- उमाशङ्कर द्विवेदी
हिन्दूका देउताहरूमध्ये महादेवको रूपमा परिचित भगवान् शिवको लि·माथि माघ शुक्ल पञ्चमी तिथिको दिन गरिने जलाभिषेकको लागि सामूहिकरूपमा गरिने धार्मिक यात्राको थालनीभन्दा पूर्व काँवरियाहरूको घरमा अन्य काँवरिया भक्तजनहरू भेला भई विशेष पूजन–अर्चन गर्ने काम विशेषलाई काँवर–बिटोर वा काफ्ला–बिटोर भन्ने गरिएको पाइन्छ । आसपासका केही गाउँका भक्तजनहरूको सम्मिलित समुदायलाई काफ्ला भनिन्छ । पर्सा जिल्लामा मात्रै चार/पाँचवटा काफ्लाहरू छन् । एउटा काफ्लामा करिब दुईदेखि तीन सयसम्म काँवरिया भक्तहरूको सङ्ख्या रहेको हुन्छ । काफ्लामा यात्रा गर्नुभन्दा केही दिनअगावै कुनै निश्चित ठाउँमा काफ्लाको बैठक हुन्छ । काफ्लामा विभिन्न पदाधिकारीहरूको सर्वसम्मतिबाट चयन हुन्छ । यस बैठकमा सो काफ्लाको नेतृत्व गर्नको लागि एकजना भक्तलाई ‘जिमदार’को रूपमा चयन हुन्छ । त्यस्तै केही सिपाही, खजाञ्ची, मुख्य पुरोहित, विचारी तथा अन्य पदाधिकारीहरूको चयन हुन्छ । जिमदार सम्पूर्ण काफ्लाको मालिक मानिन्छ, जसले काफ्लाको नेतृत्व गर्दछ । सिपाहीहरू काफ्लाको खटनपटनमा लागेका हुन्छन् । खजाञ्चीको जिम्मामा काफ्लाको कोष रहन्छ तथा विचारीले काफ्लाका सदस्यहरूले जानेर वा नजानेर गरेका नियमभ·को उचित दण्डबारे विचार गर्छन् । दण्डको विधान कठोर हुन्छ । दण्ड भौतिक तथा आर्थिक दुवैरूपमा हुन्छ । कान समातेर उठबस गर्नु, सम्पूर्ण भक्तजनहरूलाई सामूहिक ढोग नमस्कार गर्नु, जाडोको समयमा चिसो पानीले स्नान गराउनु जस्ता दण्डहरू भौतिक दण्डमा पर्छन् तथा नगद वा जिन्सी दण्ड आर्थिक दण्डमा पर्छन् । निश्चित स्थानबाहेक अन्यत्र दिसापिसाब गर्नु, तोकिएको समयभन्दा अघिपछि वा लुगा लगाएर खानु पिउनु, समयमा एकैसाथ नहिंड्नु, कसैसित कुवाच्य वा दुर्वाच्य बोल्नु अथवा कुनै पनि किसिमको निषेधित क्रियाकलाप गर्नु काफ्लाका प्रमुख अपराधहरू हुन्, जसको लागि कँवरथुवा दण्डको भागी हुनुपर्दछ ।
काफ्लाका आफ्नै नियमहरू हुन्छन्, जसको पालन कँवरथुवाहरूले दृढतापूर्वक गर्ने गर्छन् । काफ्लाको बैठकमा जल भर्न र जलापर्ण गर्न कहाँ जाने भन्ने कुराको निर्णय हुन्छ । यसै बैठकमा पहिलेदेखि निवेदन गरेका भक्तजनहरूको घरमा काँवर–बिटोर वा काफ्ला–बिटोर हुने विषयको टु·ो लाग्छ तथा सो बिटोरको तिथिमिति निश्चित गरिन्छ । यस प्रकारले निश्चित गरिएको तिथिभन्दा एक दिनअगावै काफ्लाका जिमदार, विचारी, पुरोहित तथा सिपाही बिटोर हुने भक्तको घरमा पुगी शिवजीको ‘अमार’ अर्थात् भण्डार भर्ने काम गर्छन् । अमारमा खाद्यान्न राख्ने माटोको ‘डेहरी’ पहिलेदेखि नै बनाइएको हुन्छ । सो डेहरीमा चामल, चिउरा राखेर त्यसको ‘आन’ अर्थात् अन्न झिक्ने प्वाल र ‘पेहान’ अर्थात् अन्न राख्ने प्वाल बन्द गरिन्छ । अमारको डेहरी राखिएको कोठामा सो यज्ञमा चाहिने अन्य सामग्री राखेर ताल्चा लगाइन्छ, जुन काँवर–बिटोरको निश्चित दिनमा सोही पदाधिकारीहरूद्वारा खोलिन्छ । अमारको कोठाले शिवजीको भण्डारको रूपमा मान्यता