– ब्रह्माकुमारी रविना
संसारका सबै जयन्तीहरू एवं पर्वहरूमध्ये त्रिमूर्ति शिव जयन्ती अर्थात् महाशिवरात्रि पर्व सबैभन्दा अद्भुत, नौलो र प्यारो छ । महाशिवरात्रि पर्व सबै आत्मामा परमपिताको अवतरण भएको महान् पर्व हो । सत्यम्–शिवम्–सुन्दरम्, अमूर्त अजन्मा, म·लकारी शिव परमात्माको जन्म दिवस हो । त्यसैले नेपाल र भारतमा सबैले अत्यन्त स्नेह, श्रद्धा एवं भक्तिभावले यो महोत्सव मनाउँछन् । विश्वको विभिन्न संस्कृति, धर्मशास्त्रहरू, पौराणिक ग्रन्थहरू, इतिहास एवं पुरातात्त्विक शोधमा सर्वत्र नै भगवान् शिव ज्योतिस्वरूप निराकार आशुतोष वरदानीको शिवलि·रूपमा पूजा प्रतिष्ठान यादगाररूपमा गरेको पाइन्छ । यस पर्वमा शिव मन्दिरहरूमा भक्तजनको भीडले नै महाशिवरात्रि पर्वको लोकप्रियता एवं परमात्मा शिवमा जनमानसको अपार श्रद्धा छ भन्ने बुझिन्छ ।
देउताहरूको पनि देउता, पिताहरूको पनि पिता, सम्पूर्ण धर्मावलम्बीहरूको आस्थाका केन्द्र शिव सबैका अराध्यदेव हुनुहुन्छ, सबैको प्रिय हुनुहुन्छ त्यसैले सबैभन्दा बढी भक्तजनले परमेश्वर निराकार शिव परमात्मालाई नै मान्दछन् । महाशिवरात्रि पर्व जति लोकमान्य एवं सर्वप्रिय छ त्यति नै अद्भुत एवं आश्चर्यजनक पनि । शिव र शड्ढरको अलग–अलग नाम, रूप, देश, कर्तव्य भए पनि शिवशड्ढरलाई एक मान्नु अजन्माको महोत्सव, सबैको जन्मलाई जन्मदिवसको रूपमा तर परमपिताको जन्मलाई शिवरात्रिको रूपमा मनाउनु, शिवलि·मा जलबिन्दुले अभिषेक ओकको फूल, बेलपत्र र धतुर चढाउनु, साँच्चै नै आश्चर्य एवं रहस्यपूर्ण छ । शिवरात्रिको यथार्थ रहस्यले भरिपूर्ण छ । तर बिडम्बना के छ भने शिवरात्रिको यथार्थ रहस्य नै नजानी यो पर्व मनाउनु, सारा जगत्को जो पिता हुनुहुन्छ, सबैको पालनहार सुख, शान्ति, ज्ञान, प्रेम, आनन्द, पवित्रता आदि गुण एवं शक्तिको जो सागर हुनुहुन्छ, उहाँलाई नाम–रूपबाट अलग भन्नु या नमान्नु नै मनुष्यको ठूलो भूल हो ।
मुख्य कुरा के हो भने नेपाल र भारतमा भक्तजनले नै आफ्नो इष्टदेव र अराध्यको महिमा सिद्ध गर्न भगवान् शिवलाई सर्वव्यापी भनेकोले संसारको सबैभन्दा ठूलो अहित भएको छ र रोचक, मनोरञ्जक, अतिरञ्जक बनाउने प्रयासमा सबैलाई ईश्वरबाट विमुख गरिदिएको छ । परमात्मा शिव सबै आत्मा एवं धर्मपिताहरूको पनि परमपिता हुनुहुन्छ र उहाँ निराकार ज्योतिस्वरूप परमधामको निवासी, सर्वोपरि दु:खहर्ता, सुखकर्ता, सर्वशक्तिमान, ज्ञानको सागर, सुख–शान्ति आनन्दको सागर, पतितपावन हुनुहुन्छ र शिवले नै कल्पको अन्त्यमा साधारण मनुष्य तनको आधार लिएर सबैलाई पावन बनाएर विश्वलाई स्वर्ग