- कमलमोहन पोखरेल
मनुस्मृतिमा लेखिएको छ– “यत्र नारी पुजयन्ते रम्यते तत्र देवता” यस अतिरिक्त विभिन्न धर्मशास्त्रहरूमा नारीलाई उच्च स्थान दिई धनकी देवी लक्ष्मी, शक्तिकी देवी दुर्गा, विद्याकी देवी सरस्वती आदि देवीको रूपमा मानी पूजनीय बनाइएको पनि छ । अर्कोतर्फ त्यही धर्मशास्त्रले महिला अविवाहित अवस्थामा मातापिता, विवाहिता हुँदा पति र पति नहुने छोराको संरक्षकत्वमा रहनुपर्ने गरी पुरुषको अधीनमा बस्नुपर्ने व्यवस्था गरी नारीहरूलाई पराधीन सामाजिक संस्कारको व्यवस्था गरिदिएको छ ।
मानव अधिकारको विश्वव्यापी घोषणापत्र, महिलाविरुद्ध हुने सबैखाले हिंसाविरुद्धको महासन्धि, नेपालको संविधान र प्रचलित अन्य पृथक कानुनले महिला हिंसालाई रोक लगाएको छ । तथापि संसारभरि कुनै न कुनै रूपमा रहेको महिला हिंसा दक्षिण एसियामा बढी र दक्षिण एसियाका देशहरूमध्ये नेपालमा झन् बढी छ ।
शुक्रवारसम्म नेपालीका घर–घरमा श्रीस्वस्थानीको महिमा उल्लिखित पुस्तक पढिएको थियो । मैले पनि बाल्यकालमा श्रीस्वस्थानी व्रत कथा पढेको थिए । संयोगवश मैले यसवर्ष पनि पुन: केही अध्याय पढ्ने मौका पाएँ । सो पढ्दा महिला र बालबालिकाप्रति हुने हिंसाको मुख्य स्रोत नै धर्मग्रन्थ पो हो
कि भन्ने पनि लाग्यो । विष्ण्ुा भगवान्ले रूप बदलेर जालन्धरकी पत्नी बृन्दाको सतित्व हरण गरेको कुरा सविस्तार उल्लेख छ ? के यो जायज हो ? ६ वर्षकी बालिका गोमा ब्राह्मणीलाई भगवान् महादेवले भिक्षुको रूप धारण गरी श्राप दिएको ठीक हो त ?
पुण्य प्राप्ति हुन्छ भन्ने विश्वासमा ७ वर्षकी छोरी गोमालाई शिव शर्माले ७० वर्षको वृद्ध कुरूप शिबट्टसँग विवाह गरिदिएको ठीक थियो ? अनि कयौं मानिसहरूलाई बोकाई शिव शर्माले अनेकौं सामग्री दाइजो दिई
छोरी गोमालाई अन्माएको ठीक थियो त ? यी सबै तथ्य श्रीस्वस्थानी व्रत कथाको दुईवटा अध्यायका प्रस· हुन् । अरू अध्यायमा यस्ता कुरा कति होलान् । यस्तो श्रीस्वस्थानीको व्रत कथा हामीले अत्यन्त श्रद्धापूर्वक पढेर मनन गर्छौं ।
श्रीस्वस्थानी व्रतको महिमा वर्णित दुई अध्यायमा मात्र जबरजस्ती करणी, बालविवाह, दाइजो, बालअधिकार हनन एवं बालबालिका एवं महिलाउपरका हिंसाका अनेकौं प्रस· भेटिन्छन् । यो पुस्तक कहिले कसले कुन प्रस·मा लेखेको हो भन्ने यकिन तथ्य मैले कुनै धार्मिक गुरुबाट सुन्ने मौका पनि पाएको छैन । यसमा लेखिएका राम्रा कुरालाई मात्र समाविष्ट गरी यसलाई पुन: संशोधन गर्ने सम्बन्धमा धार्मिक गुरुहरूका
बीचमा छलफल चलाउन सकिन्छ कि सकिंदैन ? महिला र बालबालिकाका क्षेत्रमा कार्य गर्ने व्यक्तिहरूले मात्र होइन, आम नागरिक सबैले यसतर्फ एकपटक ध्यान पुर्याउनु जरुरी छ । यी प्रश्नहरू उठाउँदैमा म नास्तिक पनि त हुने होइन ।
हुनत यसको अर्को अध्यायहरूमा अनेकन बढी राम्रा पक्षहरू पनि छन् । तर समाजले नराम्रा कुरालाइ बढी छिटो बुझ्दो रहेछ, यो नै विडम्बना हो । नारीको स्थान उच्च स्थानमा राखेर लेखिएका शास्त्रहरू अनेकन छन् तापनि तिनै शास्त्रमा नारीको अधिकारलाई सङ्कुचित गरिएको हामी पाउँछौं । नेपाली हिन्दू धर्म मान्ने समाजमा सबैभन्दा बढी पढिने धार्मिक पुस्तक नै श्रीस्वस्थानी व्रत कथा हुन सक्छ । घर–घरमा यो पुस्तक राखिएको पाइन्छ र हरेक घरका बालबालिकादेखि वृद्धसमेतले यो कथा पढेका वा सुनेका हुन्छन् । त्यसैले अन्य धर्मग्रन्थभन्दा श्रीस्वस्थानी व्रत कथाको प्रभाव नेपाली समाजमा रहेको हुन सक्छ ।
शिक्षा एवं चेतना अभाव तथा केही लोभीहरूका कारण समाजमा व्याप्त रहेको बालविवाह र दाइजो आजको दिनमा समाज र देशकै लागि ठूलो अभिशापको रूपमा परिणत भएको छ । धेरै युवतीहरूले बिनाकारण अकालमा यसै प्रथाका कारण ज्यान गुमाउनुपरेको नमीठो पीडा हाम्रो सामु छ । भने जति दाइजो नपाएको भन्ने आधारमा लोग्ने र घर पक्षका परिवारका सदस्यहरूबाट दिइने अमानवीय यातना खप्न नसकी महिलाहरूले आत्महत्या गर्ने क्रममा पनि तीव्रता आएको छ । अर्कातर्फ लोग्नेसहित परिवारका सदस्यहरूबाट हत्या नै गरिएको, यातना दिएको, घरबाट निकाला गरिएको, बहुविवाह गरेको जस्ता घटनाहरू हामीले देख्नु, सुन्नु र पढ्नु परेको छ ।
प्रत्येक सरकारले यसलाई रोक लगाउने नीति अगाडि सारेका छन् तर कार्यान्वयन पक्ष शून्य छ । सबै नीति र प्रतिबद्धता कागजी बाघ मात्र साबित भएका छन् । अहिले दाइजो माग्ने कुरालाई मात्रै कानुनले निषेध गरेको छैन कि तडकभडक गरी बिहे भोजसमेत गर्न नपाइने व्यवस्था छ । तर त्यस्तो समारोहमा उपस्थित हुनेलाई कारबाई गर्ने नीति त छ, तर कार्यान्वयन शून्य ।
कतिपय मानिस र सामाजिक संस्थाहरूले दाइजोलाई गरीबीसँग जोडेर विश्लेषण गर्ने गरेका छन् । तर आजको दिनमा यो गरीबीको कारण मात्र होइन, हुने खानेको सामाजिक प्रतिष्ठाको विषय बन्दै गएको छ । मध्यम आर्थिक स्तर भएका समुदायलाई पनि यो ठूलो पीडा बन्न पुगेको छ । कसको विवाहमा कति दाइजो दिइयो र लिइयो भन्ने विषयले राम्रो चर्चा बटुल्छ र त्यसलाई हामी सबैले सहजरूपले लिइरहेका हुन्छौं ।
महिलाहरूले बालविवाह र दाइजोको कारण हुने पीडालाई श्रीस्वस्थानी व्रत कथाकी गोमाकै रूपमा आफूलाई बुझी वैवाहिक जीवनको स्थायी पीडाको रूपमा स्वीकार गरेर बस्न बाध्य छन् । यस्तो अवस्थामा बालविवाह, दाइजो प्रथालगायतका महिला हिंसा न्यूनीकरणका लागि कुनै एक पक्षको पहल र प्रयत्नले पुग्दैन । यसका लागि सामाजिक एवं धार्मिक जागरण र स्पष्ट कानुनी उपचारको बाटो पहिल्याउँदै अगाडि बढ्नु आवश्यक छ । अहिले समग्र मुलुक नै महिला हिंसाग्रसित भएको भएपनि तराई–मधेसका महिला यसबाट झन् बढी पीडित छन् । दाइजो र बालविवाहकै कारण झैंझगडा, मनमुटाव, पारिवारिक बेमेल, कुटपिट, यातना, हत्या, आत्महत्या जस्ता घटनामा तीव्रता आउँदैछ । फलस्वरूप यसले समाजको विकास प्रक्रियामा समेत नकारात्मक असर पारेको छ ।
समग्रमा समाजलाई हिंसामुक्त बनाउनका लागि धार्मिक ग्रन्थमा लेखिएका नकारात्मक पक्षलाई भन्दा पनि सकारात्मक पक्षलाइ ग्रहण गर्न जरुरी छ । अर्कोतर्फ जेलिएको कानुनी व्यवस्थालाई सरलीकृत गरी समाजलाई सचेत गर्नु अति जरुरी छ । त्यसैले हामी सबैले यी कुसंस्कारका विरुद्ध र सभ्य समाजको निर्माणको लागि हातेमालो गर्दै अगाडि बढ्न जरुरी छ । श्रीस्वस्थानीमाताले हामी सबै नेपालीलाई यही आशीर्वाद दिऊन् ।