प्रस, वीरगंज, १४ माघ/
वीरगंजका सम्पूर्ण औषधि कारोबार पर्सी (माघ १६ गते) बिहीवारदेखि ठप्प हुने भएको छ ।
नारायणी उपक्षेत्रीय अस्पतालमा रहेका औषधि पसलहरूको टेन्डर गरिएको विरोधमा औषधि व्यवसायी सङ्घ नारायणी वीरगंजले भोलि पर्साका प्रजिअ कैलाशकुमार बजिमयलाई २४ घण्टे ज्ञापन दिने र पर्सीदेखि औषधिको सम्पूर्ण कारोबार बन्द गर्ने निर्णय गरेको छ ।
सङ्घका अध्यक्ष सुरेन्द्रबहादुर रञ्जितकारले चरणबद्ध आन्दोलनसँगै वार्तालाई प्राथमिकता दिएकोमा स्थानीय प्रशासन र अस्पताल विकास समितिले कमजोरी ठानेर आलटाल गर्दै आएको कारण आज भेला गरेर औषधिको आयात, थोक र खुद्रा गरी सबै कारोबार ठप्प पार्ने निर्णय भएको बताए ।
नारायणी उपक्षेत्रीय अस्पताल विकास समितिले त्यहाँ रहेको १६ वटा पसलहरूको टेन्डर गरेपछि विवाद भएको हो । पसलेहरूले वर्षाैदेखि सम्झौता अनुरूप सञ्चालन गर्दै आएकोमा एक्कासि टेन्डर गरिएकोमा आपत्ति जनाएका थिए । अस्पताल विकास समितिको विरोधमा अस्पतालका पसलेहरूले तीन सातादेखि पसलहरू बन्द गरेका छन् । सङ्घले चरणबद्ध आन्दोलन गरेपछि वार्ताबाट समाधान खोज्ने दुवै पक्षको सहमतिले आकार ग्रहण नगर्दा आज वीरगंजका औषधि पसलहरूको भेलाले औषधिका सबै काम ठप्प पार्ने निर्णय गरेको हो ।