Posts

Showing posts from March, 2014

धोबिनी खुला दिसामुक्त गाविस घोषणा

Image
प्रस, वीरगंज, १७ चैत/     पर्सा जिल्लाको धोबिनी गाविसलाई  चौथो खुला दिसामुक्त गाविसको रूपमा सोमवार घोषणा गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी कैलाशकुमार बजिमयले गाविसलाई खुला दिसामुक्त क्षेत्र घोषणा गरी आम जनतालाई शपथ ग्रहण गराएका थिए । घोषणासभामा बोल्दै प्रजिअ कैलाशकुमार बजिमयले हाम्रो समाजमा अहिले पनि कुसंस्कार एवं अन्धविश्वास प्रचलित रहेकाले सोलाई परिवर्तन गर्न आवश्यक रहेको बताए ।     खासगरी मधेसी समुदायमा अन्धविश्वास एवं कुसंस्कारले जरा गाडेकोले घरेलु हिंसा एवं महिला हिंसामा वृद्धि भएकोमा अब सचेत भई अगाडि बढ्न आम जनतालाई प्रजिअ बजिमयले सुझाएका थिए ।     गाविसलाई खुला दिसामुक्त क्षेत्र घोषणा गरेर मात्र पुग्दैन, यसलाई निरन्तरता दिनु अब यस गाविसका जनतामाथि जिम्मेवारी थपिएको उनले बताए । निरन्तरता दिनु नै यस गाविसको प्रतिफल हुने बताए । खुला दिसामुक्त गाविस धोबिनीको वरिपरि रहेका गाविसका जनतामा पनि जनचेतना जगाउनु धोबिनीवासीको जिम्मेवारी रहेको प्रजिअ बजिमयले बताए ।     कार्यक्रमका विशिष्ट अतिथि स्थानीय विकास अधिकारी गजेन्द्रकुमार ठाकुरले खुला दिसामुक्त क्षेत्र बनाउन

वीरगंज कारागारपछाडि जलमग्न

Image
प्रस, वीरगंज, १७ चैत/     चैतको टन्टलापुर घाम र सुक्खा मौसममा पनि वीरगंज कारागारपछाडिको सडक जलमग्न छ । फोहर पानीको निकास नहुँदा सो सडक दुर्गन्धित फोहर पानीले जलमग्न भएको हो ।     कारागारबाट निस्किने फोहर पानीको निकास रहेको ठाउँ केही व्यक्तिहरूले कब्जा गरेपछि त्यो पानी सडकमा जम्न थालेको त्यहाँका बासिन्दाहरूले बताए ।     कारागार दक्षिणतर्फको वीरगंज वडा नं. ४ को क्षेत्रमा पर्ने नाला सफाइ नभएकोले कारागार र सो आसपासका घरबाट निस्केको घरायसी पानीले निकास पाएको छैन ।     कारागारभित्रका कैदीहरूको मलमूत्र पानीसँगै मिसिएर बाहिरिने गरेको छ । मलमूत्रको दुर्गन्ध सहनै नसक्ने गरी सडकमा फैलिएकोले टोलवासी थप समस्यामा परेका छन्, स्थानीय सोनु श्रीवास्तवले गुनासो गरे। यस टोलका बासिन्दा हरेक पल नारकीय जीवन बाँचिरहेका छन्, उनको भनाइ थियो ।     पटकपटक नगरपालिकामा पुगी समस्या अवगत गराउँदा पनि वीउमनपाले सुनुवाइ नगरेको श्रीवास्तवले बताए । फोहर पानीको कारण आवतजावतमा कठिनाइसमेत हुने गरेको उनले बताए ।

संविधान बन्ने सम्भावना र मधेसमैत्री संविधान

Image
- अधिवक्ता वीरेन्द्रप्रसाद यादव     पहिलो संविधानसभाको विघटनबाट घेरिएको निराशाको बादलको बीचमा नै दोस्रो संविधानसभाको निर्वाचन जनताले बाध्यतापूर्वक सम्पन्न गरे । पहिलो संविधानसभाको विघटनपछि नचाहँदा–नचाहँदै लगभग ३१ अर्ब रुपियाँ खर्च गरी ३३ दलको बहिष्कारको बावजुद लगभग ७८ प्रतिशत जनताले मतदान गरे । यो सहभागिता विगतको हरेक चुनावभन्दा अधिक हो । जनताको अधिक सहभागिताको एक प्रमुख कारण के थियो भने मुलुक सड्ढटग्रस्त अवस्थाबाट जोगियोस् । कार्यपालिका, व्यवस्थापिका र संवैधानिक निकायलगायतका राज्यको अ· नहुनु र तीनवटै अ·को अधिकार र दायित्व एउटै व्यक्तिको काँधमा जानु कम जोखिमपूर्ण स्थिति थिएन । यस्तो जोखिमबाट मुलुकलाई जोगाउनु नै जनताको प्राथमिक कर्तव्य थियो र सोही कर्तव्य निर्वाहको क्रममा जनताले उत्साहपूर्वक सहभागिता जनाए, जुन निकै राम्रो सकारात्मक पक्ष हो । यो चुनावलाई बहिष्कार गर्नेहरूका लागि पनि परिणाम स्वीकार गर्न अप्रत्यक्ष मतादेश बुझ्न सकिन्छ । मतादेशको यो अवस्थाले त चुनावमा सहभागी भएर चुनाव अस्वीकार गर्नु किमार्थ जनमैत्री हुँदैन । यो चुनावमा अत्यधिक सहभागिताको अर्को पनि महत्त्वपूर्ण कारण थियो,

