- रितु गुप्ता
‘गङ्गा’ सुन्ने बित्तिकै मनको गहिराइमा शान्ति र चोखोपन मिश्रित छाल उठ्छ । पवित्रताकी पर्याय, संसारका असङ्ख्य पाप, दुष्कर्म र मैला पखाल्दै, सबैलाई चोखो पार्दै आफू पनि शुद्ध छिन्– गङ्गा ।
पूजाआजा, तीर्थ–धाम, जहाँ पनि प्रयोग हुन्छ, गङ्गाजल । मानिसले पिउन, पाप धुन, नुहाउन र खेतमा अन्नबाली उब्जाउन पनि नदी भनौं कि देवी गङ्गाको बखान शब्दमा सम्भव छैन । विद्युत् उत्पादनदेखि अनेकौं व्यापार र मनोरञ्जनको स्रोत भएकी गङ्गा माताले आफ्ना सन्तानहरूमाथि सदैव कृपादृष्टि राख्छिन् । गङ्गा भनेको कुनै ठाउँ विशेषको कुनै नदी विशेष नभएर जलकी देवी, प्राणीकी जीवनधारा, पृथ्वीको ७० प्रतिशतसम्म ओगटेको जलस्रोतका समूहहरूलाई सम्बोधित गरिएको हो ।
गङ्गाले पृथ्वीका सबै प्राणीलाई माया त गर्छिन् तर रिसाउने बित्तिकै मानिसले गरेका दुष्कर्मको फलस्वरूप उनीहरूलाई सजाय पनि दिन्छिन् । खेतको उर्बरता मरूभूमिपनमा बदलिन्छ । मानिस, गाउँ–शहर, देश अझ भनौं संसारै ध्वस्त पार्न सक्छिन् ।
यही नीतिलाई अपनाएको छ हाम्रो जीवनले पनि । कहिले हर्षको बन्दुकबाट चल्दछ गोली त कहिले दु:खको अबिर दलिन्छ शरीरभरि । जिन्दगीको रथ गुड्दै छ पाङ्ग्रामा, उड्दैछ समय पङ्ख लगाइ । कहिले रसिलो आँप रै’छ जीवन, अहिले सुकेको खोस्टा । जीवनले कसैलाई नाम, यश, धन, स्वास्थ्य सबथोक दिएको छ भने कसैलाई भोका–नाङ्गा, बदनाम–बेसहारा । त्यसैले भनिन्छ– ‘जीवन हो गङ्गा, जीवनगङ्गा ।
जुन दिशामा हावा चल्छ, उही दिशामा उठ्छ छाल, उतैतिर ढुङ्गा हिंड्छ, छैन कसैको हात ।
आफ्नो हातमा केही छैन, सैर गर्नु छ, नाँच्नु छ अरूकै इसारामा दिनरात ।
१
मधुर स्वरमा कोकिल गाउँदै थिई, सूर्य मुस्कुराउँदै उदाउँदै थिए, मीठो बास्ना छर्दै वायुले पनि ऋतुराजको आगमनको सूचना दिंदै थिए । विशाल नेपालको दक्षिणपट्टि बसन्तपुर भनिने गाउँमा बसन्त विश्राम गर्न बसेको सङ्केत त्यहाँका रूखबिरूवा, हावापानी, नदी, चराचुरूङ्गी र रङ्गीचङ्गी फूलहरूले गरेका भान हुन्थ्यो।
मुरली र उनका दुई भाइ छोरा घरबाहिरको बरन्डामा बसेर चालै नपाइकन प्रकृतिको यो मनोरम रूप देखेर मुग्ध भएर मुख धुँदै थिए । मुरली बसन्तपुरका एक धनीमानी कलवार जातिका व्यक्ति थिए । उनको ३०–३५ बिघा जति जमीन र बसन्तपुर अनि वीरगंज दुवै ठाउँमा प्रशस्त घडेरी थियो । सेतो धोती, खादीको कुर्ता र काँधमा रातो गम्छा उनलाई खुब सुहाउँथ्यो । उनको शरीर अग्लो र खाइलाग्दो थियो । गोरो अनुहारमा रातो चन्दन लगाएर हिंड्दा उनी कुनै सेठभन्दा कम देखिंदैनथे । उनको जेठो छोरा ओम र कान्छो जय पनि उनीजस्तै सुन्दर र रवाफिला थिए । चार वर्षका ओम र दुई वर्षका जय निकै चलाख र प्यारा थिए ।
दतिवन गरेर आफ््््नो मुखमा पानी छ्याप्दै थिए मुरली, एक्कासि उनले आफ्नी पत्नी माया रोइरहेकी आवाज सुने । ऐय्या.........आह.......मरे बा.......। मुरली झस्के र दगुरेर भित्र गए । छोराहरू पनि पछि लागे । भित्र उनले पत्नी मायालाई प्रसवपीडाले छट्पटिएर रोइरहेको देखे । मायानजिक गएर मुरलीले उनको हात समाउँदै र कपाल सुम्सुम्याउँदै भने– “नरोऊ १ सब ठीक हुन्छ । म केसरिया र सावित्री काकीलाई लिएर आउँछु ।”
