- उमाशङ्कर द्विवेदी
मङ्सिर महिनाको अन्त्य र पुस महिनाको सुरुआतदेखि नै तराईमा चल्ने चिरपरिचित शीतलहर आफ्नो चरम अवस्था प्राप्त गरिसकेको हुन्छ । भोजपुरी भाषामा उखान छ– पुस महिनाको दिन फुस फास अर्थात् पुस महिनाको दिनमा यात घाम लाग्दै लाग्दैन वा लागि हाल्यो भने पनि त्यो एकछिनको लागि मात्र हुन्छ । प्राय: सूर्य भगवान् देखिंदैनन् । आक्कल झुक्कल देखिहाले पनि पूर्ण निस्तेज तथा कान्तिहीनरूपमा देखा पर्दछन् । प्राय: मौसम बाक्लो कुहिरोमय तथा चिसो सिरेटो बग्ने खालको भएको हुनाले तराईमा भयड्ढर शीतलहर चल्ने गर्दछ । यसवर्ष भने ‘विन्टर मनसुन’ समयानुसार नआएकोले होला पुस महिनामा चल्ने शीतलहर त्यति नचले पनि पुस महिनाको जाडो यथावत् नै रह्यो । दिउँसो समयमा सूर्य भगवान् देखा परिरहेका थिए ।
मानिसहरूले जाडो छल्नका लागि स्वेटर, गलबन्दी, कन्टोप, ऊनी चादर(खास्टो) लगाउँछन्, ओढ्छन् तथा बच्चाहरूले गाँती, टोपी जस्ता न्याना लुगा लगाउँछन् तर यस्ता न्याना लुगाहरू लगाउनाले पनि जाडो छल्न गार्हो हुन्छ । कोठामा तापक्रम निकै झरिसकेको हुनाले सिरकभित्र गुटमुटिंदा पनि शुरूमा असाध्य चिसो महसुस हुन्छ । जाडो छल्नका लागि गाउँघरमा ठाउँ–ठाउँमा घुर वा धुनी बालिएको हुन्छ, जसको वरिपरि मानिसहरू गोलाकाररूपमा बसेर आगो ताप्दै नानाथरिका गफ चुट्छन्,कथा हाल्दछन् तथा विभिन्न सांसारिक क्रियाकलापबारे छलफल गर्छन् । विशेष गरेर बूढाहरू तथा ससाना बच्चाहरूका लागि यो जाडो कष्टकर तथा असह्य हुने हुँदा तिनीहरू विशेष सतर्क तथा सुरक्षित हुन जरुरी देखिन्छ । पालतु चौपाया तथा दुधारु गाईभैंसीहरूलाई पनि जाडोको मार अवश्य नै पर्छ । कति दुधारु पशुहरूको त दूध घट्छ भने नवजात बाछोबाछी वा पाडापाडीहरू जाडोले कठ्याङ्ग्रिएर काल कलवीत हुने गरेका पनि पाइन्छन् । मानिसले जाडो छल्नका लागि आगो ताप्ने, न्यानो लुगा लगाउनु जस्ता कृत्रिम उपाय गर्न सक्छन् तर जानवरहरूले त्यस्तो कृत्रिम उपाय गर्न सक्दैनन् । आफ्नो बच्चा जाडोले कठ्याङ्ग्रिरहेको छ भनेर गाईले सिरक बनाउन सक्दिनन् । घरपालुवा जानवरहरूलाई तिनीहरूका मालिकले उचित रेखदेख गर्ने गर्छन्, गोठमा आगो बालेर वातावरण न्यानो पार्छन्, बोराको ओढ्ने बनाएर गाईवस्तुलाई जाडोबाट जोगाउने उपाय गर्छन् ।
अन्य जानवरहरू जुन पूर्णरूपमा प्रकृतिको दयामाथि आश्रित रहन्छन्, तिनीहरूको रक्षा कसले गर्ने ? यस सम्बन्धमा भोजपुरी लोकजीवनमा एउटा रोचक कथा रहेको पाइन्छ– पुस महिनाको जाडोबाट आत्तिएर हो वा कुन कारणले हो गाउँको वरिपरि स्यालहरू समवेत स्वरमा हुइँया...गरेर बेतोडसित कराउने गर्छन् । एकपटक स्यालहरू रात परेपछि समवेत स्वरमा बेतोडसित कराइरहेको सुनेर कुनै राजाले स्यालहरू यस प्रकारले किन कराएका होलान् ? भनेर आफ्नो मन्त्रीसित सोध्दा प्रत्युत्पन्नमति बाठो मन्त्रीले जवाफमा भनेका थिए– न्यानो लुगा नभएकोले जाडो सहन नसकेर स्यालहरू रोइरहेका छन्, सरकार । मन्त्रीको कुरा सुनेर राजाले स्यालहरूका निम्ति न्यानो लुगाको व्यवस्था गर्न खजाञ्चीलाई अर्हाएका थिए तथा यस प्रकारको राजाज्ञा पालन गर्नका लागि मन्त्री र खजाञ्चीले राज्यको ढुकुटीबाट राम्रो रकम कुम्ल्याएका थिए अरे । वास्तवमा भन्ने हो भने प्रकृति आफ्नो स्वभाव अनुसार प्राणीहरूप्रति कहिले अत्यन्त दयालु देखिन्छ भन्ने कहिलेकाहीं अत्यन्त क्रूर देखिन्छ । वातावरणको क्रूरताको मार जुन जनावरले कृत्रिम वा प्राकृतिकरूपले सहन सक्छ त्यो जाति आफ्नो अस्तित्व जोगाउन सफल हुन्छ, जसले सहन सक्दैन त्यस जातिको अस्तित्व गुम्छ, सिद्धिन्छ । सुप्रसिद्ध वैज्ञानिक चाल्र्स डार्बिनले यस प्रक्रियालाई ‘सर्भाइभल अफ द फिटेस्ट’ भनेका थिए । कुनै कुनै जानवरप्रति प्रकृति विशेष उदार रहेको पाइन्छ । जस्तो कि उभयचर तथा चिसो रगत भएका जानवरहरू वातावरणीय प्रतिकूलताको अवस्थामा प्राकृतिकरूपमा शीत निद्रामा जान्छन् तथा मौसम अनुकूल भएमा पुन: सहज वातावरणमा फर्किन्छन् ।
जनविश्वास अनुसार पुस महिनामा धर्तीमाता सुषुप्त अवस्थामा रहेकी हुन्छिन् । त्यस्तो अवस्थामा खेतको खनजोत तथा बीउक्षरणलाई अनैतिक तथा अपमानजनक मानिन्छ । अटेर गरेर कसैले त्यस्ता दिनहरूमा कसैले खेतको खनजोत वा बीउ छर्ने गरेको पाइए पनि जमीनको निष्क्रियताले बीउको अङ्कुरण नै नभएको पाइन्छ । श्रीपञ्चमीको दिन धर्तीमातालाई विधिवत् पूजा गरेर निद्राबाट ब्यूँताइन्छ, जसलाई भोजपुरी भाषामा ‘हरवत’ भनिन्छ । हरवत भनेको खास भूमिपूजनको नै रूप हो । हरवतको दिन हलो गोरुले मुख्यत: खलिहान जस्तो ठाउँमा जोतिन्छ तथा धर्तीमाता ब्यूँतेको खुशीयालीमा सिर्नी (भिजाएको चामलमा गुड मिसाइ तयार पारिएको प्रसाद विशेष) बाँडिन्छ । यसवर्ष हाल मकरसङ्क्रान्ति बितिसकेको अवस्था रहे पनि माघ महिनाको हातखुट्टा ठिहिर्याउने जाडो आइसकेको छ । माघ महिनामा किसानहरूले अगहनी धान भित्र्याइसकेका, गहुँ खेतमा छरिसकेका हुन्छन्, उम्रिसकेको गहुँबालीमा सिंचाइ गर्नु जस्ता कामको चटारो परेको हुन्छ । माघ महिनामा कृषकको खेतमा जौ, गहुँ, मसुरो, खेसारी, केराउ, तोरी, सस्र्यू जस्ता रबीबाली तथा आलु, प्याज, टमाटर, खुर्सानी जस्ता तरकारी बाली लागेको हुन्छ, जसमा बाक्लो कुहिरोको असर प्रशस्तै पर्ने गर्छ । अत्यधिक जाडोले यस्ता बालीहरूको उत्पादन निकै घट्ने भएकोले कृषकहरूलाई ठूलो नोक्सानी
भइरहेको हुन्छ । पुस महिनाको अन्त तथा माघ महिनाको शुरूमा दिन बढ्दै गइरहेको हुँदा वातावरणमा उष्मा
पनि बढ्दै गइरहेको हुन्छ, जसको कारणले तेलहनी तथा दलहनी बालीहरूमा लाही कीराको ओइरो लाग्ने गरेको देखिन्छ, जसले तेलहनी तथा दलहनी बालीमा अत्यधिक मात्रामा क्षति पुर्याउँछ ।