$type=ticker$count=12$cols=4$cate=0

आर्थिक व्यवस्थापनको चुनौती

SHARE:

-  शीतल महतो
 आर्थिक वर्ष २०६४/०६५ मा ५ दशमलव ८ प्रतिशत आर्थिक वृद्धिदर हासिल भए यता अर्थतन्त्रको बिस्तारको दर ५ प्रतिशत पनि छुन सकेको छैन । त्यतिखेर डा. रामशरण महत अर्थमन्त्री हुँदा उक्त आर्थिक वृद्धि दर हासिल भएको हो । संविधानसभाको पहिलो निर्वाचन यता मुलुकको आर्थिक वृद्धिदर ४ प्रतिशतको हाराहारीमा सीमित भयो । सात वर्षपछि अहिले पुन: डा. महत अर्थमन्त्री हुनुभएको छ । डा. महत अर्थमन्त्री हुँदा लगानीमैत्री वातावरण निर्माण भई मुलुकको आर्थिक वृद्धिदर हासिल हुने विश्वासका साथ अहिले निजी क्षेत्रमा उत्साह बढेको छ । तर अहिलेको अवस्थामा ६ प्रतिशतको आर्थिक वृद्धिदर पुर्‍याउन डा. महतका लागि सहज अवस्था भने पटक्कै होइन । सात वर्षअघि डा. महतका कारण मात्र नभई नेकपा (माओवादी) शान्ति प्रक्रियामा आएर पहिलो संविधानसभा निर्वाचनमा समेत सहभागी भएकोले लगानीकर्तामा विश्वास पलाएको थियो । त्यसयता बजेटलाई राजनीतिक उद्देश्य परिपूर्तिको हतियार बनाउन थालेपछि क्रमश: अर्थतन्त्रको विस्तार सङ्कुचन हुन थालेको देखिन्छ । यसपटक त समयमा बजेट आउन नसकेको वर्षभन्दा पनि अर्थतन्त्र नाजुक अवस्थामा रहेको छ । चालू आर्थिक वर्षको पहिलो ६ महिनामा विनियोजित बजेटको पूँजीगत खर्च १३ प्रतिशत मात्रै भएको अवस्था छ । त्यसैले लामो समय अर्थ मन्त्रालय सम्हालेका डा. महतलाई पनि अर्थतन्त्रलाई ट्रयाकमा ल्याउन त्यति सजिलो छैन ।
    मुलुकमा खर्च गर्ने सरकारी निकाय र निजी क्षेत्रको विश्वास निकै गुमेको छ । निजी क्षेत्र लगानी गर्न नसक्ने अवस्थामा मात्र नभई सरकारी निकाय पनि हातमा रहेको बजेट खर्च गर्न सकिराखेको छैन । सरकार र पूँजीपति अर्थात् निजी क्षेत्र पर्याप्त खर्च गर्न सक्ने र जनताले मनग्गे बचत गर्न सक्ने अवस्था भएको अर्थतन्त्र स्थिर र बलियो मानिन्छ । तर मुलुकमा सरकार र निजी क्षेत्रले खर्च गर्न नसक्ने र सर्वसाधारणले आम्दानी गर्न नपाउने उल्टो परिस्थिति देखिएको छ । अर्कोतिर मुलुकको व्यापार घाटा ९ वर्षमा सात गुणा बढेको छ । चालू आर्थिक वर्षको पहिलो ६ महिनामा व्यापार घाटा रु २ खर्ब ९० अर्ब पुगिसकेको छ । व्यापार तथा निकासी प्रर्वद्धन केन्द्रले सार्वजनिक गरेको तथ्याड्ढ अनुसार यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १३ दशमलव १३ प्रतिशतले वृद्धि भएको हो । चालू आर्थिक वर्षको पहिलो ६ महिनामा रु ३ खत्र्र ८३ करोड आयात भएकोमा उक्त अवधिमा रु ४५ अर्ब मात्र निर्यात भएको छ । यही अनुपातमा व्यापार घाटा बढ्ने हो भने यो वर्ष रु ६ खर्ब व्यापार घाटा सजिलै पुग्ने अनुमान आर्थिक विश्लेषकहरूको छ । यसरी उच्च व्यापार घाटा, ऊर्जा सड्ढटसँगै राजनीतिक र नीतिगत अस्थिरतालगायत कारणले मुलुकको अर्थतन्त्रको समस्या दशकयता यथावत छ । यसरी उल्टो अवस्थामा रहेको अर्थतन्त्रलाई ट्रयाकमा ल्याउन र लगानी गर्दा प्रतिफल सुनिश्चित छ भनेर विश्वास जगाउन सक्नु अर्थमन्त्री डा. महतका लागि मुख्य चुनौती हो ।