पाएको हुन्छ । काँवर–बिटोरको दिन शिवजीको बरियातको रूपमा कँवरथुवाहरूको आगमन हुन्छ । यस बरियातमा कँवरथुवा भक्तहरूका साथै कोर्याहा, लुलो–ल·डो, असहाय तथा तल्लो हैसियतका मानिसहरूको घुइँचो लाग्दछ । यिनीहरूलाई शिवजीको गणको रूपमा आदर–सत्कार, पूजन गरेर भोजन गराई सन्तुष्ट पार्नु अनिवार्य हुन्छ, अन्यथा त्यस्तो बिटोर असफल हुन्छ । बरियातमा शिवजी र पार्वती माताको रूपमा सजिएका काफ्लाका मुख्य सन्यासी (गिरी)लाई भक्तजनहरूले काँधमा बोकेर ल्याउँछन् तथा यज्ञकर्ताको घरका तथा छरछिमेकका महिलाहरूले म·लगानका साथ विवाहको अवसरमा बेहुला–बेहुलीको परिछावन गरिएभैंm परिछावन गर्छन् । जय शिव, जय शिवको तुमुल ध्वनिका साथ पदाधिकारीहरू अमार कोठामा पसी अमारको डेहरी खोलेर चोखो भाँडोमा ‘शिवअंशी’ झिकेर अलग राख्छन् । पुराना दिनहरूमा शिवजीको प्रभावले अमारको आन आपैंm खुल्थ्यो अरे तर अचेलका दिनमा सो आन खोल्नुपर्दछ । तत्पश्चात् गौरी–गणेशपूजन, पार्थिवपूजन, सत्यनारायण भगवान्को कथावाचन, आरती र अन्त्यमा विशेष हवन हुन्छ ।
पूजनपछि भक्तहरूलाई भोजन गराइन्छ । कँवरथुवा भक्तजनहरूलाई भोजन गराउनुभन्दा पहिले शिवजीको गणको रूपमा उपस्थित भएका कोर्याहा, लुलो–ल·डो, असहाय तथा तल्लो हैसियतका मानिसहरूलाई भोजन गराएर सन्तुष्ट पार्नु आवश्यक हुन्छ, अन्यथा कँवरथुवा भक्तहरूले भोजन गर्न मान्दैनन् । शिवजीका गणहरूले सन्तुष्टिपूर्वक भोजन गरिसकेपछि कँवरथुवा भक्तहरूले माघ महिनाको हातखुट्टा ठिहिर्याउने जाडोमा पनि ना·ो शरीर मात्र भोजन गर्छन् । यस प्रकारले भोजन गरिसकेपछि कँवरथुवाहरू ुजनवासामा जान्छन्, जहाँ जाडो छल्नको लागि परालको मोटो ओछयान र पर्याप्त मात्रामा धुनी बालिएको हुन्छ । राति शिवजीको कीर्तन–भजन तथा ‘लाचारी’ अर्थात् शिवजीसित आर्त भाव निवेदन गर्ने प्रकारका गीतहरू गाएर मनोरञ्जन गरेर रात बिताउँछन् ।
अर्को दिन बिहान सबेरै उठेर नित्यकर्म सिध्याइ कँवरथुवाहरू आपैंmले कच्ची (भात, दाल, तरकारी) खाना तयार पारेर खान्छन् । खाना पकाउने र खाने बेलामा कँवरथुवाहरूको ना·ो जीउ हुनुपर्ने धार्मिक मान्यताको कडाइका साथ पालना गरिन्छ । खाना खाएपछि शिवसभा लाग्दछ । शिवसभामा प्रत्येक पदाधिकारीहरू आफ्नो नियत आसनमा बसेका हुन्छन् । सो सभामा यज्ञकर्ताले बिदाइको प्रतीकको रूपमा ‘डाला’ बुझाएर विभिन्न पदाधिकारीहरूलाई अघिल्लो दिन शिवअंशीको रूपमा छुटयाइएको अन्न र द्रव्यलाई दक्षिणाको रूपमा दिई भूलचूकको माफी मागी काफ्लाको बिदाइ गर्छन् । काफ्ला हिंड्ने बेलामा यज्ञकर्ताको घरदैलोमा कँवरथुवाहरू काँवरसहित जम्मा हुन्छन् । त्यहाँ फेरि शिव–पार्वतीको र लहरै राखिएका काँवरको परिछावन हुन्छ तथा काँवरियाहरू काँवरलाई काँधमा बोकेर बोलबमको नारा लगाउँदै काफ्ला अर्को बिटोरस्थल वा जल भर्ने पवित्र जलाशयतिर एक ताँतीमा प्रस्थान गर्छन् । माघ महिनाको जाडोयाममा यस प्रकारका यम–नियम कडाइका साथ पालन गरेर काँवर–बिटोर यज्ञलाई वास्तवमा एक कठिन यज्ञको रूपमा लिन सकिन्छ ।