मोबाइल पुस्तक

    वीरगंजस्थित माउन्ट एडमन्ड माविका दुईजना पूर्वविद्यार्थीहरू आशीष र गौरवले मोबाइल पुस्तक तयार गरेर सार्वजनिक गरेका छन् । विद्यालयद्वारा आयोजित एक समारोहमा उनीहरूले उक्त पुस्तक सार्वजनिक गरेका हुन् । ‘विज्ञानलाई खोलौं’ नाम दिइएको उक्त मोबाइल पुस्तकमा कक्षा १० को विज्ञान विषय पूरै समेटिएको छ । लोडसेडिङको समस्याबाट पीडित विद्यार्थीहरू मोबाइलको टर्च बालेर पढ्नु परेको अवस्थाबाट कसरी छुटकारा पाउन सकिन्छ ? भन्ने उद्देश्यले खोज तथा विचारविमर्श गर्ने क्रममा मोबाइल पुस्तकको बारेमा सोच बनेको आशीष र गौरवले बताएका छन् । मनमस्तिष्कमा फुरेको सोचलाई प्रयोगमा उतार्न तीन वर्ष लागेको उनीहरूको भनाइ छ । मोबाइल मेमोरीमा राख्न सक्ने गरी तयार र·ीन चित्रसहितको विज्ञान विषयका विषयवस्तुहरू मोबाइलको स्क्रीनमा सहज तरिकाले पढ्न सकिन्छ । उनीहरू विज्ञान विषयका विद्यार्थी भएकाले सोही विषयको पुस्तक तयार गर्नेतर्फ केन्द्रित भएका हुन् । अन्य विषयहरूलाई पनि मोबाइलमा सहज तरिकाले अध्ययन गर्न मिल्ने गरी राख्न सकिने विद्यार्थीद्वयको दाबी छ ।     समाजको विकासक्रमसँगै शिक्षा आर्जनका तौरतरिकाहरू पनि विकसित भएका छन् । यसमा विभि

विपत् व्यवस्थापनसम्बन्धी कार्यशाला

Image
प्रस, वीरगंज, १६ चैत/     नेपाल सरकारले उपलब्ध गराएको स्रोत साधनभन्दा माथि उठेर पर्सा जिल्लामा विपत् व्यवास्थापन भइरहेको कुरा कार्यक्रमका प्रमुख अतिथि कैलाशकुमार बमिजयले बताए ।     आज वीरगंजमा भएको विपत् व्यवस्थापन र प्रतिकार्य योजना सम्बन्धी एक दिने कार्यशाला गोष्ठीमा बोल्दै प्रजिअ बजिमयले आज भएको छलफलमा समस्याको रूपमा देखिएका सुरक्षा निकायसँग स्रोत साधन जुटाउन जिल्ला विकास समिति तथा नगरपालिका र गाविसले सक्दो सहयोग पुर्‍याउने बताएका थिए । १६ वटा विपत् क्षेत्रमध्ये पर्सामा मूलत: आगलागी, शीतलहर, भूकम्प हुने भएकोले यसको प्रतिकारका लागि पर्साका विपत व्यवस्थापन समिति सक्रिय रहेको बताए ।     कार्यक्रममा नगर क्षेत्रबाहेक गाविसहरूको लागि पोखरियामा वारुण यन्त्र राख्ने पहल अन्तिम चरणसम्म पुगेको कुरा स्थानीय विकास अधिकारी गजेन्द्रकुमार ठाकुरले बताए ।     सदरमुकाम भन्दा टाढा देखिएको आगलागी भएको बेला दमकल पुग्दापुग्दै धेरै क्षति हुने गरेको जनगुनासो आएपश्चात् गत वर्षदेखि नै प्रक्रिया शुरु गरेको र यस वर्षदेखि स्थानीय विकास मन्त्रालयले वारुणयन्त्र उपलब्ध गराउने ठाकुरले बताए । विपत्को बेला सुरक्षा न

विन्दवासिनी मन्दिरमा सप्तचण्डी महायज्ञ शुरु

Image
प्रस, वीरगंज, १६ चैत/     विन्दवासिनी मन्दिरमा आजदेखि रामकथा तथा सप्तचण्डी महायज्ञ शुरु भएको छ । यज्ञको पहिलो दिन आज बाजागाजासहित सयौंको सङ्ख्यामा महिला तथा पुरुष, युवाहरु तिलावे नदीमा पुगी जल भरेका थिए । मन्दिर परिसरबाट निस्केको जलयात्रा टोली विन्दवासिनी तथा बर्वा गाउँ परिक्रमा गरी नदीमा पुगेको थियो । यज्ञको पहिलो दिन जलयात्राका प्रमुख अतिथि जगताचार्य नेपाली बाबा, पण्डित तेजनाथ शर्मा रहेका यज्ञ सञ्चालक समितिका अध्यक्ष लक्ष्मीकान्त तिवारीले बताए ।     जलयात्रामा सहभागीहरूलाई बर्वा गाउँ निवासी गया चौरसियाले भोजनको व्यवस्था गरेको यज्ञ व्यवथापन समितिका कोषाध्यक्ष चन्द्रकिशोर चौरसियाले बताए । सोही अवसरमा एक कार्यक्रमबीच वीरगंजका सत्यनारायण क्यालले मन्दिरका लागि इनभर्टर तथा पानी टयाड्ढी सहयोग गरेको अध्यक्ष लक्ष्मीकान्त तिवारीले बताए  । तिवारीका अनुसार यज्ञ सफल बनाउन एस डेभलपमेन्ट बैंकले २५ हजार आजै सो कार्यक्रममा सहयोग गरेको थियो । चैत २५ गतेसम्म चल्ने महायज्ञमा भारतमा ख्यातिप्राप्त प्रवचनकर्ता तथा खेलकुदको व्यवस्था गरिएको मन्दिरका पुजारी पुरुषोत्तम अधिकारीले बताएका छन् ।

एकताको आलाप र औचित्य

Image
- ओमप्रकाश खनाल     मुलुकको राजनीतिमा यतिबेला एकताको मौसमी बोली प्रबलरूपमा मुखरित भएको छ । माओवादीदेखि मधेसवादीसम्म एकताको आलापमा अब्बल दरिने दौडमा लागेको भान भइराखेको छ । राजनीतिक, आर्थिक र सामाजिक गति प्राय: शिथिल देखिएको बेला राजनीतिक दलहरूमा पार्टी एकताका प्रस·हरू बाक्लिएका छन् । वैचारिक र नीतिगत मतभिन्नता वा मतैक्यतानिहित विभाजन र एकतालाई स्वाभाविक राजनीतिक अभ्यास मान्न सकिएला । तर हाम्रो राजनीतिक परिदृश्यलाई मिहीनरूपमा केलाउने हो भने फुट र एकताको आधार भाग नीतिगत नभएर सत्ता र स्वार्थ उभिएको स्पष्ट हुन्छ । एकताको अन्तर्वस्तुमा मुलुक र जनहितभन्दा दलगत, अझ कतिपय अवस्थामा नेतृत्व विशेषका स्वार्थ हावी हुन्छ, त्यति बेलासम्म एकताको औचित्यमाथि नै प्रश्न उठ्नुलाई अस्वाभाविक मान्न सकिन्न ।     हरेकजसो मुख्य राजनीतिक दलहरूले विभाजन र एकताको परिपाटी राम्रैसँग स्थापित गरिसकेका छन्/गरिरहेका छन् । तर, फुट्नु र जुट्नुको कारण भने सत्ता र शक्ति नै बनेको छ । प्रत्येक राजनीतिक दलहरू सत्तामा रहेका बेला वा सत्ताका लागि विभाजित भएको निकट इतिहास हाम्रो अघिल्तिर छ । सत्ताबाट पछारिएपछि एकता–चेत घुस्नु दल

शिक्षणको माध्यम मातृभाषा किन ?

Image
- अनन्तकुमार लाल दास     हामीले के सोच्नुपर्छ भने हामी आफ्नो सुविधाका लागि केटाकेटीहरूको चौतर्फी विकाससँग सम्झौता गर्दैनौं । प्राथमिक कक्षा उत्तीर्ण गर्दा उनीहरूमा आफ्नो रोजाइको भाषा र आफ्नो रुचिको शिक्षा चयन गर्ने योग्यता भएकै हुनुपर्छ ।     जुन केटाकेटीहरूले आआफ्नो मातृभाषामा प्राथमिक शिक्षा ग्रहण गरेका छन् ती केटाकेटीहरूको मस्तिष्क अन्य भाषामा शिक्षा प्राप्त गरेका केटाकेटीहरू भन्दा धेरै विकसित भएको कुरा वैज्ञानिकहरूले प्रमाणित गरिसकेका छन् । हाम्रो अनुभवले पनि के देखाएको छ भने सिक्ने गति आफ्नो परिवेशको भाषामा सबैभन्दा बढी हुन्छ, किनभने यस्तो शैक्षिक परिवेशमा विद्यार्थीहरूको पूर्ण ध्यान विषयवस्तुमाथि हुन्छ । यस्तो परिवेश किताबी ज्ञानलाई वास्तविक जीवनसँग जोड्न पनि सहायक सिद्ध हुन्छ । किताबी भाषा र केटाकेटीहरूको छरछिमेकको भाषा यदि फरक छ भने विद्यालयको जीवन र बाह्य जीवनबीच एउटा रिक्तता उत्पन्न हुन्छ, जसले विद्यार्थीहरूलाई छरछिमेकको अनुभव कक्षा कोठामा र कक्षाकोठाको अनुभव छरछिमेकमा प्रकट गर्न अप्ठ्यारो महसुस हुन्छ । यस कारण शिक्षालाई जीवनसँग जोड्न र त्यसलाई रुचिकर बनाउन यो अन्तर हटाउनु

गणेशमान र ठोरी

    पर्साको ठोरी गाविसमा लौहपुरुष गणेशमान सिंहको सालिक निर्माणका लागि रकम अपुग भएर कार्य सम्पन्न हुन नसकेको कुरा सार्वजनिक भएको छ । स्व. सिंहको स्मृति पार्क निर्माण गरी सोमा सालिक स्थापना गर्ने लक्ष्यका साथ नेपाली काङ्ग्रेसको ठोरी गाउँ एकाइ अगाडि सरेको चार वर्ष पुगिसकेको छ । सरकारबाट प्राप्त तीन लाख रुपियाँले सालिक निर्माण स्थलको पक्की घेराबार मात्र निर्माण भएको छ । बाँकी कार्य सम्पन्न गर्न रकम छैन । अधूरो योजना अलपत्र परेको छ । अधूरो योजना पूरा गर्न पुन: दाताहरूसँग हात फैलाउने जमर्कोसहित निर्माण समिति हालै पुनर्गठन गरिएको छ । तत्कालीन निर्माण समितिको सक्रियता र ठोरीका काङ्ग्रेसी नेताहरूको अगुवाइमा २०६६ सालमा सरकारबाट ३ लाख रुपियाँ प्रदान गरिएको हो । योजना सम्पन्न गर्नका लागि वार्षिक रकम थप गर्दै जाने सरकारी आश्वासन थियो । तर प्राप्त ३ लाख रुपियाँको कार्य सम्पन्न भइसकेपछि पनि हालसम्म बजेट थप्नेतर्फ कसैले चासो देखाएको छैन ।     हाम्रो मुलुकमा सालिक तथा प्रतिमा बनाउने र भत्काउने लहर चलेको छ । असान्दर्भिक, असम्बन्धित स्थलमा जो पाए उसैको सालिक बनाएर बजेट नाश पार्नेहरू एकातिर छन् भने आन्दोल

