नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म तराईका विभिन्न जिल्लाहरूमा बसोवास गर्ने विभिन्न थरले चिनिने माली, सैनी, भगत, भण्डारी, मल्होरी, मालाकार आदि माली जाति हुन् । यो जाति सदीयौंदेखि नेपालमा बसोवास गर्दै आए तापनि यस जातिको अस्तित्व लोप हुने अवस्थामा छ ।
नेपाल एउटा बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक पृष्ठभूमि बोकेको देश भएकोले यस देशको विभिन्न जिल्ला गाउँ, नगरहरूमा अल्पसङ्ख्यकको रूपमा सदीयौं (परापूर्वकाल) देखि बसोवास गर्दै आएको जाति हो माली । यस जातिलाई माली शब्दले नै परिभाषित गर्दछ । जसले फूल र यससँग सम्बन्धित सम्पूर्ण कार्यहरू (विवाहमा काम लाग्ने मउर, मुकुट र देउताहरूको पूजामा काम लाग्ने गेरुवा झाँप, माला, सेहाला फूलको माला बनाई मण्डप–मडवा तथा गाडी, स्टेज सजाउनुसँग सम्बन्ध राख्दछ । नेपालको तराईका विभिन्न जिल्ला, गाउँ तथा नगरहरूमा छरिेएर विभिन्न टाइटिलहरू (थरहरू) माली, सैनी, भगत, भण्डारी, मालाकार, मल्होरी आदि र पहाडमा भएका थरहरू आदि ८०,००० भन्दा बढी सङ्ख्यामा रहेको छ र यस जातिको उत्पत्ति हिन्दूग्रन्थको सातौं स्थानमा पर्नेै अग्निकुण्डबाट भएको बुझिन्छ । माली जाति खासगरी तीर्थस्थलहरूमा फूलको खेतीपातीलगायत केही कृषि कार्यमा आबद्ध रही केहीले व्यापार–व्यवसायमा र बाँकीले ज्याला, मजदुरी गरी जीवनयापन गर्दै आएका छन् । तर यस जातिको अवस्थामा हालसम्म कुनै किसिमको परिर्वतन नआएकोमा यो जातिको संरक्षण, संवद्र्धन एवं उत्थानको लागि हालसम्म पनि सरकारले कुनै ध्यान दिएको पाइँदैन ।
यस जातिको सङ्ख्या अल्पसङ्ख्यक भएकोले अन्य जातिहरूभन्दा फरक तथा हरेक क्षेत्रमा पिछडिएको छ । यो जाति अन्य समुदायका जातजातिहरूको त्रास, दमन, शोषण थिचोमिचो मात्र नभई राजनैतिक दमन एवं सामाजिक उत्पीडनले गर्दा पनि नचिनिने (लुप्त) अवस्थामा देखिएको छ । आफ्नो जाति यसरी रूमलिरहेको पाउँदा यस जातिले आफ्नो सही पहिचान, जातीयता, राष्ट्रियता, धार्मिक, सामाजिक, सांस्कृतिक, राजनैतिक अवस्थालगायत शान्ति, सद्भावको आधारमा गाउँ, क्षेत्र राष्ट्रियता तथा अन्तर्राष्ट्रिय जगतमा जगजारण गराउनका लागि नेपाल सरकार, मानव अधिकारकर्मी र सञ्चारकर्मीलगायत सम्पूर्ण सम्बन्धित निकायहरूलाई यस जातिको हक हित संरक्षण तथा अस्तित्व जोगाइ राख्नको लागी आवश्यक सहयोगको साथै सबैमा र्हािर्दक अपिल गर्दछौं ।
रामकिशोर कुमार भगत
च्बmपष्कजयच।दजबनबतछ२नmबष्।िअयm