    यसका साथै यतिखेर मुलुकमा चारैतिरबाट भ्रष्टाचार, अनियमितता, र विकृतिको कालो बादल छाएको छ । विकासको नाममा विनाश निम्त्याउने कार्य भइरहेको छ । हाम्रो घरेलु तथा कुटीर उद्योग लगायत उत्पादन एवं वितरण प्रणालीमा ठूलो र्‍हास आएको छ । राज्य संयन्त्रले विकासका सूचनाहरू नागरिक समक्ष नपुर्‍याई उनीहरूको हक अधिकारको ग्यारेन्टी गर्नेतर्फ उन्मुख नहुँदा समग्रमा सबै राज्य संयन्त्रका उत्पादन, वितरण, त्यसको साझेदार र सामूहिक संयन्त्र कमजोर भएर वास्तविक जगबाट सिर्जनात्मक विकास र वस्तुगत आर्थिक विकास हुन सकिराखेको छैन । ऊर्जा अभाव उत्पादनको मुख्य बाधक हो । ऊर्जा अभाव हटाउन अर्थमन्त्रीले साहसी निर्णय गर्नुपर्दछ । उत्पादन होस् वा प्रसारण, सरकारले आफ्नो खर्च बढाउनुपर्दछ । यसले निजी क्षेत्रमा विश्वास सृजना भई लगानी र रोजगारी बढ्छ । चालू आथिक वर्षको पहिलो पाँच महिनामा मूल्य अभिवृद्धिकर (भ्याट) लक्ष्य भन्दा रु ३ अर्ब कम उठ्नु भनेको मुलुकमा उत्पादनको अवस्था अत्यन्त न्यून हुनु नै हो । दशकयता मुलुकको अर्थतन्त्रमा औद्योगिक क्षेत्रको हिस्सा आधा घटिसकेको छ । गत वर्ष एक दशमलव ८५ प्रतिशतको झिनो दरले मात्र यस क्षेत्रको विस्तार भयो, लगानीकर्तामा विश्वासको सड्ढट हुँदा यो क्षेत्र पनि फस्टाउन नसकेको हो ।   
    त्यसैले अब स्वदेशीमुखी विकास ढाँचा र आत्मनिर्भर बनाउन लगाउने पक्षमा अब आम नेपालीको आवाज उठ्नुपर्दछ । नेपालमा आर्थिक समृद्धिका प्रमुख आधारहरू प्रकृतिले सित्तैमा दिएको छ । तिनको मात्र सही, व्यवस्थित र उपयुक्त किसिमले परिचालन एवं सदुपयोग गर्न सक्यौं भने मात्र पनि नेपालमा आर्थिक समृद्धि सम्भव छ । यसरी हामीसँग भएको अनुपम प्राकृतिक स्रोत साधनको दिगो व्यवस्थापन गरी आर्थिक समृद्धिका योजनाहरू निर्माण गर्न राज्यव्यवस्था, राजनीतिक नेतृत्व र अर्थमन्त्री सचेत हुनुपर्दछ ।
    सबैभन्दा पहिले खर्च गर्ने सरकारी निकाय वा मन्त्रालयका अधिकारीहरूको निर्णय क्षमता बढाउनुपर्दछ । आयोजनाको बहुवर्षीय ठेक्कापट्टा, त्यसका प्रमुखको कार्यसम्पादन मूल्याड्ढन र समयमैं अख्तियारीको सुनिश्चितता हुन नसक्नुका कारण खोज्नुपर्दछ । अनि सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको आर्थिक कार्यसूची तयार गर्दा सामाजिक न्याय, आर्थिक समृद्धि र समानतालाई विशेष जोड दिनुपर्दछ । सामाजिक स्तरमा, अवसरको पहुँचमा, सम्पत्ति र आयआर्जनमा तथा जीवनस्तरमा समानता खोज्नु अहिलेको आवश्यकता हो । केही राजनीतिक दल र योजनाकारहरूले समानतालाई मानवीय पक्षसँग गाँस्न रुचाउँछन् र विपन्न समुदायप्रति दयाभाव प्रदर्शन गर्दै समानता मानवीय आवश्यकता हो भन्ने गर्छन् । तिनीहरू ग्रिबप्रति दया गरेको दम्भ प्रदर्शन गर्दछन् । गरिबी र विपन्नताले कहिले, कहाँ र कसरी सताउँछ भन्ने कुराको अनुभूति गर्दैनन् । उनीहरूका लागि गरिबीको उत्थान गर्ने कुरा आर्थिक आवश्यकता कहिले पनि होइन, समानतालाई उनीहरूले सपना बाँड्ने खेल भन्ने गर्दछ । तर पूर्ण राजनीतिक प्रतिबद्धता र इमानदारिताका साथ आँट गर्न सक्यौं भने समतामूलक समाज निर्माणमा ठूलो योगदान पुर्‍याउन सक्छन् । असमानता अहिलेको आधुनिकीकरणतर्फ लम्केको सभ्य समाजमा लागेको कालो दाग हो ।