बनाउनुहुन्छ । शिव भारतभूमिमा अवतरण भएर सबै मनुष्य मात्रलाई स्वयंको पहिचान दिएर योगयुक्त रहने एवं दिव्य जीवन जिउने तथा श्रेष्ठ कर्म गर्नमा प्रवृत्त गर्न शिक्षा दिनुहुन्छ । यो रहस्य मानिसले जानेको भए, संसारमा यस्तो पापाचार र अधर्म फैलिने थिएन होला । भगवान् शिव नै सबैको मातापिता हुनुहुन्छ । सबैको रक्षक स्वामी, गति–सद्गतिदाता हुनुहुन्छ । उहाँलाई नै भारतवर्षको द्वादश ज्योतिर्लि·मा प्रतिस्थापित गरिएको छ । उनकै यादमा अमरनाथ, सोमनाथ, विश्वनाथ, रामेश्वरम, गोपेश्वर, पशुपतिनाथ मन्दिर बनेको छ । उनकै स्मृतिमा मुसलमानहरूको पवित्र तीर्थस्थल मक्कामा संग–ए–अस्वद राखिएको छ, जसलाई चुमेर उनीहरू आफूलाई धन्य अनुभव गर्दछन्, त्यही नूरलाई हजरत मुसाले कोह–ए–नूरमा देखेका थिए । शिवरात्रि नै शब्बेरात हो । ईसाईहरूले पनि गड इज लाइट भनेर उनैलाई भनेर त्यसको प्रतीक हातमा राखेर क्रिया खान्छन् । जापानमा पनि बुद्धिष्टहरू यसै शिवको प्रतीकको रूपमा रातो बत्तीमा आफ्नो ध्यान एकाग्र गर्दछन् । यसै एक शिवलि·को सम्पूर्ण जगत्मा मान्यता छ । बेबीलोनमा शिवलाई शिउन, मिश्रमा शिवको सेवा वा सेवाजिया भन्ने गरेको छ । रोम, चीन, फ्रान्स र युनानको गिर्जाघरहरूमा गिरिजापति शिवकै यादगार छ । तर भूल के भयो भने भारतवासीहरूले शिव र शड्ढरलाई एउटै हो भन्ने दर्जा दिए । परमज्योतिलाई आकारी, जटाधारी, सर्पको माला लगाउने, भभूत दल्ने भोलेशड्ढर भनिदिए । यदि शिव र शड्ढरलाई अलग मानेको भए आज विश्वको इतिहास नै अलग हुन्थ्यो । सबैले ज्योतिर्मय निराकार परमात्मा शिवलाई नै आफ्नो परमपिता स्वीकार गर्ने थिए । अर्थात् धार्मिक लडाइँ, झगडा गरी यति रक्तपात हुँदैन थियो । अनेक धर्म र धार्मिक विद्वेष हुँदैनथ्यो । अत: आजको सबै समस्याको हल नै धार्मिक एकता एवं शान्ति सद्भाव र विश्वबन्धुत्वको भावनालाई धारण
गर्ने हो ।
वास्तवमा महाशिवरात्रिको आध्यात्मिक रहस्य के छ भने कलियुगको अन्त्यमा जब सबै नैतिक मूल्य र मान्यता, मर्यादा र मानव जीवनका आध्यात्मिक मूल्यहरू नष्ट हुन जान्छ । त्यसपछि चारैतिर दु:ख र अशान्तिको अन्धकारले ढाक्न थाल्छ । आत्माहरू त्राहिमाम् गर्न थाल्छन् र परमपिता ईश्वर पितालाई पुकार्न थाल्छन् । त्यसपछि सर्वका सद्गतिदाता, भोलेनाथ, परमपिता शिव परमात्मा भगवान् एक साधारण मानवीय प्रजापिता ब्रह्मतनको आधार लिएर यो सृष्टिमा अवतरित भई मानवात्मालाई आफ्नो शरणमा लिनुहुन्छ । त्यसैको यादमा नन्दीगणलाई उहाँको वाहनको रूपमा देखाइन्छ र भनिन्छ साँढे धर्मको प्रतीक हो । जसको अर्थ हो निराकार परमात्मा शिव धर्ममाथि आरूढ भएर अर्थात् सत्य धर्मको स्थापनको लक्ष्य लिएर सृष्टिमा अवतरित हुनुहुन्छ । त्यसैले यो रात्रि शब्द कुनै १२ घण्टाभित्रको रात्रिको प्रतीक नभएर सृष्टिचक्रको उत्तराद्र्ध अर्थात् ब्रह्माको रात्रिको प्रतीक हो । जसको चरण अहिले चलिरहेको छ । काम, क्रोध, मद, लोभ जस्ता मनोविकाररूपी विष फैलिएर यसलाई विषरात्रिको रूपमा परिवर्तन गरिदिएको छ । यस्तो समयमा भगवान् शिवको अवतरण हुन्छ, जसले चारैतिर फैलिएको विषलाई पिएर विषरात्रिलाई कल्याणकारी रात्रिको रूपमा परिवर्तन गरिदिनुहुन्छ । ईश्वरप्रदत्त ज्ञान प्रकाशबाट चारैतिर सुखशान्ति फैलिन जान्छ र सुख–शान्तिको युग सत्ययुगको नयाँ संवत् प्रारम्भ हुन्छ । जहाँ शिवको भण्डार भरपूर र कालकष्टक सबै दूर हुन्छ ।
जब भगवान् शिवको शुभागमन, आत्मा, परमात्माको स्थायी निवास शिवलोक परमधामबाट हुन्छ । उहाँको हरहर महादेव तथा दु:खहर्ता सुखकर्ता आदि उपनामहरू पनि सिद्ध हुन्छ कि जब उहाँ कलियुगमा जनजनको दु:ख हरेर सुखशान्ति दिनुहुन्छ अर्थात् आत्माहरूको गति युगप्रबद्धका हुुनुहुन्छ । उहाँको देउताहरू तथा साधु महात्माहरूको जन्म लिएभैंm जन्म हुँदैन र उहाँको जन्म कुनै तिथिमितिलाई उल्लेख नगरेर त्यसलाई केवल एक रात्रिको रूपमा नाम दिएको छ । किनभने देउता र साधु–महात्मा आदिको त केवल दैहिक जन्म मात्र हुने गर्दछ । उनीहरू त एक शिशुको रूपमा जन्म लिएर कुनै मातापिताको पालनपोषणमा हुर्किन्छन् । उनीहरूका मातापिता बालकको जन्मदिनबारे जान्दछन् । तर परमात्मा शिव त कसैको पनि गर्भबाट जन्म नलिने स्वयं भगवान् हुनुहुन्छ । उहाँ जुन भौतिक शरीरमा साकार रूपमा अवतरित हुनुहुन्छ । उहाँलाई प्रजापिता ब्रह्मा नामाकरण गर्नुहुन्छ । शिव परमात्मा त्यसै साकार तनको माध्यमबाट प्रतिदिन सृष्टिको अगम निगमको (सृष्टिचक्रको आदि, मध्य र अन्त्य) भेद खोलेर पुन: शिवलोकमा फर्किनुहुन्छ । अत: भक्तजन यस पावन दिनमा रातभरि जागरण गर्ने गर्दछन् र उनीहरू शिवलाई प्रसन्न पार्नको लागि अनेकौं पूजाविधि गर्ने गर्दछन् । तर जागरण दुई प्रकारको हुन्छ । एउटा आँखाको र अर्को चाहि मनको । यदि आँखाहरू खुला छन् तर मन चाहिं काम, क्रोध, लोभ, मोह, अहड्ढार आदि विकारहरूको वशिभूत छ र अज्ञानतावश पाप कर्मको अधीनमा नै रहेको छ भने त्यसलाई सच्चा जीवनको जागरण भन्न सकिंदैन । सच्चा जागरण त तब हुन्छ जब मनरूपी परमात्मा शिवमाथि आकर्षित भई उहाँको गुण र विशेषताहरूको पूर्ण परित्याग भएको हुन्छ । यदि यस्तो गरिएन भने कामारी भगवान् शिव कामी, क्रोधीमाथि कसरी प्रसन्न हुनुहुन्छ ?