जनसहयोगमा भवन निर्माण सुखद पक्ष – महानिरीक्षक अर्याल

Image
प्रस, वीरगंज, १५ चैत/     प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले सरकारले विनियोजन गरेको बजेटबाट नेपाल प्रहरी १२५ वर्षमा पनि भौतिक सुविधासम्पन्न हुन नसक्ने बताएका छन् ।     जिल्ला प्रहरी कार्यालय पर्सामा नवनिर्मित महिला तथा बालबालिका सेवा केन्द्र भवन, इनर्वा प्रहरी चौकी र घण्टाघर प्रहरी बिटको शनिवार एक समारोहबीच उद्घाटन गर्दै प्रहरी महानिरीक्षक अर्यालले आम जनताको सहयोगमा प्रहरी भवनको निर्माण हुनु सुखद पक्ष भएको बताए । उनले भवन साधन मात्र भएको साधक नभएको चर्चा गर्दै प्रहरीले आम मानिसलाई सेवा प्रवाह गरी कानुनी मर्यादालाई कायम राख्न सक्नुपर्ने सुझाव दिए । नेपालमा प्रहरी आधारभूत आवश्यकताबाट वञ्चित रहेर पनि निरन्तर सेवा प्रवाह गरिरहेकामा प्रशंसा गरे । उनले भौतिक साधनको निर्माणसँगै त्यसको संवद्धर्न गर्न प्रहरीलाई सुझाए ।     पर्साका प्रजिअ कैलाशकुमार बजिमयले प्रहरी र जनताको साझेदारीमा भवनको निर्माण भएको बताए । उनले यस प्रकारको साझेदारी अन्य जिल्लामा पनि हुनुपर्ने बताए ।     भारतीय महावाणिज्यदूत अञ्जु रञ्जनले दुई देशको जनसम्बन्धजस्तै सीमामा रहेका दुवै देशका प्रहरीबीच पनि राम्रो सम्बन्ध हु

स्थानीय विकास निर्माणको काममा प्रतिबद्ध छु : मन्त्री पौडेल

प्रस, पथलैया, १५ चैत/     युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले स्थानीय विकास निर्माण, अव्यवस्थित बसोवासको समाधान र सामाजिक न्यायको पक्षमा काम गर्न प्रतिबद्ध रहेको बताएका छन् ।     मनहर्वा गाविसको जैतापुरमा शनिवार आयोजित सम्मान तथा पार्टी प्रवेश कार्यक्रममा मन्त्री पौडेलले जिल्लामा सबैखाले विकास निर्माणका काम गर्न आफू प्रतिबद्ध रहेको बताए । उनले भूमिहीन, युवा र खेलकुदको समस्या सम्बोधनका लागि पनि आफू लागिपरेको बताए ।     कार्यक्रममा एमाले मनहर्वा गाउँ कमिटीले मन्त्री पौडेललाई सम्मान गरेको थियो । विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गरेका पाँचजनालाई मन्त्री पौडेलले टीका लगाएर स्वागत गरेका थिए ।     कार्यक्रममा एमाले राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य सुन्दर विश्वकर्मा, प्रशिक्षण विभाग प्रमुख मनोज पौडेल, प्रचार विभाग प्रमुख कृष्ण पौडेललगायतको उपस्थिति थियो । कार्यक्रम अर्जुन दहालको अध्यक्षतामा सम्पन्न भएको थियो ।     यसैगरी मन्त्री पौडेलले ब्रह्माकुमारी राजयोग सेवा केन्द्रहरू शान्ति र एकताको वाहक रहेका बताएका छन् ।     ब्रह्माकुमारी राजयोग सेवा केन्द्र सिमराले डुमरवानामा आयोजना गरेक

मैत्रीपूर्ण फूटबलमा ओम्नी विजयी

प्रस, वीरगंज, १५ चैत/     नारायणी र·शालामा आज सिप्रदी प्रालि र ओम्नी प्रालिबीच सम्पन्न मैत्रीपूर्ण फूटबल प्रतियोगितामा ओम्नी प्रालि विजयी भएको छ ।     सो प्रतियोगितामा ओम्नी प्रालिले सिप्रदी प्रालिलाई १–० गोलअन्तरले पराजित गरेको थियो । मध्याह्नपूर्व ओम्नीका दीपक कार्कीले २० औं मिनेटमा गरेको एकमात्र गोल नै निर्णायक साबित भएको थियो ।     कम्पनीका कर्मचारीहरूलाई स्वस्थ र फूर्तिलो राख्नुका साथै आपसी सद्भाव कायम गर्न मैत्रीपूर्ण फूटबल प्रतियोगिताको आयोजना गरिएको सिप्रदीका शाखा प्रबन्धक कृष्णप्रसाद बर्तौलाले बताए । ओम्नीका टिम म्यानेजर वासुदेव तिमल्सिनाले हारजितभन्दा पनि शरीर तन्दुरुस्त राख्न र आपसी सद्भाव प्रगाढ गर्न प्रतियोगिता आयोजना गरिएको बताए ।

तराईमा बोलिने भाषाहरू : एक नजरमा

Image
- उमाशङ्कर द्विवेदी     भाषाशास्त्रीहरूको भनाइको समन्वय गरेर हेर्दा आर्य–युरोपेली वा भारोपेली भाषा परिवारको आर्य–इरानेली शाखाको एउटा भेदलाई आर्य भाषा मानिएको छ । यसलाई पनि तीन भागमा बाँडिएको छ– प्राचीन आर्य भाषा, मध्यकालीन आर्य भाषा तथा आधुनिक आर्य भाषा । यही आधुनिक आर्य भाषा, मागधी प्राकृतको मागध अपभ्रंश रूपबाट असमी, मैथिली, अवधी तथा मगहीको साथमा भोजपुरी भाषाको उत्पत्ति भएको हो भन्ने मान्न सकिन्छ । नेपालको पूर्वी तराईमा मैथिली, मध्य तराईमा भोजपुरी तथा पश्चिमी तराईमा अवधी भाषा लोकव्यवहारमा प्रचलित रहेको अवस्था विद्यमान छ भने चारकोसे झाडीको दक्षिण तथा भित्री तराईमा थारू भाषा प्रचलनमा रहेको पाइन्छ । डा. हाजसनले ‘थारू’ नेपालको तराईमा निवास गर्ने थारू जातिको बोली हो भनेका छन् । उनले थारूहरू भारतको बहराइचदेखि चम्पारणसम्म बसोवास गरेका छन् तथा यिनीहरूको बोली वस्तुत: विकृत भोजपुरी हो भन्ने निष्कर्ष निकालेका छन् । थारू भाषामा एउटा आश्चर्यजनक विशेषता के देखिन्छ भने थारूभाषी मानिसहरूको तराईको प्राय: प्रत्येक जिल्लामा उपस्थिति देख्न सकिन्छ तर उनीहरूले बोल्ने भाषाको रूप जिल्लैपिच्छे फरकफरक छ ।  आ