    असमानताले गरिबी र विपन्नता निम्त्याउँछ । यो यथार्थलाई सबै पक्षले मनन गर्नैपर्दछ । अहिलेको समस्या र चुनौती भनेको आयआर्जन र आर्थिक साधन स्रोतको बाँडफाँडको असमान वितरण प्रणाली मात्र होइन, शक्ति विभाजन तथा शिक्षा एवं सीप विकासको असमानता पनि गरिबी र विपन्नताको उद्गमस्थल हो । त्यसैले अहिलेको मुख्य र अहम् प्रश्न आम नेपाली नागरिकप्रति कुन हदसम्मको जिम्मेवारी प्रदर्शन गर्ने भन्ने नै हो । नेपालको ९० प्रतिशत गरिब र विपन्न नागरिकलाई उनीहरूले पाउनुपर्ने न्यायोचित हिस्सा नदिने हो भने त्यसको मूल्य राष्ट्रले अति भयानकरूपमा चुकाउनुपर्ने हुन सक्दछ । समावेशी स्वरूपमा आधारित आर्थिक, सामाजिक, राजनीतिक र संस्थागत नीतिको अवलम्बनबाट मात्र आर्थिक वृद्धि, आर्थिक विकास र समतामूलक समाजको निर्माण गर्न सकिन्छ । अब बन्ने नयाँ संविधान यी कुरालाई कुन रूपमा समावेश गर्ने हो, त्यसै आधारमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास हुने प्राय: निश्चित छ । 
    समग्रमा तीव्र आर्थिक वृद्धि र सामाजिक न्यायसहितको स्वदेशीमुखी अर्थतन्त्रको विकास नै हाम्रो आर्थिक नीतिको आधारशिला हुनुपर्दछ ।
विद्यमान राजनीतिक अस्थिरताको अन्त्य गरी अर्थमन्त्रीले आफ्नो सम्पूर्ण शक्ति आर्थिक विकासमा लगाउनुपर्दछ ।
यसका लागि सुस्पष्ट राजनीतिक दृष्टिकोण, प्रस्ट लक्ष्य, त्यसलाई प्राप्त गर्ने दृढ इच्छाशक्ति तथा इमानदारिताका साथ कार्यान्वयनको पूर्ण प्रतिबद्धता भयो भने मात्र नेपाललाई एक दशकभित्र आर्थिक रूपले सबल र समृद्ध बनाउन सकिन्छ ।  
    कजष्तबmिबजबतय२नmबष्।िअयm
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : आर्थिक व्यवस्थापनको चुनौती
आर्थिक व्यवस्थापनको चुनौती
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEj8qZdW2ktjlLiZb3eeUnR1XmohmU_NFdyZFdmTFp9-VP_qofnJo273I2uRl1YRRuElE6VuKoYTFfhKWt1-PCY6UzJkQTlbK37E-M6eVXyfifxeuyc8N1Mur_W_9q0TfRIF48x2M8u8sOrP/s1600/sheetal+mahto.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEj8qZdW2ktjlLiZb3eeUnR1XmohmU_NFdyZFdmTFp9-VP_qofnJo273I2uRl1YRRuElE6VuKoYTFfhKWt1-PCY6UzJkQTlbK37E-M6eVXyfifxeuyc8N1Mur_W_9q0TfRIF48x2M8u8sOrP/s72-c/sheetal+mahto.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2014/02/blog-post_1408.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2014/02/blog-post_1408.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy