महबुब आलम, पोखरिया, १३ फागुन/
निश्शुल्क क्यान्सर रोग परीक्षण एक दिवसीय शिविर एवं अभिमुखीकरण कार्यक्रम आज पोखरिया अस्पताल परिसरमा सम्पन्न भयो । नेपाल अर्बुद रोग नियन्त्रण संस्थाको आयोजना एवं रोटरी क्लब अफ वीरगंज, मेट्रोपोलिस र जिल्ला जनस्वास्थ्य कार्यालय पर्साको सहयोगमा सम्पन्न शिविरमा १५६ जनाको स्वास्थ्य परीक्षण भएको हो ।
शिविरमा भक्तपुर क्यान्सर अस्पतालका डा. प्रभु साहको नेतृत्वमा १८ सदस्यीय चिकित्सक टोलीले रोगीहरूको स्वास्थ्य परीक्षण गरेको थियो । संस्थाका पर्सा जिल्ला अध्यक्ष उषा शाहको सभापतित्व एवं प्रमुख जिल्ला अधिकारी कैलाशकुमार बजिमयको मुख्य आतिथ्यमा सम्पन्न शिविर उद्घाटन समारोहमा जिल्ला जनस्वास्थ्य कार्यालय, पर्साका प्रमुख अरुण महतो, रोटरी क्लबका जगदीश अग्रवाल, अर्बुद रोग निवारण संस्थाका केन्द्रीय सदस्य बद्री पोखरेल, प्रकाश खतिवडा, शाखा सल्लाहकार पशुपति विक्रम शाह, पोखरिया असपताल व्यवस्थापन समितिका अध्यक्ष मैनुद्दिन अन्सारीलगायतले मन्तव्य प्रकट गरेका थिए ।
सो अवसरमा प्रजिअ बजिमयले चेतना अभावका कारण अर्बुदरोगले मानवको ज्यान लिइरहेको उल्लेख गर्दै सामाजिक संघसंस्थाहरूलाई शहर केन्द्रित नबनी ग्रमीण क्षेत्रमा चेतना अभिवृद्धिका लागि भूमिका निर्वाह गर्न आग्रह गरेका थिए । उनले सुर्ती, गुटखा, चुरोट सेवन गर्नाले अर्बुद रोग निम्तिन्छ भन्नेबारे समेत कैयन ग्रामीण बासिन्दालाई जानकारी नभएको बताउँदै उपचार तथा स्वास्थ्य परीक्षणतर्फ सतर्कता अति नै कम भएको टिप्पणी गरेका थिए ।