केही काम निर्ममतापूर्वक पनि गर्नुपर्छ । निर्मम नबन्दा परिस्थिति आफैं निर्मम बन्न जान्छ, जुन मानिसको सामथ्र्यबाहिर हुन्छ । आज नेपालको वन–ज·ल क्षेत्रको निर्ममतापूर्वक विनाश भइरहेको छ । वनजन्य पदार्थ मात्र होइन, वनको क्षेत्रफल पनि दिनानुदिन घटिरहेको छ । वन जोगाउन नतातेको सरकार हो, सरोकारवाला निकाय हो । वन–ज·ल देशको सम्पत्ति हो, जनताको सम्पत्ति हो । त्यसैले वन–ज·लको सुरक्षाको पहिलो दायित्व सरकारको हो । त्यसपछि प्रशासनिक तत्परता चाहिन्छ, यी दुवैको सामञ्जस्य भयो भने नागरिकस्तरमा जनताको सहभागिता स्वयमेव हुन जान्छ । वन–ज·लमा सरोकारवालाबाहेक बिनाअनुमति कोही पनि जान पाउँदैन । खासगरी वन्य पदार्थमा हानिनोक्सानी पुर्याउने उद्देश्य बोकेको कसैको पनि प्रवेश रोक्न प्रशासन तत्पर रहनुपर्छ । तर सीधासोझा मानिस बरु ज·ल प्रवेश पाउन वञ्चित होला, रूख ढाल्ने, बालु–गिट्टी चोर्ने, शिकार खेल्नेहरूको आवतजावत निरन्तर जारी छ । यसै त सार्वजनिक हितका लागि भन्दै सडक, बिजुलीको नाउँमा ज·लको ठूलो विनाश भइसकेको छ । त्यसमाथि अहिले वनक्षेत्रमा गुम्बा निर्माण हुन थाल्नुलाई उदेकपूर्ण मात्र मान्न सकिन्छ ।
सिमरा–रामवनको ज·लमा धार्मिक प्रयोजन होस् वा अन्य कुनै वनक्षेत्र नाश गरेर कुनै पनि प्रकारको संरचना निर्माण हुनु अशोभनीय हो । आजको युगधर्म भनेको पर्यावरणको रक्षा हो । पर्यावरण जोगाउन वन–ज·लको अहम् र प्राथमिक भूमिका हुन्छ । सम्पूर्ण प्राणीको एउटा महत्त्वपूर्ण सहारा बनेको ज·लको विनाश भनेको मनुष्य जातिको मात्र होइन, सम्पूर्ण चराचर जगत्को विनाशको कारण बन्न सक्दछ । बढ्दो जनघनत्व र भूमि तथा बसोवास व्यवस्थापनको वैज्ञानिक मापदण्ड नभएकोले नेपालको सारा चरिचरनलगायत अधिकांश भूमि अव्यवस्थाको शिकार हुन पुगेको छ । यद्यपि नेपालमा अहिलेसम्म जनघनत्व कहालिलाग्दो गरी बढेको छैन तर पनि खुला भूमि पाउन गाउँ–बस्ती–शहरमा निकै गार्हो हुँदै गएको छ । यस्तो बेला एउटा दीर्घकालीन रणनीति बनाई ठोस कानुनी व्यवस्था गरेर ज·ल जोगाउन लागिएन भने भोलिको नेपाल, सानोसानो झुपडी, मानिसको थुपरी हुन बेर लाग्दैन ।
समयचक्रसँगै धर्मको, समाजको, जातजातिको परिभाषा पनि परिवर्तित हुँदै जान्छ । हिजोको धर्म (सम्प्रदाय होइन) आज काम नलाग्ने भइसकेको हुन्छ । तर पनि विद्वान् पुर्खाहरूले दूरदृष्टि राखेर वन–ज·लको महत्त्वलाई उच्च स्थानमा राखेका थिए । वन–ज·ल मात्र होइन, गाउँबस्तीलाई पनि वन्यमय बनाउने उपदेश दिएर गएका छन् । गाउँघरमा वर–पिपल, कदम्बलगायत घना वृक्षहरूको रोपणलाई जहाँ धार्मिकताको आवरणमा संरक्षण गर्ने व्यवस्था गरेका थिए त्यहीं वृक्षरोपणलाई अति महान् मानव कर्तव्य बताएका थिए । त्यस बेला अधिकांश पृथ्वीलाई वन–ज·लले ढाकेको भए तापनि अझ वृक्षरोपणको महत्त्व दर्साइयो तर आज किन वन ज·लहरू घट्दै जाँदा पनि वन ज·ल मासेर बाली उब्जाउन र बस्ती बसाल्न, त्यतिले पनि नपुगेर धर्मको नाउँमा गुम्बा बनाउँदै बिस्तारै बस्ती विकासतिर मानिसको चेष्टा आकर्षित हुन थालेको छ ? यसमा स्वार्थ छ, हिजो तपस्याको नाउँमा ज·ल फाँडेर तपस्वी रामबहादुर बमजनले गरेको लीला कोसँग छिपेको छ र १ तसर्थ वन सबैको हो, वन अक्षुण्ण रहनुपर्छ । आजको मानवतालाई जोगाउने सबैभन्दा महत्त्वपूर्ण साधन नै वनज·ल हो ।