान्नुहुन्छ । अब तपाईं नै भन्नुहोस् यसमा भाषाको के योगदान रह्यो ? जुन बेला हामी साना थियौं, आजको जस्तो विद्यालय र अवसर थिएन र मेरी छोरीको पालामा थुप्रै संस्थागत विद्यालयहरू खुलिसकेका थिए । यस कारण सवाल मातृभाषाको होइन, पालनपोषणको हो ।
यदि घरमा हामी एक अर्कासँग यदि आफ्नो मातृभाषामा कुरा गर्छौं भने हाम्रो सम्बन्ध बलियो र प्रगाढ हुन सक्छ तर यसको सम्बन्ध पढाइ वा योग्यतासँग छैन । यो आआफ्नो आस्था हुन सक्छ । यहाँ एउटा अर्को कुरो के पनि भन्न चाहन्छु भने हामीमध्ये धेरैले घरमा आफ्नो मातृभाषामा कुरा गर्न छाडिसकेका छौं । यस सम्बन्धमा गरिएको शोधले पनि यस कुरालाई प्रस्ट पारेको छ । यस कारण विस्तारै हाम्रो मातृभाषा लोप हुन थालेको छ र हामी मातृभाषालाई शिक्षाको माध्यम बनाउने कुरामा जोड दिन थालेका छौ.।
केटाकेटीहरू आफ्नो अधिकांश समय आमाको सान्निध्यमा बिताउँछन् । यस कारण आफ्नो सुविधाका लागि हामी यसलाई मातृभाषा भन्छौं । अत: केटाकेटीहरूको सन्दर्भमा मातृभाषा बुझ्नु आवश्यक छ । यस्तो बोली–भाषा जुन केटाकेटीहरू आफ्नो परिवेशमा सुन्छन्, बोल्छन् र बुझ्छन् । केटाकेटीहरूको सन्दर्भमा मातृभाषा यस्तो भाषा हो, जसमा उनीहरू आफ्नो आमा, परिवार र छरछिमेकसँग अन्तक्र्रिया गर्छन् । यसलाई शिक्षाविद्हरूले पनि स्वीकार गरेका छन् । विद्यालयहरूमा यदि यस्तो शैक्षिक परिवेश हुन्छ भने विद्यार्थीहरूको बौद्धिक स्तर वृद्धि हुनुको साथै अन्य भाषा सिक्न गार्हो हुँदैन र उनीहरूमा राम्रो संस्कार पनि सजिलै प्रवाहित गर्न सकिन्छ । अर्को कारण आज ठूला नोकरीहरू विदेशीहरूको हातमा छ । यस कारण भाषा जुनसुकै भए तापनि शैक्षिक वातावरण सही हुनुपर्छ ।
यहाँनिर के प्रश्न उठ्छ भने के ठूलो नोकरी प्राप्त गर्न विदेशिनु नै विकास हो ? यस कुरामा मेरो सहमति छैन । मेरो मातृभाषा मैथिली हो र मैलै मैथिली कहीं पढेको छैन, तर म मैथिली बोल्न सक्छु । यस भाषामा थुप्रै साहित्यिक ग्रन्थहरू पाइन्छ तर ज्ञान–विज्ञानका किताबहरू छैन । मातृभाषा सम्बन्धमा मानिसहरूको आआफ्नो धारणा रहेको छ । स्वामी विवेकानन्दले मातृभाषामा प्रारम्भिक शिक्षा हुनुपर्ने कुरामा जोड दिंदै आफ्नो भाषा–संस्कृति र परम्परा बुझ्ने र त्यसप्रतिको आत्मीयता मर्न नदिनका लागि पनि मातृभाषा सिक्नुपर्ने कुरामा जोड दिनुभएको छ । प्रान्तीय भाषासँगै देशको आत्मासँग साक्षात्कार गर्न नेपाली वा अन्य कुनै तेस्रो भाषा छान्न सकिन्छ । यो कुरो मानिसहरूको स्वेच्छामाथि निर्भर भए धेरै राम्रो ।