वीरगंजमा रोटरी अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२९२ को प्रेसिडेन्ट इलेक्ट ट्रेनिङ शुरू

Image
प्रस, वीरगंज, १४ चैत/     रोटरी अन्तर्राष्ट्रिय ३२९२ को आजदेखि वीरगंजमा शुरू भएको तीन दिने पेट्स (प्रेसिडेन्ड इलेक्ट ट्ेरनिङ) सेमिनारको ड्रिस्टिक गर्भनर दिलेन्द्रराज श्रेष्ठले उद्घाटन गरेका छन् ।     स्थानीय होटल भिस्वामा शुरू भएको  सेमिनारमा नेपाल तथा भुटानका ८६ जना रोटेरियनहरूको सहभागिता छ । सन् २०१४–१५ (जुलाई–जून)का लागि प्रेसिडेन्ट इलेक्टहरूलाई तीन दिने सेमिनारमा क्लबको गतिविधि र सिद्धान्तबारे जानकारी गराइनेछ ।     उद्घाटन सत्रमा रोटेरियन सञ्जय गिरीले सहभागीहरूलाई स्वागत गरेका थिए ।     उद्घाटन सत्रका प्रमुख अतिथि डिस्ट्रिक गर्भनर श्रेष्ठले तीन दिने प्रशिक्षणले प्रेसिडेन्ड इलेक्टहरूलाई आफ्नो पदभार ग्रहणपछि कुन–कुन कार्यक्रम कुन–कुन क्षेत्रमा गर्ने भन्नेबारेमा सहजता हुने बताए । उनले ‘पद’ ग्रहण गर्ने तर ‘भार’ ग्रहण नगर्ने प्रवृत्ति पन्छाई नयाँ चुनिएका प्रेसिडेन्टहरूले रोटरीको ऐन नियम अनुसार कार्यकालभरि तदारूकताका साथ काम गर्न अनुरोध गरे ।     कार्यक्रममा गोपाल सुन्दरलाल कक्षपतिले कार्यक्रमबारे प्रकाश पारेका थिए भने अतिथि क्लबहरूको तर्फबाट रोटरी क्लब अफ वीरगंजका प्रेसिडेन्ट अभिषेक च

फैसला कार्यान्वयन नहुँदा समस्या –कामु प्रधानन्यायाधीश शर्मा

Image
प्रस, वीरगंज, १४ चैत/     कामु प्रधानन्यायाधीश दामोदर शर्माले अदालतको फैसला कार्यान्वयन हुन नसकिरहेकोमा चिन्ता व्यक्त गरेका छन् । युएनडिपी र पुनरावेदन न्याय क्षेत्र समन्वय समिति हेटौंडाको  आयोजनामा आज वीरगंजमा सम्पन्न न्यायिक कार्य सम्पादनमा न्याय क्षेत्र समन्वय समितिको भूमिका विषयक अन्तक्र्रियामा कामु प्रधानन्यायाधीश शर्माले अदालतको फैसला कार्यान्वयन गराउने काम सरकारको भएको र कार्यान्वयन नहुँदा आम मानिसमा न्यायालयप्रतिको दृष्टिकोण सकारात्मक नरहेको र अपराधीहरूको मनोबल बढिरहेको भन्दै फैसला कार्यान्वयन गर्ने गराउनेतर्फ पहल हुनुपर्ने बताए ।     प्रहरीले मुद्दा दर्ता गराएर मात्र नपुग्ने तर्क दिंदै उनले अपराधीलाई पक्राउ गरी तत्काल अपराध अनुसारको सजाय दिलाउन सकेको खण्डमा न्यायालयप्रतिको जनधारणा सकारात्मक हुने बताए । भ्रष्टाचार, कर छली, महिला एवं बालबालिकाविरुद्धको हिंसामा भएका फैसला कार्यान्वयनमा ढिलाइ भइरहेको भन्दै उनले चिन्ता व्यक्त गरे । कामु प्रधानन्यायाधीश शर्माले आगामी दुई महिनाभित्रमा यस्ता खाले मुद्दाहरूको फैसला चाँडोभन्दा चाँडो सुनवाइ गर्नेतर्फ पहल चालिने बताए । अदालत मात्र न्याय

बालक र बेलको रूख

- अभिषेक सुवेदी     एकादेशमा एउटा बेलको रूख थियो । त्यस रूखको तल सधैं एउटा बालक भकुन्डो (बल) लिएर खेल्न आउँथ्यो । बालक खुशी भएको देखेर रूख पनि खुशी हुन्थ्यो ।     एक दिन त्यस बालकको बल हराएकोले ऊ त्यसै रूखको तल आएर रुन थाल्यो । यो देखेर तिमी किन रुँदैछौं ? भनी बेलको रूखले सोध्यो । बालकले मेरो बल हराएको भनी सबै वृतान्त सुनायो । रूखले भन्यो– “तिमी मेरो रूखमा चढ बेल टिपेर त्यसैको बल बनाऊ ।” यो सुनेर बालक एकदमै खुशी भयो । उसले बेलको बल बनाएर फेरि त्यसै रूखको वरिपरि खेल्न थाल्यो । त्यतिखेर वैशाखको महिना भएर रूखमा बेल पनि निकै फलेको थियो । केही दिन बालक आएन । ऊ नआएकोले रूख पनि एक्लै भएको थियो । किनभने बालक अब युवावस्थामा पुगिसकेको थियो । उसलाई अब बलको आवश्यकता परेन । तर एक दिन ऊ फेरि रूखको तल आई अँध्यारो मुख लगाएर बसेकोले रूखले फेरि सोध्यो– “अब तिमीलाई के चाहियो ?” उसले भन्यो– “म अब ठूलो भइसकें मलाई अब आफ्नो आवश्यकता पूरा गर्नको लागि केही धन चाहिन्छ तर मसित केही पनि छैन।”     यस्तो कुरा सुनेर रूखले भन्यो–“हत्तेरी किन पीर लिनुपर्‍यो । यो बेलको पत्ता बेचेर वा यो सबै बेल बेचेर आएको पैसाले तिम्र