शिवभक्तहरू शिवरात्रिमा उपवास पनि गर्ने गर्दछन् । उनीहरू यो सोचेर अन्नको परित्याग गर्छन् कि त्यसबाट आलस्य एवं निद्रा महसुस नहोस् तर उपवास अर्थात् उपमाथि वास वस्तु अर्थात् मनबाट परमधामवासी परमात्माको समीपमा बसिरहनु नै सच्चा उपवास हो । यस्तो व्रत र उपवासबाट नै मनुष्यलाई मुक्ति प्राप्त हुन सक्दछ । शिव मन्दिरमा शिवको प्रतिमा ज्योर्तिलि·माथि एउटा गाग्रो झुन्डयाइएको हुन्छ, जसमा थोपाथोपा गरेर पानी प्रतिमामा खस्दै ुजान्छ । वास्तवमा मानवीय बुद्धि एउटा कलशजस्तै छ, जसमा सड्ढल्परूपी जल भरिएको हुन्छ । एक–एक सड्ढल्प परमात्माप्रति अर्पित गर्दै जानु नै सच्चा शिवरात्रि मनाउनु हो । शिवमाथि फूल, धतुरो यस निम्ति चढाइन्छ कि उहाँले विकारहरूको बलि लिनुहुन्छ । बेलपत्रले उहाँका तीनवटा कर्तव्यको बोध गराउँछ । बयर फल यस कुराको प्रतीक हो कि उहाँले नै मानव आत्माको बैर विरोध हर्नुहुन्छ । उहाँको गुणहरूको गान यस कारण पनि गरिन्छ कि मानव स्वयं उहाँजस्तै गुण र विशेषता सम्पन्न बन्न सकोस् ।
वास्तवमा भगवान् शिव अकाय हुनुहुन्छ । त्यसैले आत्माहरू पनि देहरूपी कलेवरलाई भुलेर तथा आफूलाई आत्मा सम्झेर उहाँसँग मिलन मनाउन सक्दछ, उहाँको समीपमा मनद्वारा पुग्न सकिन्छ । जब मनको लगन एकाग्रचित्त भई उहाँसँग लाग्न जान्छ, तब नै पूर्वजन्मको सम्पूर्ण विकर्महरू भस्म हुन जान्छन् । सूर्य र तारागणभन्दा पनि पर ज्योतिर्मय लोक परमधाममा शिव परमात्मा निवास गर्नुहुन्छ । संसारमा यो रीति रहेको हुन्छ कि मानव तनबाट जहाँ जान चाहन्छ, पहिलेदेखि नै उसको मन त्यहाँ जान्छ । अत: मनको तार उहाँसँग जोड्नाले बुद्धिरूपी हातहरूद्वारा उहाँका वरदानहरू लिनाले हाम्रा सबै सूक्ष्म स्थूल भण्डारहरू भरपूर हुन जान्छन् ।
अत: प्रजापिता ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयले यस वर्षको महाशिवरात्रि पर्वलाई ७८ औं शिवरात्रिको रूपमा मनाइरहेको छ । उहाँको यस दिव्य अलौकिक जन्म दिवसमा सम्पूर्ण नगरवासीहरूमा हाम्रो कोटीकोटी बधाईका साथै यहाँहरू पनि यथार्थ पहिचान गरेर आफ्नो सम्बन्ध उहाँसँग सुमधुर बनाई जन्म–जन्मान्तरको लागि पवित्रता, सुख, शान्ति र समृद्धिको जन्मसिद्ध अधिकार प्राप्त गर्नुहुनेछ भनी हार्दिक शुभकामना । ॐ शान्ति १