प्रस, वीरगंज, १४ फागुन/
पर्सा जिल्लाको ग्रामीण क्षेत्रमा पनि एचआइभी सङ्क्रमितहरूको सङ्ख्या बढ्दो छ ।
जिल्ला एड्स समन्वय समिति, पर्साले जनाए अनुसार पर्सा जिल्लाको मनियारी, लिपनीबिर्ता, ल·डी, धोबिनी, जयम·लापुर, मिर्जापुर, मुडली, भिस्वा, बगवन्ना, बागेश्वरी तित्रौना, पटेर्वा, सबैठवा, ठोरी, सुवर्णपुर, विजबनिया, गोविन्दपुर, सुपौली, हरपतगंज, अलौ, मधवन मथवल, सिर्सिया, पोखरिया ग्रामीण क्षेत्रमा सयजनाको हाराहारीमा एचआइभी सङ्क्रमितहरू रहेका र यी मध्ये ल·डीमा एकजना सङ्क्रमितको मृत्यु भएको जिल्ला एड्स समन्वय समिति, पर्साका संयोजक श्वेता सरितले बताइन् ।
विस्थापित हुने र घरेलु महिलाहरू एचआइभी सङ्क्रमित भएको उनले बताइन् । मुख्यत: २५ देखि ५० वर्ष उमेरका मानिसहरू एचआइभी सङ्क्रमित भएको उनको कथन थियो । उमेरको हिसाबले पाको उमेरका व्यक्ति एचआइभी सङ्क्रमित हुनु चिन्ताको विषय भएको उनको भनाइ छ ।
पर्सा जिल्लामा एड्स सङ्क्रमित ३२ जना महिलामध्ये १९ जना विस्थापित तथा १३ जना घरेलु महिला एचआइभी सङ्क्रमित रहेको जनाइएको छ । गत असारसम्मको तथ्याड्ढ अनुसार वीरगंजको विभिन्न केन्द्रहरूमा गरिएको परीक्षणमा ८ सय २ जना सङ्क्रमित फेला परेका र तीमध्ये ६६ जनाको मृत्यु भइसकेको संयोजक सरितले बताइन् ।
एचआइभी सङ्क्रमितमा वयस्कहरूको सङ्ख्या ७ सय १७ रहेको छ भने ८५ जना बालबालिका छन् । पर्सा जिल्लाको सन्दर्भमा २ सय ४५ जना पुरुष, १ सय ७८ जना महिला र १ जना तेस्रो लि·ी गरी ४ सय २४ जना सङ्क्रमित रहेको बताइएको छ ।
वीरगंज शहरमा मात्र १ सय ४१ जना एचआइभी सङ्क्रमित छन् ।
एचआइभी सङ्क्रमित १२ जनाको निधन
सिकेन्द्र पासवान, कलैया १४ फागुन/
बारा जिल्लामा एक सय आठजना एचआइभी सङ्क्रमित रहेका एक कार्यक्रममार्फत् बुधवार विद्यार्थी जागरण मञ्च पर्साले जनाएको छ ।
लामो समयदेखि जिल्लामा लागू औषध प्रयोग गर्दै आएका प्रयोगकर्ताहरूलाई सचेत गराउन विजामले चेतनामूलक काम गर्दै आएको छ ।
ग्लोबल फन्ड्सको सहयोगमा विजामको आयोजनामा संञ्चालित विस्तृत एचआइभी एड्स कार्यक्रम अन्तर्गत सोसल अडिट कार्यक्रममा एक नगरपालिका गरी १७ गाविसमा विजामले काम गर्दै आएको
विजाम पर्साका अध्यक्ष महेश अर्यालले बताए ।
जिल्लामा सबभन्दा बढी पिप्रासिमरामा १९ र कोल्भीमा एकजना प्रयोगकर्ता रहेको उनले बताए । कलैया नगरपालिकामा १३, जितपुरमा १४, लिपनीमालमा ८ जना गरी जिल्लामा एक सय आठ एड्स सङ्क्रमित रहेका र १२ जनाको निधन भएको विजामका सचिव विशाल सत्यालले बताए ।
यसैगरी जिल्लामा आठ सय ८२ जना लागू औषध सेवनकर्ताहरू रहेकामा पाँच सय दशजना विजामको सम्पर्कमा रहेको विजामका नीरज शाहले बताए । कार्यक्रममा बारा नागरिक समाजका सुखाप्रसाद चौधरी, उद्योग वाणिज्य सङ्घका महासचिव राजकुमार शाह, प्रहरी निरीक्षक उत्तमप्रकाश बराल लगायतले प्रयोगकर्ताहरूलाई जनचेतना मार्फत् सेवन घटाउँदै जानेमा जोड दिएका छन् ।