- उमाशङ्कर द्विवेदी
वाष्र्णेय सारथि गइसकेपछि पुष्करले पासा खेलेर राजा नलको राज्य र धन जित्यो । उसले नल हारेकोमा उनलाई नानाथरि कुरा गरेर गिज्याउन थाल्यो । पुष्करको कृत्य देखेर नलको ह्दय फुट्ला फुट्लाभैंm भयो तर उनले मुखले केही पनि नबोलेर आफूले लगाएको जम्मै वस्त्राभूषण त्यागेर नगरबाट बाहिर निस्किए । दमयन्तीले पनि केवल एउटा सारी मात्र लगाएर पतिको अनुगमन गरिन् । नल र दमयन्ती नगर बाहिर तीन राति र दिन यताउति भौंतारिइरहे । दुष्ट पुष्करले नगरमा उर्दी जारी गरेको थियो कि जसले पनि नलप्रति सहानुभूति देखाउनेछ, उसलाई झुन्डयाइनेछ । यस प्रकारको उर्दीको भयले प्रजाहरूले आफ्ना प्यारा राजाको कुनै पनि किसिमको सत्कारसम्म गर्न सकेनन् । राजा नल र दमयन्ती तीन दिनसम्म केवल पानी मात्र पिएर बसे । चौथो दिन नललाई धेरै भोक–तिर्खा लाग्यो । उनीहरू अगि बढ्दै गए ।
केही पर पुगेपछि नलले देखे कि धेरै हाँसहरू उनको वरिपरि चारो टिपिरहेका थिए । हाँसहरूको प्वाँख सुनभैंm चम्किलो थियो । नलले मनमा विचार गरे– यिनीहरूको प्वाँख निश्चय नै दामी हुनुपर्दछ । यिनीहरूलाई समातेर प्वाँख बिक्री गरी केही धन पाउन सकिन्छ । तर हाँसहरूको गति चपल हुन्छ, यिनीहरूलाई समात्ने कसरी ? नलको मस्तिष्कमा तत्कालै एउटा युक्ति पलायो । उनले आफूले लगाएको एक्लो मात्र धोती फुकालेर हाँसको बथानमाथि पासो फालेभैंm फाली दिए । हाँसहरू त्यो धोती लिएर आकाशमा फुर्र उडे । अब नल ना·ो भएर मुन्टो निहुराइ त्यही बसिरहे । हाँसहरूले उड्दाउड्दै भने– “दुर्बुद्धे, तिमी नगरबाट एउटा वस्त्र लगाएर हिंडेका थियौ । त्यस कारण हामी अत्यन्त दु:खी भएका थियौं । ल अब हामीले तिम्रो सर्वस्व हरण गरेर जाँदैछौं, हामीहरू हाँस होइनौं, जुवाको पासा पो हौं ।” नलले दमयन्तीसित जम्मै कुराको बयान गरिदिए ।
यसपछि नलले दमयन्तीसित भने–“प्रिये, हेर यहाँ धेरै बाटाहरू छन्, जुन विभिन्न दिशामा जान्छन् । हेर, त्यो बाटो विदर्भ देशतिर गएको छ, त्यो बाटो कोशल देशतिर जाँदैछ । यस प्रकार नलले दमयन्तीलाई विभिन्न देशतिर जान लागेको बाटो देखाउन थालेपछि दमयन्तीको ह्दयमा च्वास्स घोच्न थाल्यो–अब मेरो पतिले मेरो परित्याग पो गर्न लागेका हुन् कि क्या हो ? उनको आँखाबाट बलिन्द्रधारा आँसु बग्न थाल्यो । उनी अवरुद्ध कण्ठले रुँदै भन्न थालिन्– “स्वामी, मलाई कहाँ पठाउन लाग्नुभएको हो । म हजुरको यस्तो अवस्थामा हजुरलाई त्यागेर कहाँ जान सक्छु र ? म तपाईंसित रहेर तपाईंको दु:ख हरण गर्नेछु । दु:खको अवसरमा पत्नी पतिको लागि औषधि समान हुन्छे । उसले धैर्य दिएर पतिको दु:खलाई अल्प पार्दछे । यो कुरा वैद्यहरूले पनि स्वीकार्छन् ।” नलले भने– “प्रिये, तिमीले भनेको कुरा ठीक हो । पत्नी मित्र र औषधि पनि हो । तर पतिले पत्नीको सुख–सयल, आहार–विहार र सुख–दु:खको पनि ख्याल गर्नु पर्ने होइन र ?” दमयन्तीले भनिन्–“स्वामी, तपाईंले मलाई देशविदेशको बाटो देखाइरहनुभएको हुँदा मेरो चित्त दुख्यो । यदि तपाईंले मलाई मेरो पिता वा अन्य कुनै सम्बन्धीको घरमा पठाउन चाहनुहुन्छ भने बेसै हो । जाऔं, हामी साथै हिंडेर मेरो बुवाको घरमा जाऔं । मेरा बुवाले हाम्रो सत्कार नै गर्नुहुनेछ ।” नलले भने– “प्रिये, तिम्रा पिता राजा हुन्, म पनि राजा थिएँ । यस बेला सड्ढटमा परेको बेला म त्यहाँ जान उचित हुने छैन ।” नलले दमयन्तीलाई सम्झाइबुझाइ गर्दै एउटै वस्त्रमा बेरिएर दुवैजना त्यही यताउति भौंतारिन थाले । अन्त्यमा भोक–प्यासले आकुल–व्याकुल भएर दुवैजना एउटा धर्मशालामा गएर बसे ।
नलको शरीरमा कुनै वस्त्र थिएन । धर्तीमा ओछयाउनको लागि एउटा सुकुल वा गुन्द्रीसम्म पनि थिएन । शरीर धूलो तथा पसिनाले लथपथ थियो । भोक–प्यासको पीडा भन्ने छँदै थियो । नल भुइँमैं सुते । दमयन्तीको जीवनमा यस्तो प्रकारको विषम परिस्थिति कहिले पनि आइपरेको थिएन । ती सुकुमारी पनि त्यही सुतिन् । दमयन्ती सुतिसकेपछि नलको निन्द्रा खुल्यो । भुइँमैं दमयन्तीलाई सुतिरहेको देखेर नल पीडाले व्याकुल भएर सोच्न थाले– “मसित बसेर दमयन्तीले दु:ख मात्र भोग्ने छिन् । बरु दमयन्तीलाई छाडेर गएँ भने सम्भवत: यिनी आफ्नो पिताको घरमा गएर सुख पाउलिन् कि ? दमयन्ती अत्यन्त पतिव्रता भएकीले कसैले पनि यिनको सतीत्व भ· गर्न सक्ने छैन ।” अन्तमा नलले निश्चय गरे कि दमयन्तीलाई छाडेर जाँदा नै बेस हुनेछ । यस प्रकारले दमयन्तीलाई त्याग्ने निश्चय गरिसकेपछि नलले विचार गरे– “म ना·ो छु तथा दमयन्तीको शरीरमा पनि एउटा मात्र वस्त्र छ । अत: त्यस वस्त्रबाट आधा च्यातेर लिनु नै श्रेयस्कर हुनेछ तर च्यात्ने कसरी । वस्त्र च्यात्ने बेला उनी ब्यूँझिन् भने के गर्ने ?” उनी चिन्तातुर भई धर्मशालामा यताउति भौंतारिन थाले । उनको दृष्टि एउटा बिनाम्यानको तरवारमाथि पर्यो । नलले त्यस तरवारलाई टिपेर त्यसको सहायताले दमयन्तीले थाहा नपाउने गरी उनको वस्त्रबाट आधा च्याते र आफ्नो शरीर छोपेर दमयन्तीलाई सुतिरहेकै अवस्थामा छाडी धर्मशाला बाहिर निस्किए । तर एकैछिनपछि त्यहाँ पुन: फर्केर दमयन्तीलाई त्यस्तो अवस्थामा देखेर नानाथरी विलाप गर्दै भन्न थाले–“प्रिये, तिमी धर्मात्मा हौ, त्यसैले आदित्य, वसु, रुद्र, अश्विनीकुमार तथा पवन देउताले तिम्रो रक्षा गरून् ।” त्यस बेला नलको मुटु छियाछिया भइरहेको थियो । उनी बारम्बार धर्मशालाबाट बाहिर निस्कन्थे तथा पुन: फर्केर त्यही आउँथे । शरीरमा कलयुगको वास भएको हुनाले उनको बुद्धि–विवेक नष्ट भइसकेकै थियो, अन्तत: उनी आफ्नी प्राणप्रिया पत्नीलाई त्यही एक्लै छाडेर त्यहाबाट हिंडे । क्रमश:...