आफ्ना छोराहरूलाई उनले आमाको ख्याल गर्न भने । ओम र जय आमा तड्पिरहेकी देखेर रून थाले । “आमा न लुुनुच्, के भो ?” जयले रूँदै सोध्यो ।
मायाका सासू–ससुरा थिएनन्, मुरली एक्लो सन्तान थिए । उनका नातेदारहरू पनि धेरै टाढा बस्थे । नातेदारहरूभन्दा मुरली धेरै धनी भएकाले उनको सबैले ईष्र्या गर्थे । माया र मुरलीको बीचमा धेरैले झगडा लगाउन खोजे तर आफ्नी सोझी र भावुक पत्नीप्रति मुरलीलाई पूरा विश्वास र अगाध माया अनि आस्था थियो । कसैको केही नलागेर नातेदार पनि मुरलीको परिवारसित खासै वास्ता राख्दैनथे, आफ्नो मौका परेको बेला मात्रै भाइचाराको वास्ता दिन्थे ।
२
उता, मुरली हतपत केसरियाकहाँ गए र भने– “काकी छिटो हिंड्नुस्, ओमकी आमालाई सार्है पीडा भएको छ ।” केसरीया अबेर नगरीकन मुरलीको घरतिर दौडी । मुरली सावित्रीलाई लिन गए ।
केहीबेर माया कराइरहिन् । बाहिर बुवाको काँखमा दुवै भाइ बसेर आफ्नो भाइ आउने हो कि बहिनी भनी बुवालाई सोध्दै थिए ।
“‘च्याँ...च्याँ...च्याँ....च्याँ...” भित्रबाट आवाज आयो । मुरलीको चिन्तित कालो अनुहारमा मुस्कानको ज्योति छरियो । भित्रबाट “बधाई १ बधाई छ ११ छोरो भएको छ ।” भन्दै केसरिया बाहिर आई । यो सुनेर मुरलीको खुशीको सीमा नै रहेन र उनले झट्टै खल्तीबाट पाँच सयको नोट झिकेर केसरियालाई दिए । ओमले सोध्यो– “दादी १ भाइ आएछ । मेलो भाइ ।” केसरियाले ओमको टाउको सुम्सुम्याउँदै, हाँस्तै ‘हो’ भनी टाउको हल्लाई ।
“ओई, ओम दाइ... त्तो... मेलो भाइ... ओ .... मो दाइ भएँ ।” केसरिया काकी र मुरली हाँस्तै बच्चाहरूलाई लिएर माया र नवआगन्तुकलाई हेर्न भित्र पसे ।
“आमा मेलो भाइ आयो ।” भनेर ओमले मायाको गालामा म्वाइँ खायो ।“मो..तेलो...दाइ उँm” भनेर जयले भाइको हात समायो ।
सुतीको सेतो कपडामा बेरिएको त्यो बालक साँच्चै कुनै देवताको अवतार हो कि जस्तो लाग्थ्यो । मायातिर हेर्दै उनको हात समाउँँदै मुरलीले भने— “मेरी प्रिय १ तिमीले मलाई ३/३ वटा छोराको बाउ बनाएर मेरो शान र मान दुवै बढाइदिएकी छ्यौ । म तिमीप्रति आभारी छु ।”
लाजले आँखा झुकाउँदै माया केही नबोली एकपटक आफ्ना तीनै छोराहरू र एक बाजी आफ्ना पतिलाई हेरेर आँखाबाट हर्षका आँसु झारिन् ।
सावित्री र केसरिया बाहिर गए । मुरलीले केसरियालाई आफ्नी छोरी गेनहरियालाई केही दिन मायाको सुसारे बस्न पठाउन अनुरोध गरे ।
धनीमानीकै निगाहमा गरिबको घर चल्दो हो । त्यसैले होला मनले नमाने पनि गरिबीले केसरियाको मगजलाई मनायो । ‘हुन्छ’ भनेर केसरिया आफ्नो झुपडीतिर लम्की ।
यता, गेनहरियाले माया, नव बालक, ओम, जय र मुरलीको सेवाटहल गर्न थाली । अठार वर्षकी तरूनीले घरको सबै काम गर्न भ्याउँथी । गेनहरिया सार्है फूर्तिली र मिहिनेती थिई, आखिर गरिब किसानकी छोरी जो थिई । मिहिनेती र गरिब भएपनि उसको गालामा लाली चढिसकेको थियो, अनुहारमा हिस्सी नाँचिरहन्थ्यो । पुरानो मैलो लुगा लगाएकी भएपनि ऊ कुनै राजकुमारीजस्तै देखिन्थिई ।