प्रस, वीरगंज, १५ फागुन/
७८ औं महाशिवरात्रिको पावन अवसरमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र वीरगंजको आयोजनामा “आन्तरिक शान्ति एवं विश्व सद्भावका लागि परमात्म ज्ञान” प्रवचन समारोह छपकैया स्थित विश्व दर्शन भवनमा सम्पन्न भयो ।
कायक्रमका प्रमुख अतिथि एमबि केडिया डेन्टल कलेज तथा शिक्षण अस्पतालका प्रबन्ध निर्देशक डा रामअवतार खेतानले दिप प्रज्जवलन गरी कार्यक्रमको उद्घाटन गदै वर्तमान तनाव युक्त समयमा अनेकौं मानसिक एवं शारिरीक रोगहरूको निदान राजयोगद्वारा गर्न सकिने कुरामाथि जोड दिए । कार्यक्रममा विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी कैलाश कुमार बजिमयले शिव झण्डोतोल्लान गर्दै ब्रह्माकुमारी संस्थाद्वारा दिईने आध्यात्मिक ज्ञान र राजयोगको शिक्षाले मानिसको चरित्र निर्माणमा सुधार हुने भएकोले यसले समाजमा सद्भाव फैलाई शान्ति कायम हुने धारणा राखेका थिए । वीरगंज सेवा केन्द्रकी मुख्य संचालिका ब्रह्माकुमारी रविना दिदीको सभापतित्वमा सम्पन्न समारोहमा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रिय सदस्य विजय कुमार सरावगी, वीरगंज उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष गणेश लाठ, ब्रह्माकुमारी बेली दिदी, मिरा दिदी लगायतकाले मन्तव्य व्यक्त गरेका थिए । ब्रह्माकुमार जितेन्द्रको सञ्चालनमा भएको उक्त कार्यक्रममा ब्रह्माकुमार गोवद्र्धन चौधरीले धन्यवाद ज्ञापन गरेका थिए ।
ज्येष्ठ नागरिक समाजका अध्यक्ष पशुपति बिक्रम शाह, वीरगंज उद्योग वाणिज्य सङ्घका सचिव रविन्द्र कुमार वर्णवाल, समाजसेवी उषा शाह, ॐ साई केन्द्रका पूर्व अध्यक्ष नारायणी श्रेष्ठ लगायत अन्य सङ्घ संस्था तथा कार्यालयका पदाधिकारी, समाजसेवी एवं राजयोगी राजयोगिनीहरूको उल्लेख्य उपस्थिति रहेको उक्त समारोहमा बहिनी अनामिका, अनु र रिड्ढीले भगवान शिवको महिमालाई नृत्यद्वारा उजागर गरेकी थिईन ।
भुवनेश्वरनाथमा मेला
प्रस, परवानीपुर/
आज महाशिवरात्रिको दिन अविवाहित युवती तथा व्रतालु महिलाहरू व्रत बसी, पूजा गर्न नजिकको शिवालयहरूमा पूजा सामग्रीका साथ समूह समूहमा देखिएका थिए । परिवारमा सुखसमिद्घ प्राप्त होस् भन्ने आश लिएर आएको लिपनीबिर्ता–५ की सुनैना देवीको भनाइ थियो । सोही क्रममा पर्साका मठमन्दिरमा श्रद्घालुहरूको घुइँचो लागेको पाइयो । पर्सौनीबिर्ता गाविसमा रहेको भुवनेश्वरनाथ मन्दिरमा मेला लाग्यो ।
गण्डक नहरको छेउमा रहेको सो स्थानमा वैशाखको तेरस र महाशिवरात्रिको दिन मेला लाग्ने मन्दिरका पुजारी इनरमन गिरीले बताए । यो मन्दिरमा परवानीपुर, लिपनी, चैनपुर, बहुअरी, पिपरा, राधेमाई,
पर्सौनी, इटियही ,मनियारी भवानीपुरका व्रतालुहरू पूजा गर्न आउने गरेका छन् । यो मन्दिरको उचित संरक्षण र संवद्र्घन भयो भने पर्साको पर्यटकीय स्थानमा परिणत हुन सक्ने सम्भावना छ ।
करिब २ बिघामा रहेको सो
मन्दिरको उचित संरक्षणमा ध्यान दिन मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शिवशड्ढर यादवले सबैको ध्यानाकर्षण हुनुपर्ने बताए ।
सिद्धेश्वर महादेव परिसरमा मेला
सिकेन्द्र पासवान, कलैया/
सिद्धेश्वर महादेव मन्दिर, कलैयामा आयोजित शिवरात्रि मेला भव्यरूपमा सम्पन्न भएको छ । बालबालिका, युवा तथा वृद्धहरूको उल्लेख्य सहभागितामा मेला हेर्न र पुजा पाठ गर्न कलैयालगायत ब्रम्हपुरी, झिटकहिया, बघवन, रङपुर, सिसहनिया र भारतबाट समेत भक्तजन आएका थिए । बिहान ४ बजेदेखि राति ८ बजेसम्म पूजा जारी रहने मन्दिरका पुजारी श्रीधर आचार्यले बताए । त्यसैगरी जिल्लाको सहजनाथ महादेव काटघाट, सिम्रौनगढ ल·डा चोकमा मेलाको आयोजन गरिएको थियो ।