- सञ्जय साह ‘मित्र’
नेपाली जनता निराशाको अपरम्पार गहिरो खाडलमा छ । आशाको किरण कतै कुनै कुना वा दिशाबाट आएको देखिएन । हिजो जनताका लागि मरेका वा मारेका भन्नेहरूको गाउँदेखि शहर र राजधानीसम्म आलिशान महलहरू ठडिइसक्दा जनताको हालत जहाँको तहीं छ । पटकपटक सरकारमा गएको अनुभव र अनुभूति बटुल्नेहरूले जनताको विश्वास आर्जन गर्न सकेको देखिएको छैन । जनता जहाँ पनि भौतारिइरहेको जस्तो देखिन्छ । मरुभूमिमा घाम चर्केको बेला जस्तोसुकै सानो आशाको वृक्ष फेला परे पनि प्राण जोगाइदिने यही हो भन्ने आशावादी भएर जनताले आफ्नो पक्षमा आवाज उठाइदिनेलाई हेरेको हुन्छ तर नेपाली नेताहरूमध्ये जनताको आँखामा अझै नबिझाउने गरी आफ्नो पहिचान बनाउन सकेको देखिएको छैन ।
यो हप्ता मुलुकको धेरै क्षेत्रबाट अनिश्चितता र कुहिरोको बादल फाटेको देखिएको छ । आकाश केही छ्याङ्ग उघ्रिएको छ राजनीतिको । सरकारले पूर्णता पाउने बाटाका तगाराहरू हटेका छन् । विपक्षमा बस्नेको मनस्थिति पनि अब दरिलो भएको छ । अब सरकारमा कुन पार्टी जाने र कुन पार्टीले के गर्ने भन्ने बहसबाट नेपाली जनताले त्राण पाएको छ । अब सरकारको अनिश्चितता र नेपाली जनताले आफ्नो अमूल्य मत दिएर पठाएका नेताहरूको किनबेचको कुरा पनि सुन्न पाइने छैन, जसले गर्दा आफ्नो शिर निहुराउन परोस् । जनताले अब सरकारले गर्ने र विपक्षीले गर्ने कार्यको विषयमा थोरै भए पनि गम्भीर भएर सोच्ने समय पाउने छ र जनताको सामु गरेका विभिन्न वाचा र कसमहरूको पनि अब जनताले परीक्षण गर्ने समय आइसकेको छ । किनभने अहिले सरकार गठन भएको छ र हरेक दलले आफ्नो डिउटी पाएका छन् ।
सरकारमा जानेमध्ये दुई ठूला दलले बराबरीको हैसियतमा गएको कुरा नेपाली जनताले बुझेको छ । नेपाली जनताले दिएको हैसियत अनुसार नै भागबन्डा पुर्याएर इतिहासको एउटा फरक कालखण्डमा संसद्मा रहेका दुईतिहाईको बहुमतले बनेको सरकारलाई देश र जनताको पक्षमा काम गर्न तथा संविधान बनाउन कसैले रोक्न सक्ने अवस्था छैन । यो मिलेर जाने यस्तो समय हो जब दशकौंदेखि नेपाली समाज र देशमा रहेका अनेक किसिमका विकृति र बेथीतिहरूलाई हटाउन सकिन्छ । नेपाली जनतालाई लोकतन्त्रको वास्तविक स्वाद दिलाउन सकिन्छ र परिवर्तनको अनुभूति दिलाउन सकिन्छ । जीवनस्तरमा सुधार ल्याउन सकिन्छ र सुशासन तथा कानुनको नजरमा सबै बराबर हुन् भन्ने देखाउन सकिन्छ । नेपाली काङ्ग्रेस र एमालेको संयुक्त सरकारले एमाओवादीलाई गलत भनिरहेको सन्दर्भमा अब आफ्नो व्यवहार र कर्तव्यबाट नै उत्कृष्ट कार्य गरेर देखाउने समय र अवसर आएको छ ।
लामो समयपछि मुलुक लोकतान्त्रिक प्रक्रियामा आएको टिप्पणी पनि कतिपय विश्लेषकले गरिरहँदा अहिलेको बेथीति र विकृतिलाई पनि मानेको हुनुपर्छ । आज विकृतिले नगाँजेको कुनै क्षेत्र नै छैन । यसले गर्दा सरकारमा गएकाहरूले र सरकारभन्दा बाहिर रहेकाहरूले समेत सामाजिक तथा राजनैतिक विकृति र अन्य विस·तिहरूलाई कसरी अझ कम गर्दै लैजाने भन्नेतर्फ सोच्नु आवश्यक भएको छ । देशको हरेक क्षेत्रमा देश र जनताको लागि काम लाग्ने धेरै काम गर्न बाँकी रहेको अनुभव गर्ने इमानदार नेताहरू जतिले अब काम गर्न थालिहाल्नुपर्ने भएको छ ।
काङ्ग्रेसको नेतृत्वमा एमालेसहितको सरकार जनचाहना अनुरूप बनेको छ । जनताले पछिल्लो निर्वाचनमा दुवै दललाई मिलेर सरकार बनाउने म्यान्डेट दिएको कुरा सर्वविदितै छ । यसै अनुरूप सरकार बनेकोले अब जनचाहना अनुसार नै काम हुने अपेक्षा जनताले गरेको छ । सर्वसाधारण नागरिकदेखि उच्च बौद्धिक नागरिकसमेतले सरकारमा एमालेलाई काङ्ग्रेसले साथै लैजानुपर्ने आवश्यकता बोध गराउनुको पछाडि देशका दुई प्रमुख दल एकअर्काका विरोधी भएर बस्नुभन्दा सहयात्री भएर सरकार चलाउँदा साँच्चिकै केही भइहाल्छ कि भन्दा पनि देशमा अनिष्टको शृङ्खला रोकिन्छ र देश दुवै दलले चाहेको बाटोमा हिंडेर एउटा सुन्दर निकास पाउँछ भन्ने अपेक्षा नै हो ।
काङ्ग्रेस र एमाले सरकारमा गएर जनताको पक्षमा काम गर्ने अवसर प्राप्त गरेको छ भने एकीकृत माओवादीलाई पनि विपक्षमा रहेर जनताको पक्षमा काम गर्ने मौका मिलेको छ । हिजोको दिनमा एमाओवादी सबैभन्दा ठूलो दल रहेको र आजको दिनमा नेपाली काङ्ग्रेस सबैभन्दा ठूलो दलको रूपमा स्थापित भएको छ । सबैभन्दा ठूलो दलको रूपमा विगतमा एमाओवादीले दुईपटक देश सञ्चालन गर्ने अभिभारा पाउँदा काङ्ग्रेस चाहिं विपक्षमा बसेको थियो । अहिले काङ्ग्रेसले देशको बागडोर हातमा प्राप्त गरेको समयमा एमाओवादीले विपक्षको कुर्सी सम्हालेको छ । संसदीय व्यवस्था भएको मुलुकमा प्रमुख प्रतिपक्षको पनि निकै महत्त्वपूर्ण भूमिका रहेको हुन्छ । असली प्रतिपक्षको भूमिका कतिसम्म हुन्छ भने प्रतिपक्षको उपस्थितिबिना संसदको काम र कारबाई अगाडि बढाउन मुश्किल हुन्छ । यस अर्थमा एमाओवादीको काँधमा पनि निकै ठूलो र गहन जिम्मेवारी आएको कुरालाई अस्वीकार गर्न सकिन्न ।
एमाओवादीको काँधमा अब सत्ताको जिम्मेवारी नभएकोले विपक्षीकै कारणले सरकार चलाउन गार्हो भएको छ भन्ने प्रश्न जनताले उठाउँदैन किनभने विगतको नेपालको इतिहास कस्तो रहेको छ भने विपक्षीले सरकारलाई चल्न नदिन जस्तोसुकै हत्कण्डा पनि अपनाउने गरेको छ । कुर्सी प्राप्तिका लागि आफ्नै सरकार ढालेर आफ्नो नेतृत्वमा सरकार गठनजस्तो अपराधलाई पनि क्षम्य मानिएको छ । तर आफूलाई अन्य दलको तुलनामा जनताप्रति बढी जिम्मेवार मान्ने एमाओवादीले भने विपक्षीको भूमिका निर्वाह गर्दै जनताको पक्षमा समेत काम गराउनु छ र आफूलाई जनताबीच स्थापित गराउनु छ । जनताबीच आफूलाई स्थापित गराउनु एमाओवादीको सबैभन्दा ठूलो चुनौती हो ।
अबको नेपाली राजनीतिले कस्तो मोड लिएको छ भने पालैपालो मात्र नेपाली जनताले कसैलाई पत्याउने छ । अघिल्लो निर्वाचनमा एमाओवादी प्राय: देशभरि नै पहिलो वा दोस्रो स्थानमा रहेको थियो तर उसले खासै केही गर्न नसकेको जनताले अनुभूति गरेपछि पछिल्लो निर्वाचनमा देशभर पहिलो र दोस्रो स्थानमा प्राय: काङ्ग्रेस र एमाले
नै रहे । एमाओवादी तेस्रो स्थानमा नै रहेको देखिएको छ । यसले के साबित गरिदिएको छ भने भारतमा जस्तो क्षेत्रीय दलहरूको भूमिका आफ्नो मूल प्रभाव क्षेत्रमा पनि सामान्य नै हुनेछ र केन्द्रमा बलियो पकड रहेका दलहरूले आलोपालो शासन गर्ने मौका पाउनेछन् । नेपालमा सरकारले चुनाव गराएको अवस्थामा स्थानीय निकायमा त जनताको राम्रै सहानुभूति लिएको देखिन्छ तर केन्द्रीय अर्थात् संसदीय निर्वाचनमा जनताले जहिले पनि तुलनात्मकरूपमा सत्ता सम्हालेको पार्टीलाई अस्वीकार नै गरिदिएको छ । हो, यसै ऐतिहासिक तथ्यलाई मनन गर्दै एमाओवादी जनताप्रति अझ बढी जिम्मेवार हुनुपर्ने आवश्यकता छ । विगतमा आफ्नो बोली र व्यवहारमा निकै भिन्नता भएको एमाओवादीलाई जनता र पत्रपत्रिकाले आरोप लगाउने गरेको यथार्थलाई मनन गरी एमाओवादी अबको समयमा आफू जनताबीच गएर जनताको नजरमा इमानदार साबित गर्नुपरेको छ ।
जनताको सेवा गर्न सरकारमैं रहनुपर्छ भन्ने होइन । हिजोको दिनमा एमाओवादीले बन्दूक उठाएर पनि जनताको पक्षमा लडेको बताएकै हो । एमाओवादीले उठाएका विषय तथा मुद्दाहरू निकै हदसम्म जनताको दैनिकी र सही समस्यासँग जोडिएको हुनाले जनताले प्रत्यक्षरूपमा एमाओवादीको समर्थन वा तत्कालीन गतिविधिको विरोध गरेका भए पनि मुद्दाको भने समर्थन गरेको कुरालाई मान्नैपर्छ । मुद्दा जनताको सवालसित जोडिएको अवस्थामा एमाओवादीको पक्षमा जन–उभार आएकै हो र जन–उभारलाई आफ्नो पेवा ठानेको कारणले एमाओवादीलाई जनताले तेस्रो स्थानमा पुर्याएको यथार्थ हो । यही यथार्थलाई एमाओवादीले समयमैं विचार पुर्याई जनतासित टुटेको सम्बन्ध जोड्ने कसरत गर्नु अनिवार्य छ । एमाओवादीका नेता तथा कार्यकर्ताहरू जनताबीच लामो समय दु:ख गरेर बसेका हुनाले र जनताको दु:ख तथा पीडालाई निकै नजिकबाट नियालेका हुनाले जनतासित जोडिन आवश्यक पर्ने गुणहरू भने बिर्सिइसकेका छन् भन्न मिल्दैन । जनतासित घुलमिल गर्न सक्ने नेताहरू भएकाले जनताको सेवा गर्न हिच्किचाउँदैनन् भन्न सकिन्छ ।
काङ्ग्रेस र एमालेले पनि अब दुवै दलसित प्रतिस्पर्धा गर्ने एमाओवादी नाउँको दल पाएको छ र जनताको नजरमा दुवै दल भनेको नाउँ मात्रको दल भएको, यथार्थमा एउटै दल भएको प्रचारप्रचार एमाओवादीले गर्ने आशड्ढा छ । सरकार सञ्चालन र संविधान निर्माणमा काङ्ग्रेस र एमाले एक साथ रहने तर दुवै दल एकापसमा निकै फरक विचार र दृष्टिकोण बोकेका पार्टी हुन् भन्ने कुरा जनतालाई बुझाउँदै लैजानुपने आवश्यकता देखिएको छ ।
जनता महँगीको कारण मारमा परिरहेको र विदेश पलायन हुन मात्र सोचिरहेको अवस्थामा जनताको पक्षमा काम गर्न दलहरूले ढिलो गर्नुहुन्न । जनताको सेवा जुन दलले गर्दछ मेवा पनि उही दलले पाउने निश्चित छ ।