नल–दमयन्ती–८

- उमाशङ्कर द्विवेदी     माइतीमा एक दिन आराम गरेर दमयन्तीले आफ्नी आमासित भनिन्–“आमा, म तपाईंसित सत्य भनिरहेकी छु । तपाईं मलाई जीवित हेर्न चाहनुहुन्छ भने मेरो पतिलाई खोज्ने उद्योग गराउनुस् ।” दमयन्तीको विकल दशा तथा कातर वाणी सुनेर उनकी आमाले राजा भीमकसित भनिन्– “स्वामी, दमयन्ती आफ्ना पतिको लागि अत्यन्त विकल छिन् । उनले सड्ढोच त्यागेर आफ्ना पतिलाई खोज्ने उद्योग गर्न मलाई भनेकी छिन् ।” राजाले आफ्ना आश्रित ब्राह्मणहरूलाई डाकेर नललाई खोज्नको निम्ति नियुक्त गरिदिए । ब्राह्मणहरूले दमयन्तीको छेउमा गएर भने– “अब हामीहरू राजा नललाई खोज्न जाँदैछौं ।” दमयन्तीले ब्राह्मणहरूसित भनिन्–“तपाईंहरू जुन राज्यमा गएपनि मान्छेहरूको हुलमा भन्नुहोला– मेरो प्यारो पतिदेव, तपाईंले मेरो सारीबाट आधा च्यातेर म दासीलाई वनमा सुतेकै अवस्थामा कता जानुभयो ? तपाईंकी ती दासी त्यसै अवस्थामा आधा सारी लगाएर नै तपाईंको बाटो कुरिरहेकी छिन् तथा तपाईंको वियोगको दु:खले दु:खी छिन् । तपाईंहरूको कुरा सुनेर कसैले कुनै प्रकारको जवाफ फर्कायो भने त्यो को हो, कहाँ बस्छ ? आदि कुराहरूबारे पत्ता लगाउनुहोला तथा त्यसले के जवाफ दियो सो याद राख्नु

जीवनगङ्गा

Image
गताङ्कको बाँकी - रितु गुप्ता आफूले घर र खेत दुवै ठाउँमा  नभ्याएर मुरलीले एकजना गाउँकी गरिब  समालाई घरको काम र बच्चाहरूको  हेरचाह गर्न राखे । समाले घरको र  बच्चाहरूको ख्याल  राख्थी तर जे भएपनि ती चारैजना आमाबिनाका  टुहुराभैंm थिए । बच्चाहरूको आत्मबल खस्कँदै गयो । उता  माया पनि दिनरात आफ्ना बच्चाहरूको  बारेमा सोचिरहन्थिन् । बेलाबेलामा मुरली  उनलाई भेट्न पनि आउँथे । तर घर  फर्कने अनेक बिन्ती गरे पनि मुरलीले  मायालाई सान्त्वना मात्र दिएर फर्कन्थे । मुरलीले बच्चाहरूलाई खुब माया गर्थे । घरमा मीठो—मीठो खानेकुरा र नयाँ—नयाँ कपडा ल्याइदिन्थे र समालाई पनि  त्यसबाट दिन्थे । यो सोचेर कि उसले  मेरा बच्चाहरूलाई माया गर्ली ।     समय बित्दै गयो । छ महिनापछि मुरली मायालाई लिन राँची गए । चिकित्सकले थप केही औषधि दुई/चार  दिनका लागि लेखिदिए । माया घर फर्कने  कुरा सुनेर सार्‍है खुशी भइन् । खासगरी  आफ्ना बच्चाहरूका लागि ।     घर आउनेबित्तिकै मायाले आफ्ना आँखाका नानी, हृदयका टुक्राहरूलाई  अँगालोमा लिएर विछोडले सल्काएको  विरहको अग्निलाई शीतल पारिन् ।     ती अबोध बालकहरूको अनुहारमा  पनि एक अद्भुत किसिमको मुस

सीटी बजा रही है

Image
- चन्द्रकिशोर अङ्ग्रेजहरूले निर्माण गरिदिएको नासोको रूपमा स्वतन्त्र भारतलाई प्राप्त हुन आएको रेलसेवा अहिले त्यहाँको राष्ट्रलाई जोड्ने सबल माध्यम हुन पुगेको छ । भारतीय रेलवेका सञ्जालहरू विशाल भारतीय भूगोलको कुनाकुनामा फैलिएको छ । टाढाटाढाका मानिसहरूलाई जोड्ने र एकअर्का भूगोलको बासिन्दाका माझ अन्तर्निर्भरता खडा गर्नमा यसको महत्त्वपूर्ण भूमिका छ । यो रेलसेवा विश्वकै ठूला रेलवे नेटवर्कभित्र पर्छ । यसको सेवा आज पनि तुलनात्मकरूपमा अरू स्थलमार्गको पारवाहनभन्दा सस्तो र सुविधाजनक मानिन्छ । सामाजिक–आर्थिक विकास, व्यापार, तीर्थयात्रा, पर्यटन, शिक्षा, उद्योग, स्वास्थ्योपचार, कृषि, आपदा व्यवस्थापनजस्ता बहुआयामिक क्षेत्रमा संरचनागत टेवा दिन भारतीय रेलसेवा सफल भएको मानिन्छ । रेललाई भारतमा राष्ट्रिय एकताको आधुनिक सूत्रधारको रूपमा लिइने गरिएको छ । त्यसैले भारतीय जनमानसमा रेल बडो रूमानी तरिकाले जोडिएको छ । रेलसँग जोडिएर लोकोक्त्ति र यात्राका अनुभवजन्य किस्साहरू जनसामान्यमा अनेकन भेटिन्छन् । त्यसैले हिन्दी चलचित्रमा रेलसँग जोडिएर आएका गीतहरू सार्‍है मनपराइएका छन् ।  सीटी बजा रही है, छुक–छुक–छुक–छुक रेल

