रामेश्वर मेहता, सिम्रौनगढ, १६ माघ/
प्रहरीको ज्यादतीविरुद्ध सिम्रौनगढ क्षेत्रका बासिन्दाले आज दोस्रो दिन पनि आन्दोलन जारी राखेका छन् ।
सो क्षेत्रका पसल, बजार र यातायात आज दिनभरि नै बन्द रहयो, आन्दोलनकारीहरूले बिहानैदेखि ठाउँ–ठाउँमा टायर जलाएर, नाराजुलुस गर्दै प्रदर्शन गरेका थिए ।
प्रदर्शनका लागि गाउँ–गाउँबाट ठूलो सङ्ख्यामा मानिसहरू सिम्रौनगढ पुगेका थिए । उनीहरूले इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक किशोरकुमार उपाध्यायको पुतला बनाएर बोकाको घाँटीमा झुन्ड्याई बजार क्षेत्र परिक्रमा गरेका थिए । परिक्रमापश्चात् प्रनि उपाध्यायको पुतला इलाका प्रहरी कार्यालयको मुख्य प्रवेशद्वारमा लगेर दहन गरेका थिए ।
यसैबीच आज साँझ आन्दोलनकारीहरूको अगुवा भेला कड्ढाली मन्दिर परिसरमा बसेको थियो । उक्त भेलाले छोटी भन्सार स्थापनाको मागलाई मुख्य प्राथमिकता दिएको छ । माग पूरा नभएसम्म आन्दोलन अझ चर्काउने भेलाले निर्णय गरेको छ ।
आन्दोलनकारीहरूले प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकसँग मात्रै वार्ता गर्ने अडान दोहर्याएका छन् । दोस्रो दिनसम्म पनि प्रजिअ, एसपी साथै जनप्रतिनिधिहरूले समेत आन्दोलनकारी हरूको मागबारे चासो नदेखाएको सिम्रौनगढ क्षेत्रका बासिन्दाको गुनासो छ ।