प्रस, वीरगंज, १५ फागुन/
नेपाल पत्रकार महासङ्घ पर्सा शाखाको कार्यसमिति सदस्य पदका लागि ९ जना उम्मेदवारहरूले आज संयुक्त उम्मेदवारी घोषणा गरेका छन् । कार्यसमिति सदस्य पदका घोषित उम्मेदवारहरूमा सफल खतिवडा, सञ्जीव मिश्र, छठु साह, दिपक गौतम र नवराज फुयाल रहेका छन् ।
त्यसैगरी आरक्षण कोटातर्फ महिलामा लक्ष्मी खरेल, दलितबाट विनोद परियार, मधेसीमा नरेश सर्राफ र आदिवासी जनजाति कोटाका लागि उत्तम खड्गीले उम्मेदवारी घोषणा गरेका छन् ।
महासङ्घ जिल्ला कार्य समितिको जम्मा १० सदस्यमध्ये आरक्षणतर्फ ४ र अन्यबाट खुलाबाट ५ सदस्य निर्वाचित हुन्छन् । भेलाले आरक्षणतर्फका चारवटै सदस्य पदमा उम्मेदवारी घोषणा गरेको छ भने अन्यतर्फका पाँचवटा कोटामध्ये एक कोटा रिक्त राखिएको छ ।
वीरगंजमा सम्पन्न सर्वपक्षीय सञ्चारकर्मीहरूको भेलाले महासङ्घको कार्यसमितिको १० वटा सदस्य
पदमध्ये ९ वटा पदमा उम्मेदवार घोषणा गरेको हो ।
सदस्य पदका लागि यसबाहेक अरू केही उम्मेदवारहरूले प्रचारप्रसार गरिरहेका छन् भने केही उम्मेदवारीको तयारीमा छन् । उनीहरूमध्येकै योग्य एकजना उम्मेदवारलाई समूहमा मिलाउने गरी सदस्यको एक स्थान खाली राखिएको भेलाका सहभागीहरूले बताएका छन् ।
जिल्लामा अध्यक्ष पदमा मुख्यत: दुई पक्ष देखिएको भए तापनि सदस्यहरूमा प्यानेलवाइज घोषणा बिहीवारसम्म दुवै पक्षले गरेको छैन । ‘महासङ्घका सदस्य पक्षधर’ को नामबाट आज संयुक्त उम्मेदवारी घोषणा गरेका उम्मेदवारहरूले दुवै प्यानलबाट यसै समूहलाई मान्यता दिनुपर्ने र सोको लागि पहल गर्ने निर्णय गरेको छ । भेलाको निर्णयलाई मान्यता नदिने पक्षलाई मुख्य शत्रु किटान गरी महासङ्घको चुनावमा अगाडि बढ्ने निर्णय भेलाजन्य उम्मेदवारहरूले बताएका छन् । भेलामा सञ्चारकर्मी प्रताप श्रेष्ठ, ज्ञानेन्द्रराज मिश्र, मनोज पटेल, महम्मद निजामलगायतले मन्तव्य प्रकट गरेका थिए ।