नाइँ भन्नुहुँदैन– ‘हिंडे पुगिन्छ, आँटे गरिन्छ’

Image
- बैद्यनाथ ठाकुर     आजभोलि हाम्रो समाजमा व्यक्तिहरू मनोवैज्ञानिकरूपले अति नै कमजोर हुँदै गएका छन् । बढ्दो बेरोजगारी तथा आकासिंदो महँगीले व्यक्तिहरू रनभुल्लमा परेका छन् । प्रत्येक व्यक्तिलाई आफूभित्रको शक्तिको महसुस नहुनुमा पनि वैज्ञानिक कारण छ । प्रत्येक व्यक्तिले आरामतलबी कामको इच्छा राख्छ । गुणात्मकरूपमा आफू सक्षम नभएको कुराले गर्दा व्यक्तिहरूको आँटमा कमी आइरहेको हुन्छ । आँट नै नभएपछि उसलाई आपैंmप्रति विश्वास हुने कुरै भएन । फलत: अर्काको भर पर्नुको कुनै विकल्प नै रहँदैन । यस्तो अवस्थामा व्यक्तिहरू बिनापरिश्रम रातारात धनी मात्र होइन, धनाढ्य बन्ने सपना देख्न थाल्छन् । फलस्वरूप उनीहरू बेइमानीको बाटोमा अग्रसर हुन बाध्य हुन्छन् । ऊ जहाँ हुन्छ, आफ्नो नैतिकता, मूल्य–मान्यता तथा मानवता सबथोक बिर्सेर केवल कालो धन प्राप्तिको दिशामा अगाडि बढ्न चाहन्छ । आफ्नो क्षमता अनुसारको काममा लाग्नुभन्दा पनि नक्कली कार्यहरू, जुन अन्तत: गैरकानुनी,  अनैतिक तथा मानवताविरुद्ध हुन्छ, गर्न उनीहरू निसङ्कोचरूपमा लागिपरेका हुन्छन् । यसक्रममा जो जहाँ जुन हैसियतमा हुन्छ, त्यही स्तरबाट ठग्ने बुद्धिको विकास गरेर अगाड

उखु किसानको समस्या

    चिनीमिलले पूर्वसहमतिबमोजिम उखु खरिद नगरेपछि उखु कृषकहरू आन्दोलित भएका छन् । बारा जिल्लास्थित रिलायन्स चिनीमिलले उखु खरिद नगरेको भन्दै कृषकहरूले प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका छन् । पर्सामा यसवर्ष करिब ३ हजार बिघा क्षेत्रफलमा उखुखेती भएको छ । सोमध्ये २० प्रतिशत जति उखु मात्र उक्त चिनीमिलले खरिद गरेको कृषकहरूको भनाइ छ । पर्सामा चिनीमिल छैन । यहाँ उत्पादित उखु बारामा जाने हो । चिनीमिलसँग सहमति गरेर किसानहरूले उखु लगाएका हुन् । रिलायन्स चिनीमिलले पर्सा, बारा, रौतहटका किसानहरूसँग उखु खरिद गर्दै आएको छ । बितेको वर्ष उक्त मिलले ११ लाख ७३ हजार ९३६ क्वीन्टल उखु खरिद गरेको थियो । यसवर्ष पर्साका कृषकहरूले लगाएका सम्पूर्ण उखु खरिद गर्ने आश्वासन दिंदै बितेको साउन महिनामा चिनीमिल सञ्चालक पक्षले ढुक्क भई खेती गर्न कृषकहरूलाई सार्वजनिक अपिल गरेको थियो ।     चिनीमिलसँग बितेका वर्षहरूमा भन्दा यसवर्ष उत्पादन क्षमता बढाउन सक्ने कुनै योजना तथा कार्यक्रम देखिएको छैन । पुरानै क्षमता अनुसार उखु क्रसिङ गर्ने हो भने उक्त मिलले पुरानै परिमाणमा मात्र उखु खरिद गर्न सक्छ । बितेक

सहयोग–सहकार्यबाटै प्रगति सम्भव

    कर्मफलका सम्बन्धमा मनीषीहरूको विचार के छ भने हामी जुन कर्म गर्दछौं, त्यसको फल त हामीले भोग्नैपर्छ साथै अन्य प्राणीले पनि भोग्नुपर्छ । मानिस सामाजिक पद्धति अनुसार हिंड्ने प्राणी हो र उसले अधिकांश नियमहरूको पालन सामूहिकरूपमा गर्नुपर्छ । त्यसैले हाम्रो कर्महरूको फल समूहलाई प्राप्त हुन्छ र समूहद्वारा गरिएको कर्मको फलभोगमा हाम्रो पनि भाग रहन्छ ।     समाज व्यवस्थाद्वारा उत्पन्न दोष वा श्रेष्ठ कर्मको फल सबै मानिसले मिलेर भोग्नुपर्छ । तर जसद्वारा जुन कर्म गरिन्छ, उसैले आफ्नो कर्मको अधिकांश फल भोग्नुपर्छ । केही अल्प भागमात्र समूहले भोग्छ । यसरी व्यक्तिको हित समष्टिमा र समष्टिको हित व्यक्तिमा निहित हुन्छ ।     यो विश्वास यस कारण पनि आवश्यक छ कि यसबाट परस्पर प्रेम, विश्वास र समत्व–भाव उत्पन्न हुन्छ । त्यसैले हामीले श्रेष्ठ कर्ममा स्वयं त प्रवृत्ति हुनैपर्छ, साथै अन्य व्यक्तिलाई पनि त्यस्तो गर्नका लागि प्रेरित गर्नुपर्छ ।     पृथ्वीको एउटा भागमा अकाल परेको छ र सकालको स्थिति उत्पन्न गराउन यज्ञादि श्रेष्ठ कर्म गरिन्छ भने त्यसको फल, सकालद्वारा अन्नको उत्पत्ति भएर सबैले प्राप्त गर्छन् । कर्तालाई म

एक वर्षभित्र संविधान– रामचन्द्र पौडेल

Image
प्रस, वीरगंज, १३ चैत/     नेपाली काङ्ग्रेसका उपसभापति रामचन्द्र पौडेलले एक वर्षभित्र संविधान आउने दाबी गरेका छन् ।     नेपाली काङ्ग्रेस पर्साका सभापति सुरेन्द्रप्रसाद चौधरीका पिता रामदयाल चौधरीको निधन भएको आज तेर्‍हौं दिनको पुण्यतिथिमा आयोजित श्रद्धाञ्जलिसभालाई सम्बोधन गर्दै उपसभापति पौडेलले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र धार्मिक आधारमा सबैलाई समेटेर एक वर्षभित्रमा संविधान जारी हुने बताए । उनले राष्ट्रिय अखण्डता, सम्पन्नता र सबलता प्रदान गर्न थारू समुदायले आधार स्तम्भका रूपमा भूमिका खेलेको बताए ।     नेता पौडेलले सबै जातजाति, वर्ग, धर्म, समुदाय, संस्कृतिको पहिचान र उत्थानको लागि नेपाली काङ्ग्रेस प्रतिबद्ध रहेकोमा जोड दिएका थिए । श्रद्धाञ्जलिसभामा नेता पौडेलले बन्द रहेको वीचिकालि र कृषि औजार कारखाना सञ्चालन गरी कृषि क्रान्ति ल्याउने आश्वासन दिए ।     औद्योगिकीकरणबिना मुलुकको विकास सम्भव नभएको तर्क दिंदै नेता पौडेलले मानिस मारेर मुलुकको विकास नहुने बताउँदै कृषि र औद्योगिक क्रान्तिबाट मात्र नेपालको विकास सम्भव रहेको बताए ।     श्रद्धाञ्जलिसभामा युवा नेता गगन थापाले स्व. रामदयाल चौध

उखु किसानहरूको प्रदर्शन, प्रमलाई ध्यानाकर्षण पत्र

Image
प्रस, वीरगंज, १३ चैत/     जिल्ला कृषक हकहित संरक्षण समिति पर्साले बाराको मनहर्वामा रहेको रिलायन्स चिनी मिलले उखु खरिद नगरेको भन्दै पर्साका प्रमुख जिल्ला अधिकारी कैलाशकुमार बजिमयमार्फत् प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको छ ।     समितिका अध्यक्ष सहरूम राउत गद्दीको नेतृत्वमा किसानहरूको टोलीले प्रजिअमार्फत् प्रधानमन्त्रीलाई २५ सूत्रीय माग सम्बन्धमा ध्यानाकर्षण गराउनुका साथै घण्टाघरमा विरोधस्वरूप उखु जलाएको थियो । अध्यक्ष गद्दीले पर्सा जिल्लामा यसवर्ष ३ हजार बिघामा उखुखेती गरिएको र त्यसमध्ये २० प्रतिशत उखु मात्र चिनीमिलले खरिद गरेको भन्दै किसानहरूको उखु खेतमै सुक्ने अवस्थामा आएको बताए । उनले बारा जिल्लामा रहेको रिलायन्स चिनीमिलसँग पूर्वसम्झौता गरी पर्साका किसानहरूले उखुखेती गरेकोमा अहिले आएर मिलले उखु खरिदमा आनाकानी गरिरहेको आरोप लगाए । समयमा उखु खरिद नगर्दा सयौं किसानहरू मर्कामा परेका छन्, उनले भने ।     पर्साका प्रजिअले तीन दिनभित्र बाराका प्रजिअमार्फत् रिलायन्स चिनीमिलसँग वार्ताको लागि पहल गर्ने भनेकोमा सो प्रक्रिया अगाडि नबढेको पत्रकारहरूलाई अध्यक्ष गद्दीले बताए । प्रजिअमार्फत् प्रधा

क्रिमिया सङ्कटको विश्व अर्थव्यवस्थामा प्रभाव

Image
- विश्वराज अधिकारी     चार वर्षदेखि चलिरहेको सिरियाली गृहयुद्ध र त्यहाँ भएका ठूल्ठूला हिंसाका घटनालाई छाडेर कुरा गर्ने हो भने विश्वमा अहिले द्वन्द्व त्यति विकराल मानवीय समस्या देखिएको छैन । हुनत अफगानिस्तान, इराक, सोमालिया, नाइजेरिया, भेनेजुएला, इजिप्टलगायत अन्य केही मुलुकमा बेलाबेला हुने अशान्तिको क्रम भने रोकिएको छैन । तर यी वा यस्तै अवस्था भएका अन्य केही राष्ट्रहरूमा भने सिरियाको जस्तो गम्भीर मानवीय समस्या देखिएको छैन, हालसम्मका लागि । यस प्रकार विश्वमा अहिले पूर्ण शान्ति नभए तापनि अति नै अशान्तिको अवस्था छैन । तर हालै भएको रूसी राष्ट्रपति भ्लादमिर पुटिनको महत्त्वाकाङ्क्षा विस्तारको नयाँ संस्करणले विश्वलाई ठूलो अशान्तिको दिशातर्फ धकेल्ने हो कि भनी चिन्ता गर्न थालिएको छ । समाप्त भएको शीतयुद्ध पुन: आरम्भ हुने हो कि भन्ने अनुमान गर्न थालिएको छ । केहीले त पुटिनको यो महत्त्वाकाङ्क्षाले विश्वलाई दुई गुटमा बाँड्ने अनि ठूलै युद्ध हुन सक्ने अड्कल काटिरहेका छन् । पुटिनले केही समय पहिले युक्रेनको हिस्सा रहेको क्रिमियालाई रूसमा विलय गराएका थिए । एक सार्वभौमसत्तासम्पन्न राष्ट्रको भूभागलाई राजन