मातृभाषाको अर्थ नेपाली वा कुनै प्रदेशमा बोलिने भाषा मात्र होइन भन्ने कुरामाथि पनि ध्यान दिनु आवश्यक छ । बाल्यकालमा केटाकेटीहरूको मस्तिष्क बढी जिज्ञासु र उत्साही हुन्छ । एक तथ्य अनुसार ५ वर्षको केटा वा केटी विद्यालयमा प्रवेश गर्दा ऊसँग ५००० भन्दा बढी शब्द भण्डार हुन्छ । यो उसले आफ्नो छरछिमेकबाट हासिल गरेको हुन्छ । यति ठूलो शब्द भण्डारलाई नहेरे जस्तो गरी अगाडि बढ्नु पनि उचित हुँदैन । यस कारण केटाकेटीहरूको चौतर्फी विकासका लागि के आवश्यक छ भने उसलाई मातृभाषामा नै प्रारम्भिक शिक्षा प्रदान गरियोस् । यो यस कारण पनि आवश्यक छ किनभने यसबाट उनीहरू भित्र मातृभाषा र मातृभूमिप्रति अपनत्व जागृत हुन्छ । वर्तमानमा शिक्षाको जुन सतही रूप दृष्टिगोचर भइरहेको छ त्यसबाट मानवीय मूल्य र सामाजिक मूल्यको अवहेलना भइरहेको छ । यस कारण शिक्षाको उद्देश्य मात्र ठूलो नोकरी हासिल गर्नु नभई मानवीय र सामाजिक मूल्यको रक्षा गर्नु पनि हुनुपर्छ ।
किताब पढेर हासिल गरेको ज्ञानलाई यदि व्यवहारमा लागू गरिएन भने त्यो अहड्ढार बनेर मानिस र समाजबीच दूरी पैदा गर्ने काम गर्न थाल्छ । यस कारण आफ्नो भाषामा शिक्षा हासिल गर्न जति आवश्यक छ, त्यतिकै आवश्यक प्राप्त ज्ञानलाई जीवनसँग जोड्नु पनि हो । शिक्षालाई जीवनसँग जोडिएन भने त्यो जुनसुकै भाषामा हासिल गरे तापनि त्यसको कुनै औचित्य रहूदैन । नोकरीको लागि मात्र ज्ञान हासिल गर्ने सोचबाट नेपालमा परिवर्तन सम्भव देखिंदैन । आज मातृभाषालाई हामीले एउटा उपाधिको रूपमा हेर्न थालेका छौं । यदि हामीले आमाको भाषालाई मातृभाषा भन्छौं भने हरेक भाषाको जननी संस्कृत हो । यस कारण हाम्रो मातृभाषा त संस्कृत हुनुपर्ने हो तर हामीले संस्कृतलाई परित्याग गरिसकेका छौं ।
अन्त्यमा म के भन्न चाहन्छु भने मातृभाषा वा छरछिमेकको भाषामा केटाकेटीहरूको सिकाइ सहज, सरल, तीव्र र स्थायी हुन्छ । शिक्षामा भएको विभिन्न शोधले पनि के प्रस्ट गरेको छ भने केटाकेटीहरूको शिक्षाको स्वस्थ आधार मातृभाषामा नै तयार हुन्छ । यस कारण प्राथमिक तहसम्म केटाकेटीहरूलाई उनीहरूको मातृभाषामा नै शिक्षा दिनुपर्छ । यसमा समस्या उत्पन्न हुन सक्छ तर त्यसको समाधानका लागि समाज अघि सर्नुपर्छ र सरकारले यसका लागि उचित व्यवस्था गर्नुपर्छ । हामीले के सोच्नुपर्छ भने हामी आफ्नो सुविधाका लागि केटाकेटीहरूको चौतर्फी विकाससँग सम्झौता गर्दैनौं । प्राथमिक कक्षा उत्तीर्ण गर्दा उनीहरूमा आफ्नो रोजाइको भाषा र आफ्नो रुचिको शिक्षा चयन गर्ने योग्यता भएकै हुनुपर्छ । यसको लागि समाज र सरकारले पनि शिक्षा संस्थानहरूको ढाँचामा आमूल परिवर्तन गर्नुपर्छ, जसले गर्दा कसैलाई कम र कसैलाई बढी लाभ हासिल नहोस् किनभने सबैको लागि समान विद्यालय र शिक्षाको ढाँचा तयार गर्नु राज्यको साथै हामी सबैको जिम्मेवारी हो ।